• ६ जेठ २०८१, आइतबार

श्रीमतीको हत्या आरोपमा शेरबहादुर पक्राउ

blog

शिवराज ढुङ्गाना

काठमाडौँ, कात्तिक ३० गते । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बुधवार मङ्गलसेन नगरपालिका ३ लाक्षीमना निवासी शेरबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको छ । 

मृतक ४० वर्षीया उर्मिलाको टाउकाे र शरीरका विभिन्न भागमा चाेट लागेको भेटिएपछि थप अनुसन्धानका लागि श्रीमानलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।