नक्कली टिकट दिएर एजेन्ट फरार
बाँकेको खजुरा गाउँपालिका –४ ईगाउँका अमरबहादुर बुढामगरले दुई बर्षअघि बार्षिक ३६ प्रतिशत ब्याजदरमा रकम लिएर खाडी मुलुक दुबई जानका लागि दुई लाख ३० हजार रुपियाँ म्यानपावर कम्पनीका प्रतिनिधिलाई बुझाउनुभयो ।
हरिवनबाट आठ जना जुवाडे पक्राउ
प्रहरीले सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीबाट आठ जना जुवाडेलाई पक्राउ गरेको छ । स्थानीय शियाराम महतोको एक कोठे पक्की घरमा जुवातास खेलिरहेका अवस्थामा आठ जनालाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको हो ।
तीस लाखसहित हुण्डी कारोबार गर्ने पक्राउ
नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
थुनुवासहित फरार प्रहरी जवान १६ वर्षपछि पक्राउ
लागू औषधका थुनुवालाई भगाइ फरार रहेका तत्कालीन प्रहरी जवान १६ वर्षपछि पक्राउ परेका छन् । शक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।
पोर्चुगल पठाउने भनी १२ लाख ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाउने भनी १२ लाख रुपियाँ लिई सम्पर्कविहीन भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
सहकारी रकम ठगी गरेको आरोपमा अध्यक्ष र उपाध्यक्ष पक्राउ
बचतकर्ताको रकम ठगी आरोपमा ओखलढुङ्गाको ककनी गौरीवन सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका छन् । बचतकर्ताहरूको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारीका अध्यक्ष विनोद सुनुवार र उपाध्यक्ष पदमबहादुर खत्रीलाई पक्राउ गरेको हो ।
अनुदानको मलमा दुरुपयोग
बाँकेमा नेपाल सरकारले किसानहरूलाई अनुदानमा विक्री वितरण गर्न दिएको रासायनिक मलमा दुरुपयोग भएको पाइएको छ ।नेपाल सरकारद्वारा अनुदानमा किसानहरूलाई बिक्री वितरण गर्न दिइएको रासायनिक मलमा दुरुपयोग भएको पाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
उपत्यकाको सुरक्षामा प्रश्न
काठमाडौँ उपत्यकाको प्रमुख जलाधार क्षेत्रका रूपमा रहेको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा नागमती ड्याम निर्माण हुँदा उच्च जोखिम सिर्जना हुने देखिएको छ । भूमिगत जल सञ्चयलाई बढावा दिने गरी पोखरी वा ड्याम बनाए पनि ठुलो आकारको बाँधयुक्त पोखरीले फाइदाभन्दा जोखिम बढाउने देखिएको हो ।
फरार प्रतिवादी २० वर्षपछि पक्राउ
इलाका प्रहरी कार्यालय केराबारी मोरङको समन्वयमा संखुवासभाका कैली तामाङलाई पक्राउ गरिएको छ । कर्तव्य ज्यान मुद्दामा २० वर्षको सजाय तोकिएपछि फरार रहेको तामाङलाई इलाका प्रहरी कार्यालय चैनपुरले बुधबार पक्राउ गरेको हो ।
मृगको मासुसहित एक पक्राउ
घरमा मृगका मासु र विभिन्न सामग्रीसहित एक जनालाई अछाम प्रहरीले नियन्त्रणमा लिएको छ । मङ्गलसेन नगरपालिका –१२ ठाँटीका ३१ वर्षीय टङ्कबहादुर शाहीलाई बिहीबार घरबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
‘रेड नोटिस’ जारी भएका फरार अभियुक्त कतारबाट पक्राउ
जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुनसरी वराहक्षेत्र नगरपालिका-११ मधुवनका २५ वर्षीय सेहमान खाँ पक्राउ परेका छन् ।
गैँडा मारेको आरोपमा पक्राउ
चितवन राष्ट्रिय निकुञ्जले गैँडालाई गोली हानी मारेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ का टीकाराम बोहोरा भन्ने खेसरबहादुर बोहोरा रहेका छन् ।
स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार : प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा
स्यानिटरी प्याड खरिद गर्ने क्रममा आठ लाख ७४ हजार रुपियाँ भ्रष्टाचार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
क्यानडा पठाइदिन्छु भनेर ठग्ने २ विदेशीसहित ६ जना पक्राउ
क्यानडा पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई विदेशी नागरिकसहित ६ जनालाई प्रकाउ गरेको छ ।
छोराको नागरिकतामा आमा अर्कै भइदिएपछि...
आफैँले जन्माएको छोराको नागरिकतामा आमा भनेर अर्कैको नाम राखिरहँदा डाक्नेश्वरी वडा नम्बर ९की महुकी बस्ने मुसनी खंग पीडित भएकी छिन । मेरो श्रीमानलाई आफ्नै लगानीमा विदेश पठाई दिनदिनै मेरो घर आएर मैले नचाहँदै छोटे लालले मसँग शारीरिक सम्बन्ध राखेको पीडित मुस्नीले सुनाउनुभयो ।
६१ किलो सुन प्रकरण : १२ जना थुनामै
उच्च अदालत पाटनले ६१ किलो सुन प्रकरणका १२ आरोपितलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। जिल्ला अदालतको थुनछेक आदेशउपरको निवेदनमा सुनुवाइ गर्दै बुधबार अदालतले ६ जनालाई भने धरौटीमा रिहाको आदेश गरेको छ । जिल्ला अदालतले अभियोगसाथ पेस भएका २५ जनामा एक जनालाई मात्र धरौटीमा रिहाको आदेश गरेको थियो । उक्त आदेशउपर उच्चमा निवेदन दिएका १८ मध्ये १२ जनालाई थुनामै राख्न अदालतले आदेश गरेको हो ।
नक्कली परीक्षार्थी पक्राउ
तनहुँ प्रहरीले नक्कली परिक्षार्थीलाई बुधबार पक्राउ गरेको छ । बन्दीपुर गाउँपालिका–४ बिमल नगरस्थित यातायात व्यवस्था कार्यालय तनहुँले मोटरसाइकलको प्रयोगात्मक परीक्षा दिनेलाई पक्राउ गरेको हो ।
टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेल पक्राउ
नेपाल टेलिकमका प्रबन्ध निर्देशक (हाल निलम्बित) सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक (हाल निलम्बित) विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ । बुधबार आयोगको टोलीले उहाँहरुलाई पक्राउ गरेको हो ।
उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धकसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक र तत्कालीन नायब महाप्रबन्धकसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
ललितपुरको नापी सर्वेक्षक यादव अढाई लाख घुस सहित पक्राउ
नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
सामाजिक सञ्जाल फेसबुक तथा ह्वाट्सएपमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
नक्कली चिकित्सकलाई कानुन बमोजिम कारबाही गर्न माग
नेपाल चिकित्सक सङ्घले नक्कली चिकित्सकलाई कानुन बमोजिम कारबाही अगाडि बढाउन माग गरेको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा तामाङ दोषी
विशेष अदालतले तत्कालीन संविधान सभाका सदस्य इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई दोषी ठहर गरेको हो । सो मुद्दामा अदालतले तामाङ पत्नी सिर्जना, केशवलाल श्रेष्ठ र मीनाकुमारी श्रेष्ठलाई पनि दोषी ठहर गरेको छ । प्रतिवादी बनाइएका इच्छाराजकै छोरीहरू प्रतिष्ठा तामाङ र प्रतीक्षा तामाङलाई भने अदालतले सफाइ दिएको छ ।
क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित छजनालाई पक्राउ गर्न अनुमती
अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित छ जनालाई पक्राउ गर्न सुर्खेत प्रहरीले जिल्ला अदालतबाट पक्राउ अनुमति पाएको छ ।