• १४ जेठ २०८१, सोमबार

प्रहरी सहायक निरीक्षक भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, माघ १४ गते । प्रहरी चौकी खडैचा, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता नरहरि घिमिरेका अनुसार भण्डारीले सेवाग्राहीसँग आठ हजार रुपियाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

भण्डारीले मोटरसाइकलसहित युरिया मल नियन्त्रणमा लिई उक्त युरिया मल र मोटरसाइकल छोडिदिने प्रयोजनका लागि सो घुस रकम लिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

भण्डारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवानाको सजाय माग दाबी लिएर विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

लेखक बाट थप