• ५ जेठ २०८१, शनिबार

गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

blog

राममणि दाहाल

हेटौँडा, फागुन १९ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका –९ ज्यामिरेस्थित सडकखण्डमा हेटौँडातर्फबाट बुटवलतर्फ जाँदैगरेको लु२च७३२७ नम्बरको पिकअप गाडीले ठक्कर दिँदा पैदलयात्रुको मृत्युभएको हो ।

शनिबार पिकअप गाडीको ठक्करबाट करिब ५० वर्षीय सीताराम अधिकारीको शरीरको भित्री भाग र दाहिने हातमा चोट लागेको थियो । मनहरीस्थित मेडिकल मनहरीमा सामान्य उपचारपछि थप उपचारको लागि चितवनकोमा पुरानो मेडिकल कलेज भरतपुर चितवनका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पिकअप गाडीचालक नवलपरासी बर्दघाट नगरपालिका १२ चौपट्टाका वर्ष २० को मनोज भुसाल र सवारी साधन ईलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको छ । यसैबिच मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका –४ भाङखोलाका पदमबहादुर गोलेको लडेर मृत्युभएको छ । घरदेखि करिब सय मिटर पश्चिमतर्फ गोरेटो बाटोमा अन्दाजी ७० वर्षका गोले मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।