बर्दिया, २० फागुन १३ गते । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी कार्यालयले बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका २ गौरिपारा बस्ने ३० वर्षीय विकास थारूलाई शनिबार बेलुकी पक्राउ गरेको हो।
थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।