वडा अध्यक्षविरुद्ध पाँच लाखको भ्रष्टाचार मुद्दा
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ वडाध्यक्ष अध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध पाँच लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।
बाँसबारी जग्गा प्रकरण : चौधरीसहित तीन रिहा
बाँसबारी छाला जुत्ता कारखाको जग्गा प्रकरणमा पक्राउ परेका च्याम्पियन फूटवेयर लिमिटेडका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा भएका छन् ।
पचास हजार नक्कली नोटसहित एक पक्राउ
जितपुर सिमरा उप–महानगरपालिकाबाट पचास हजार नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।
आलु भित्र लुकाएर लागूऔषध तस्करी
सुरक्षाकर्मीलाई झुक्याउन नयाँ नयाँ तरिकाको प्रयोग गरेर यहाँस्थित नेपाल भारत नाका जमुनाहा नाकाबाट तस्करले लागूऔषध ब्राउन सुगर भित्र्याउने काम गर्दै आएका छन्।
म्याद गुज्रिएका खाद्यसामग्री बेच्ने उद्योगमा सिल
ललितपुरको महालक्ष्मी नगरपालिका-८ मा रहेको मिनाक्षी खाद्य उद्योगमा सिल गरिएको छ । विभिन्न म्याद गुज्रिएका खाद्यसामग्रीमा नयाँ मिति राखेर आफूखुसी बजारमा बिक्री वितरण गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य गरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त उद्योगमा सिल गरेको हो ।
ठगी आरोपमा लहानका प्रधानाध्यापक कर्ण पक्राउ
व्यवसायीलाई ठगी गरेको आरोपमा सिराहा जिल्ला स्थित रहेको चन्द्र नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुसूदन कर्णलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले गर्यो अखाद्य बस्तु उद्योग सिल
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार राती ललितपुरको महालक्ष्मी नगरपालिका ८ मा रहेको मिनाक्षी खाद्य उद्योगमा सिल गरेको छ । म्याद गुज्रिएका करोडौँ मुल्यकाे अखाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफूखुसी बजारमा बिक्री वितरण गरेको पाइएपछि सिल गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
श्रीमान श्रीमतीसहित तीनजना मृत फेला
पाल्पामा तीन जना मृत अवस्थामा फेला परेका छन् । दुई जना पुरुष र एक जना महिला गरी तीनजना सोमबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पच्चीस हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ
अवैधरुपमा बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको त्रिभुवन विमानस्थलस्थित सुरक्षा टोलीले अवैधरुपमा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको एक सय दरका दुई सय ५० थान अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय सियुआई विङक्यानलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
लामालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश
वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा लालबहादुर लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायधिकरणका अध्यक्ष कृष्ण गिरी, सदस्यहरु निशा बानियाँ, उद्धवप्रसाद पुडासैनीको इजलासले वैदेशिक रोजगार कसुर मुद्दामा स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टर प्रालिका निर्देशक लामालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
त्रिहत्तर बोरा अप्रशोधित गाँजासहित तीन पक्राउ
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ बाट ७३ बोरा अप्रशोधित अवैध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बनेपा–पनौती सडकखण्डमा सोमबार बिहान सवारी चेकजाँचमा खटिएको प्रहरीले विभिन्न साइजका ७३ बोरामा ल्याएको २८५ किलोग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।
इच्छाराज तामाङलाई तीन वर्ष कैद, एक अर्ब ७२ करोड जरिवाना
विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड बिगो भराउन आदेश दिएको छ ।
वैदेशिक रोजगारीमा लाखौँ रकम ठगी गर्ने चार जना पक्राउ
प्रहरीले वैदेशिक रोजगारीमा प्रलोभन देखाइ रकम ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ ।
फरार अभियुक्त पक्राउ
सप्तरीमा फरार प्रतिवादी एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खडक नगरपालिका –५ खोजपुरका ५० वर्षीय शुभनारायण ठाकुर रहेका छन् ।
नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
प्रहरीले सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गर्ने ३७ वर्षीय राजकुमार महर्जनलाई पक्राउ गरेको छ ।
सुनसरीमा महिला हिंसाको घटना बढ्दो
सुनसरीमा महिला हिंसाको घटना बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार महिला हिंसाको घटना बढ्दो क्रममा रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
चार केजी चरेससहित महिला पक्राउ
कपिलवस्तुमा ४ केजी ६४६ ग्राम लागुऔषध चरेससहित एक महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरले कृष्णनगर नगरपालिका –२ बाट ३८ वर्षीया वासु घर्तीलाई पक्राउ गरेको हो ।
श्रीमती र छोराको हत्या अभियोगमा प्रहरी जवान पक्राउ
श्रीमती र छोराको हत्या अभियोगमा दाङमा एक प्रहरी जवान पक्राउ परेका छन् ।
स्काभेटरको ठक्करले वृद्धको मृत्यु
स्काभेटरको ठक्करबाट ओखलढुङ्गामा एक वृद्धको ज्यान गएको छ । अपरान्ह स्काभेटरको ठक्करबाट जिल्लाको चिशङ्खुगढी गाउँपालिका –६, भदौरे मुगाछापका ६६ बर्षीय एकबहादुर थापा मगरको ज्यान गएको हो ।
बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसँग बयान सुरु, नियम विपरीत भए जग्गा फिर्ता गर्ने
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ ।
बुद्ध शान्तिमा श्रमिकको हत्या
झापाको बुद्ध शान्तिमा एक जना श्रमिकको हत्या भएको छ । बुद्ध शान्ति ३ स्थित पाथीभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर नागी गाउँपालिका २ घर भएका अन्दाजी ३५ वर्षीय विक्रम सेनेहाङलाई झापा शिवसताक्षी ८ पोखरी टोल घर भई सोही ब्लक उद्योगमा काम गर्ने अन्दाजी १९ वर्षीय मिलन पुरकोटीले हत्या गरेका हुन् ।
सत्रजना जुवातास खेलाडी पक्राउ
काठमाडौं महानगरपालिका–२६ रानिबारी बस्ने कृष्ण सिलवालको घरमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् ।
छ सयभन्दा बढीको तिस करोड ठगी, दुई जना पक्राउ
सुन्दा पनि आङ जिरिङ्ङ हुन्छ, एक जनाले छ सय जनाभन्दा बढीलाई ठग्यो । सोझासाझा गाउँलेबाट ठगिएको रकम पनि करोडौँ छ । वैदेशिक रोजगारीका नाममा हुँदै आएको ठगीमा यो अर्को चर्को ठगी रहेको पाइएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार युरोपका विभिन्न मुलुक तथा क्यानाडामा आकर्षक रोजगारीका लागि पठाइदिने बहानामा यस्तो ठुलो ठगी भएको हो । सोही प्रकरणमा काठमाडौँ–१६, बालाजुस्थित युरो विङ्स एजुकेसन कन्सल्टेन्सीका सञ्चालक विकास वाइबा भन्ने सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीय सीमा क्षेत्रमा नक्कली नोटको बिगबिगी
भारतीय सीमा क्षेत्रमा नक्कली नेपाली नोटको कारोवार हुने गरेको पाइएको छ । कारोबारमा नक्कली नोट प्रयोग गर्ने र सीमा क्षेत्रको बाटो हुँदै अन्यत्र समेत नोटको ओसारपसार हुने गरेको प्रहरीले जनाएको छ ।