वसन्त पराजुली
चितवन, मंसिर १४ गते । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा निकुञ्जले आठ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । निकुञ्जले बिहीबार पत्रकार सम्ममेलनको आयोजना गरी जानकारी गराएको हो ।
केन्द्रीय प्रहरी ब्युराेको सहयोगमा पक्राउ पर्नेमा मकवानपुर हेटौडा –३ का रमेश खाती, चितवन राप्तिका पासा भनिने आइतेसिंह मोक्तान, मकवानपुर राक्सिराङ्का शमसेर थिङ्, मकवानपुर मनहरीका सितााम थिङ्, रोल्पा सुनछहारीका अर्जुन रोका, गोरखा बारपाकका धनबहादुर गुरुङ्, चितवन कोरकका उनबहादुर स्याङ्तान र मकवानपुर मनहरीका इन्द्रबहादुर तामाङ् छन् ।
उनीहरुलाई गैँडा मार्नेदेखि खाग ओसारपसार गरेको अभियोग लगाइएको राष्ट्रिय निकुञ्ज तथा बन्यज्रन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्दुप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । उनीहरुबाट १८ इन्च गोलाइ, ६ इन्च उचाइ भएको ४८० ग्राम तौलको एक र ११.८ इन्च गोलाइ, दुई इन्च उचाइ भएको ६० ग्राम तौल भएको दुईवटा खाग बरामद गरिएको छ ।
यसअघि चितवन निकुञ्जको चपरचु्ली क्षेत्रबाट गत कात्तिक ३० गते मृत अवस्थामा खागविहीन गैंडा फेला परेको थियो ।