भिसेरा टेस्ट, फरेन्सिक रिपोर्ट र सुसाइट नोटको परीक्षण कुर्दै प्रहरी
चितवनको रत्ननगर नगरपालिका–१० मा अवस्थित एकता शिशु निकेतन स्कुलमा अध्ययनरत छात्रा शालीन पोखरेलको मृत्यु प्रकरणमा परिवारको दाबी र पोस्टमार्टम रिपोर्ट बाझिएसँगै मुद्दालाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा प्रहरीले थप परीक्षणको रिपोर्ट कुर्ने भएको छ ।
बालिकाको हत्या
मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं.७ लामाटोलमा सोमबार राति १० बजेतिर अज्ञात समूहले एक बालिकाको हत्या गरेको छ । खोटाङ जिल्लाको ऐंसेलुखर्क –६ ,ज्यामिरे स्थायी घर भई पथरीशनिश्चरे –७ लामाटोलमा फुपूको छोराको घरमा बस्दै आउनु भएकी ज्ञानुमति राईको हत्या भएको हो ।
लागूऔषध र दुई लाख सहित एक पक्राउ
जिल्ला प्रहरी कार्यालय चितवनले लागूऔषध अफिम जस्तो देखिने पदार्थ राखेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
प्राविधिक कार्यालय प्रमुखसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा
जिल्ला प्राविधिक कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डेसहित १० जनाविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको आरोप लागेको छ ।
प्रहरीमा उजुरी र गुनासो गर्न क्युआर कोड प्रयोगमा
जिल्ला प्रहरी कार्यालयले प्रहरीलाई उजुरी गर्न तथा गुनासो र सुझाव दिनका लागि क्युआर कोड प्रयोगमा ल्याएको छ ।
२१ लाख नगदसहित पाँच जना पक्राउ
हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा २१ लाख नगदसहित पाँच जना पक्राउ परेका छन् ।
सात करोड ठगी अभियोगमा विन्दवासिनी सहकारीका अध्यक्षसहित तीन पक्राउ
पोखरा महानगरपालिका वडा नम्बर ९ मा रहेको विन्दवासिनी बचत तथा ऋण सहकारीको करिब सात करोड ठगी गरेको अभियोगमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
कर्तव्य ज्यान कसुरमा फरार अभियुक्त पक्राउ
बाँके प्रहरीले कर्तव्य ज्यान कसुरमा संलग्न फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
शालीनको मृत्युको रहष्य खुल्यो
पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शङ्कास्पद रूपमा मृत फेला परेकी शालीन पोखरेलको शव परीक्षण गर्दा झुण्डिएर मृत्यु भएको कारण खुलेको छ ।
कामदारलाई करणी गरेको आरोपमा होटेल सञ्चालक पक्राउ
गोरखामा आफ्नै कामदारलाई करणी गरेको आरोपमा होटेल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका – ११ को बाहैकिलोमा होटेल ब्याबसायी सञ्चालन गर्नु भएका ईश्वर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रवीन्द्र अधिकारीले जानकारी दिनु भयो ।
हत्या गरेको आरोपमा एक पक्राउ
इलाका प्रहरी कार्यालय कोहलपुरले एक महिलालाई घाँटी थिचेर हत्या गरेको आरोपमा कोहलपुरबाट एक जनालाई पक्राउ गरेको छ ।
अनलाइनमार्फत ४९ लाख ५८ हजार रुपियाँ ठगी गर्ने चार जना पक्राउ
प्रहरीले अनलाइनमार्फत ४९ लाख ५८ हजार आठ सय रुपियाँ ठगी गर्ने सञ्जालका चार जना पक्राउ गरेको छ।
स्यानिटरी प्याड खरिदमा नगर प्रमुखसहित नौ विरुद्ध मुद्दा
धनुषाको सहिदनगर नगरपालिकाका तत्कालीन प्रमुख उदयकुमार यादवसहित नौ जनाविरुद्ध झण्डै १४ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ।
नापीका सर्वेक्षकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नापी कार्यालय, कलंकी, काठमाडौँमा कार्यरत सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईँसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
गोपाल ढकालको हत्यामा संलग्न व्यक्ति पक्राउ
भक्तपुरमा फागुन ११ गते मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न भक्तपुरका २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
केन्दीय प्रहरी कार्यलयले वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका २ गौरिपारा बस्ने ३० वर्षीय बिकाश थारूलाई शनिबार बेलुकी पक्राउ गरेको हो।
गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका –९ ज्यामिरेस्थित सडकखण्डमा हेटौँडातर्फबाट बुटवलतर्फ जाँदैगरेको लु२च७३२७ नम्बरको पिकअप गाडीले ठक्कर दिँदा पैदलयात्रुको मृत्युभएको हो ।
गाजामा सहायता खोज्ने प्यालेस्टिनीहरुको हत्याप्रति एयु आयोगका प्रमुखद्वारा निन्दा
अफ्रिकी सङ्घ (एयु) आयोगका अध्यक्ष मोसा फकी महामतले गाजामा मानवीय सहायताको पर्खाइमा बसेका प्यालेस्टिनीहरुको सामूहिक हत्याको “कडा निन्दा” गर्नुभएको छ ।
गाजामा गरिएको इजरायली कारबाहीमा नौ हजार महिलाको मृत्यु : राष्ट्रसङ्घ
सन् २०२३ अक्टोबर ७ मा इजरायलविरूद्ध प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) ले गरेको आक्रमणको बदलामा गाजामा इजरायली सेनाद्वारा चलाएको हवाई तथा जमिनी कारबाहीमा करिब नौ हजार महिलाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय महिला कार्यक्रम (यूएन वुमन)ले शनिबार जनाएको छ ।
खुला सीमामा मानव बेचबिखन रोकथामको चुनौती
मानव बेचबिखनमा परेका २५ महिला तथा बालबालिकाको भारतबाट उद्धार गरिएको छ । माइती नेपाल कञ्चनपुरले एक वर्षको अवधिमा भारतका विभिन्न ठाउँबाट बेचबिखनमा परेका २५ जनाको उद्धार गरेको हो ।
प्रहरी हुँ भन्दै धम्क्याउनेलाई अभद्र व्यवहार मुद्दा
बिहीबार राति साढे २ बजेतिर मादक पदार्थ सेवन गरी प्रहरी हुँ भन्दै धम्क्याउने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
३५ तोला सुन र ११ लाखसहित एक जना पक्राउ
विभिन्न जिल्लामा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
यौन दुर्व्यहारको ९९ वटा आरोप खेपिरहेका जापानका मेयरद्वारा राजीनामा
सामाजिक सञ्जालमा यौन उत्पीडनको ९९ वटा आरोप खेपिरहेका जापानी नगर प्रमुख (मेयर)ले शुक्रबार राजीनामा दिनुभएको छ । एक आधिकारिक अनुसन्धानले मध्य गिफु क्षेत्रको गिनान शहरका मेयर हिदेओ कोजिमामाथि सहकर्मीको स्तन र नितम्ब छुनेलगायत विभिन्न उत्पीडनका कार्यहरु गरेको आरोप लगाएको छ ।
वैदेशिक रोजगारीमा लाखौं ठगी गर्ने दुई जना पक्राउ
प्रहरीले वैदेशिक रोजगारीमा लाखौं रकम ठगी गर्ने दुई जना पक्राउ गरेको छ ।