• १६ भदौ २०८१, आइतबार

२१ लाख नगदसहित पाँच जना पक्राउ

blog

नोट सहित पक्राउ परेका पाँच जना सार्वजनिक गर्दै प्रहरी । तस्बिर : शिवशंकर मिश्रा

शिवशंकर मिश्रा 

बारा, फागुन २१ गते । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा २१ लाख नगदसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–७ बस्ने मोतजार मियाको छोरा सोहिठाउ-४ मा आसिफ मनि चेन्जर सञ्चालन गरेका ३१ वर्षीय कलामुदिन अन्सारी, महागढीमाइ नगरपालिका–१ बस्ने जलिल मिया अन्सारीको ३९ वर्षीय छोरा मेराजुल हक अन्सारी रहेको बारा प्रहरीले जनाएको छ ।

यसैगरी भारतको बिहार राज्य मोतिहारी जिल्ला आदापुर थाना हरपुर पञ्चायत नायकाटोला बस्ने शम्भु साहका २९ वर्षीय छोरा रञ्जित सरार्फ, सोही ठाउँ श्यामपुर टोल बस्ने ४२ वर्षीय कृष्णालाल प्रसाद र अरेराज बस्ने ४० वर्षीय रविशंकर सिंह रहेको बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताउनुभयो । फागुन १८ गते रञ्जितलाई अदालत नजिकैबाट नगद पाँच लाखसहित पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । यसैगरी अन्य चार जनालाई भने आइतबार बेलुकी ४ बजे विश्रामपुर गाउँपालिका–१ छतवाबाट पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

उनीहरू भारतबाट बिआर ०५ एआर ३५०९ नम्बरको मोटरसाइकलबाट नेपाल आएपछि चेकजाँच गर्दा १६ लाख ९ हजार बरामद भएको छ । यसरी पक्राउ परेका माथि बैङ्क तथा बितिए संस्था सम्बन्धी कसुर मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थपगरी आवश्यक प्रक्रिया सुरु गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।

साथै उनीहरू माथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तरगत मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धान सुरु गरिएको छ । नक्कली नोट कारोबारमा कानुनी व्यवस्था अनुसार १० वर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान रहेको कानुन व्यवसायी शिवनाथ प्रसाद यादवले बताउनुभयो ।