• १३ साउन २०८१, आइतबार

नक्कली चिकित्सकलाई कानुन बमोजिम कारबाही गर्न माग

blog

प्रक्राउ परेका सम्बुद्ध भट्टाचार्य ।

काठमाडौं, माघ ८ गते । नेपाल चिकित्सक सङ्घले नक्कली चिकित्सकलाई कानुन बमोजिम कारबाही अगाडि बढाउन माग गरेको छ ।

सङ्घले सोमबार विज्ञप्ति निकाल्दै नक्कली परिचय पत्र बनाएर सयौँ बिरामीको उपचार गर्ने नक्कली चिकित्सकलाई कानुन बमोजिम कारबाही अगाडि बढाउन माग गरेको हो । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले नक्कली डाक्टरको आरोपमा सोमबार काठमाडौँको बाँसबारीमा बस्दै आएका सम्बुद्ध भट्टाचार्यलाई बसुन्धारास्थित धौलागिरि हिमाल पोलिक्लिनिक प्रालिबाट पक्राउ गरेको थियो । 

भट्टाचार्यले विगत तीन वर्षदेखि काठमाडौँ उपत्यकाका विभिन्न पोलिक्लिनिकहरुमा नेपाल चिकित्सक सङ्घ र शिक्षण अस्पतालको नक्कली परिचय पत्र बनाएर बिरामी उपचार गर्दै आएको आरोप छ

अनुसन्धान कार्यालयका अनुसार भट्टाचार्यको साथबाट त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल काउन्सिल र नेपाल चिकित्सक  सङ्घको नक्कली परिचय पत्र बरामद गरिएको छ ।