• २७ जेठ २०८२, मङ्गलबार

थापाको गीतमा नाचे दर्शक

blog

गोरखापत्र समाचाचरदाता

काठमाडौँ, जेठ २७ गते । काठमाडौँको नागार्जुन नगरपालिका–६ मा ‘कृषि सांस्कृतिक तथा व्यापार महोत्सव २०८२’ सम्पन्न भएको छ । लोकसंस्कृति प्रतिष्ठानले आयोजना गरेको महोत्सव अन्तर्गतको साङ्गीतिक कार्यक्रममा विभिन्न सङ्गीतकर्मीले आआफ्ना प्रस्तुति दिएका दिए । त्यस क्रममा गायक नारायण थापाले आफ्ना चर्चित गीत गाएर दर्शकलाई मन्त्रमुग्ध पार्नुभयो । 

गायक थापाले ‘डबल पारेर’, ‘लेख्या माया पाइएन’, ‘माया जालैमा’, ‘मायाले’ लगायत आधा दर्जनभन्दा बढी आफ्ना चर्चित गीत गाउनुभएको थियो । गायक थापाका ‘बरपिपल’, ‘वनैमा फुल्ने’ जस्ता गीत चर्चित छन् । यसै गरी गायक प्रज्वलराज भट्ट, प्रतीक्षा काफ्लेलगायतले पनि आफ्नो प्रस्तुति दिनुभएको थियो ।