नेत्रहीन क्रिकेटमा कर्णाली प्रदेश विजयी
नेत्रहीन क्रिकेट सङ्घद्वारा बाँकेको कोहलपुरमा आयोजना गरिएको नेत्रहीन क्रिकेट प्रतियोगितामा आइतबार कर्णाली प्रदेश विजयी भएको छ ।
नेपाल ‘ए’ क्यानडासँग चार विकेटले पराजित
नेपाल भ्रमणमा रहेको क्यानडासँगको मैत्रीपूर्ण एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ । मूलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल ‘ए’ क्यानडासँग चार विकेटले पराजित भयो ।
विश्वकप क्रिकेट लिग–२ : नेदरल्यान्ड्समाथि नेपालको सहज जित
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समाथि नेपालले सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हरायो ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाललाई नेदरल्यान्ड्सको मध्यम लक्ष्य
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा जितका लागि नेपाललाई नेदरल्यान्ड्सले एक सय ३८ रनको मध्यम लक्ष्य दिएको छ ।
विश्वकप क्रिकेट लिग–२ : नेपाल नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्दै
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
एसिसी महिला प्रिमियर कप क्रिकेटः नेपाल मलेसियासँग पराजित
एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनल खेलमा नेपाल घरेलु टोली मलेसियासँग चार विकेटले पराजित भएको छ।
नेपालले मलेसियालाई दियो एक सय १६ रनको लक्ष्य
एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत आज भएको सेमिफाइनलमा नेपालले मलेसियालाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको छ ।
शीर्ष क्रमका ब्याटरले जिम्मेवारी निर्वाह सकेनन् : कप्तान रोहित
नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नामिबियाविरुद्ध शीर्ष क्रमका ४/५ ब्याटरले जिम्मेवारीपूर्वक ब्याटिङ गर्न नसकेको बताउनुभएको छ।
विश्वकप क्रिकेट लिग–२ : नेपालको कमजोर सुरुवात
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिदेशीय सिरिज पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको छ ।
नेपालले दियो नामिबियालाई १३३ रनको सहज लक्ष्य
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ ।
नेपाल नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
आइसीसी विश्वकप लिग-२ मा सुखद् सुरुवात गर्छौं : कप्तान रोहित
नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले यस पटक आइसीसी विश्वकप लिग–२ मा सुखद् सुरुवात गर्ने लक्ष्य रहेको बताउनुभएको छ।
सुदूरपश्चिम र कोहलपुर मेयर ११ फाइनलमा
सुशील कोइराला मेमोरियल यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेश र कोहलपुर मेयर–११ पुगेका छन् ।
एसिसी महिला प्रिमियर कप : नेपाल सेमिफाइनलमा
नेपाल मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वालालम्पुरस्थित वाइएसडी युकेएम ओभल मैदानमा बुधबार भएको खेलमा नेपालले कुवेतलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
अनिल र देवलाई समेट्दै लिग–२ टोलीको घोषणा
विकेटकिपर अनिल साह र युवा खेलाडी देव खनाललाई समेट्दै आईसीसी विश्वकप लिग–२ क्रिकेट टोलीको घोषणा गरिएको छ ।
क्रिकेटमा कीर्तिमानी रुबिना
नेपाली महिला क्रिकेटमा प्रमुख योगदान दिने खेलाडीको नाम लिँदा सबैभन्दा अगाडि आउने नाम हो– रुबिना क्षेत्री बेल्बासे । रुबिनाले १४ वर्षदेखि निरन्तर राष्ट्रिय महिला क्रिकेट टिममा रहेर सेवा गरिरहनुभएको छ । उहाँले ११ वर्ष त राष्ट्रिय टिमको नेतृत्व नै गर्नुभयो । रुबिनाले उमेर समूहमा पनि नेपालको नेतृत्व गर्नुभएको छ । यसै वर्ष मात्र उहाँलाई महिला क्रिकेट टिमका कप्तानमा इन्दु वर्माले स्थानापन्न गर्नुभएको हो ।
ज्ञानेन्द्र, शक्ति र रिजन अब लेभल–२ प्रशिक्षक
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र रिजन प्रजुले आइसिसी लेभल–२ कोचिङ (प्रशिक्षक) कोर्स पूरा गर्नुभएको छ ।
रुविनाको अलराउन्ड प्रदर्शनमा नेपालको कीर्तिमानी जित
पूर्व कप्तान रुविना क्षेत्रीको अलराउन्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा मालदिभ्समाथि नेपालले कीर्तिमानी जित निकालेको छ । समूह ‘डी’ अन्तर्गत अन्तिम खेलमा मालदिभ्सलाई दुई सय २४ रनले हरायो ।
सुदूरपश्चिम र गण्डकी प्रदेश विजयी
बाँकेको कोहलपुरमा सञ्चालन भइरहेको सुशील कोइराला मेमोरियल यु-१९ महिला क्रिकेट राष्ट्रिय प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन् ।
अनिल र भीमको शतकसँगै सिरिजमा नेपालको ‘क्लिन स्विप’
अनिल शाह र भीम सार्कीले अविजित शतकीय इनिङ्स खेलेपछि क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजमा नेपालले ‘क्लिन स्विप’ गरेको छ । तीन खेलको सिरिज नेपालले ३–० ले जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले क्यानडालाई नौ विकेटले हरायो ।
क्यानडाले दियो नेपाललाई २३३ रनको लक्ष्य
क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा क्यानडाले नेपाललाई जितका लागि दुई सय ३३ रनको लक्ष्य दिएको छ ।
क्यानडाविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर क्यानडालाई पहिले ब्याटिङको निम्तो दिनुभएको हो ।
महिला यू–१९ राष्ट्रिय क्रिकेटमा बागमती प्रदेश र कोहलपुर मेयर–११ विजयी
बाँकेको कोहलपुरमा सुरु भएको सुशील कोइराला मेमोरियल यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो दिन सम्पन्न दुई खेलमा बागमती प्रदेश र कोहलपुर मेयर–११ विजयी भएका छन् ।
एसिसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित
मलेसियाको बायोमास ओभल मैदानमा आइतबार भएको खेलमा नेपालले भुटानलाई आठ विकेटले हरायो । पहिलो खेलमा पनि नेपालले हङकङलाई आठ विकेटले नै पराजित गरेको थियो ।