• २३ मंसिर २०८१, आइतबार

अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन

blog

काठमाडौं, मंसिर ४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार विशेष अदालत काठमाडौँमा दायर भएका मुद्दाहरू विभिन्न मितिमा भएका फैसलामध्ये सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

सामुदायिक वनको उपभोक्ता समितिको प्रतिवादी कर्णबहादुर विष्टले ट्याक्टर खरिद बापत १२ लाख ९० हजार रुपियाँ भ्रष्टाचार गरेको आरोप लागेको छ । रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा नवराज जोशीसहितको सो मुद्दा पुनरावेदन गरिएको आयोगले जनाएको छ ।

यस्तै, झुट्टा ब्यहोराको गलत प्रतिवेदन दिई सात लाख ८४ हजार ४४६ रुपियाँ सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा प्रतिवादी छेवाङ लामा, बोधनाथ उप्रेती र निर्मल लामा स्याङ्तान लागत तीन जनाविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको आयोगले जनाएको छ ।