त्रिकोणात्मक टी–२० सिरिज : नेपाल नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्दै
नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।
नामिबियालाई हराएसँगै नेपालको फाइनल खेल्ने सम्भावना कायम
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार जितका लागि एक सय ८१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धाीरत २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७७ रनमा समेटिएको थियो ।
नेपालले दियो नामिबियालाई १८१ रनको लक्ष्य
नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई जितका लागि एक सय ८१ रनको लक्ष्य दिएको छ ।
त्रिकोणात्मक टी–२० सिरिज : जित्नै पर्ने दबाबबिच नेपाल नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल टस हारेर पहिले ब्याटिङमा उत्रने भएको छ । नामिबियाका कप्तानले टस जितेर पहिले फिल्डिङ रोज्नुभएको हो ।
दाङ क्रिकेट लिग : तुलसीपुर रोयल्स र दंगाली लायन्स विजयी
दाङको घोराहीमा जारी दाङ क्रिकेट लिग (डिसिएल–२) अन्तर्गत बिहीबार सम्पन्न दुई खेलमा तुलसीपुर रोयल्स र दंगाली लायन्स विजयी भएका छन् । तुलसीपुरले देउखुरी वारियर्सलाई तथा दंगाली लायन्सले पुरनधारा च्यालेन्जर्सलाई पराजित गर्दै विजयी भएका हुन ।
टी–२० सिरिज : नेदरल्यान्ड्सको दोस्रो जित
नेदरल्यान्ड्सले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले हरायो । यसअघि आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई रनले हराएको थियो ।
दाङ क्रिकेट लिग–२ : तुलसीपुर र घोराहीको दोस्रो जित
दाङको घोराहीमा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिग (डिसिएल)अन्तर्गत बुधबार सम्पन्न खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन् ।
जितको मुखमा पुगेको नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित
नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको दोस्रो खेलमा जितको नजिक पुगेको नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको छ ।
नेपाल नेदरल्यान्ड्सविरुद्ध टस जितेर फिल्डिङ गर्दै
नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध अहिले टस जितेर फिल्डिङ गर्ने भएको छ ।
दाङ क्रिकेट लिग–२ : तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी
दाङको घोराहीमा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ को दोश्रो दिन भएका खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन् ।
त्रिकोणात्मक टी–२० सिरिज : नेपाल नामिबियासँग पराजित
नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।
दंगाली लायन्सको विजयी सुरुवात
नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ को उद्घाटन खेलमा दंगाली लायन्स विजयी भएको छ । दाङ क्रिकेट सङ्घको आयोजनामा घोराही उपमहानगरपालिका–१७ गुलरियास्थित घोराही क्रिकेट मैदानमा भएको लिगको उद्घाटन खेलमा दंगाली लायन्सले डिफेन्डिङ च्याम्पियन घोराही टाइगर्सलाई नौ विकेटले हरायो ।
‘ए’ श्रेणीका क्रिकेटरलाई मासिक एक लाख
‘ए’ श्रेणीमा रहेका राष्ट्रिय क्रिकेट खेलाडीले अब मासिक एक लाख रुपियाँ तलव पाउने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को शनिबार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुरुष र महिला खेलाडीको तलब वृद्धि गर्ने निर्णय गरेको हो ।
एसीसी प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक
नेपालले एसीसी पुरुष प्रिमियर कप क्रिकेटको पहिलो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ ।
आइसिसी विश्वकप लिग-२ : नेदरल्यान्ड्ससँग हार्यो नेपाल
आइसिसी विश्वकप लिग-२ क्रिकेट अन्तर्गत नामिबिया, नेदरल्यान्ड्स सम्मिलित सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित भएको छ ।
नेपाल नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै
आइसिसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदान नेदरल्यान्डसले टस जितेर बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङमा उत्रने भएको हो । नेदरल्यान्ड्सविरुद्ध नेपाल जित निकाल्दै यस सिरिजको अन्त्य गर्ने लक्ष्यमा छ । यस्तै नेदरल्यान्ड्स पनि सिरिजको अन्तिम खेल जित्न चाहन्छ ।
अन्तिम खेल उत्कृष्ट खेल्छौँ : कप्तान पौडेल
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्डविरुद्धको खेलमा राम्रो खेलेर नतिजा हात पार्ने बताउनुभएको छ ।
विश्वकप क्रिकेट लिग–२ : नेपाल नामिबियासँग दुई विकेटले पराजित
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल नामिबियासँग दुई विकेटले पराजित भएको छ ।
नेपालद्वारा नामिबियालाई १६९ रनको लक्ष्य
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई जितका लागि एक सय ६९ रनको मध्यम लक्ष्य दिएको छ ।
नेपाल नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कञ्चनपुरलाई नेत्रहीन क्रिकेट उपाधि
बाँकेको कोहलपुरमा मङ्गलबार सम्पन्न नेत्रहीन क्रिकेट प्रतियोगिता–२०८० को उपाधि कञ्चनपुरले जितेको छ । कोहलपुरमा मङ्गलबार सम्पन्न फाइनल खेलमा कञ्चनपुरले बर्दियालाई ८० रनले हराउँदै उपाधि जितेको हो ।
क्यानडाविरुद्ध नेपाल ‘ए’ दुई विकेटले विजयी
क्यानडाविरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ दुई विकेटले विजयी भएको छ ।
टी–२० विश्वकपअघि नेपालले भारतमा खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० विश्वकपअघि भारतमा त्रिकोणात्मक टी–२० सिरिज खेल्ने भएको छ । नेपालले विश्वकपको तयारीस्वरुप भारतको बरोडा र गुजरात क्रिकेट सङ्घको टोलीसँग खेल्न लागेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
नेपाल ‘ए’ लाई क्यानडाले दियो २४१ रनको लक्ष्य
एक दिवसीय सिरिजको दोस्रो खेलमा जितका लागि क्यानडाले नेपाल ‘ए’ लाई दुई सय ४१ रनको लक्ष्य दिएको छ ।