काठमाडौं, माघ १४ गते । प्रहरीले मकाउ पठाउने भनी दुई लाख ७० हजार रुपियाँ ठगी गर्ने काठमाडौँका पृथ्वी राज सिग्देललाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार सिग्देलले मनिराम तिमल्सिना समेतलाई मकाउ जान नौ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक तलब एक लाख ८० हजार रुपियाँ हुने भनी प्रलोभनमा पारेका थिए ।
उनलाई काठमाडौँको दरबारमार्गबाट पक्राउ गरी अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।