बेनीमा क्रिकेट प्रतियोगिता
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा शनिबार टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन हुने भएको छ। उद्घाटनको दिनमा दुई खेल हुने जिल्ला क्रिकेट सङ्घ म्याग्दीले जनाएको छ।
एपिएफको शतप्रतिशत जित
विभागीय टोली नेपाल एपिएफ क्लबले ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत राउन्ड रोविन लिगको सबै खेल जितेको छ ।
मूलपानी क्रिकेट मैदान
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका – ६ स्थित मूलपानीमा रहेको मूलपानी क्रिकेट मैदान।
क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा
नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति सार्वजनिक गर्नुहुँदै सन्दीपको निलम्बन फुकुवा गरेको जानकारी दिनुभएको हो ।
क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो।
दीपेन्द्रसिंह ऐरी अलराउन्डरतर्फ शीर्ष १० मा
नेपालका क्रिकेटर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ शीर्ष १० मा अटाउनुभएको छ ।
मूलपानी क्रिकेट मैदान
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका – ६ स्थित मुलपानीमा रहेको मुलपानी क्रिकेट मैदान।
राष्ट्रिय महिला टी–२० : एपिएफ एक खेल अगावै फाइनलमा
विभागीय टोली नेपाल एपिएफ क्लब ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । साबिक विजेता एपिएफ एक खेल अगावै फाइनलमा पुगेको हो ।
टी–२० विश्वकप : अभ्यास खेलमा नेपाल विजयी
आइसिसी विश्वकप तयारीका लागि अमेरिकामा रहेको नेपालले विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास खेलमा जित निकालेको छ ।
टी–२० विश्वकपका लागि बङ्गलादेश टोलीको घोषणा
जुन १ तारिख देखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकपका लागि बङ्गलादेशले खेलाडी टोलीको घोषणा गरेको छ ।
टी–२० विश्वकपका लागि नेदरल्यान्ड्सको टोली घोषणा
अमेरिका र वेस्ट इन्डिजका जुन १ तारिखदेखि सुरु हुने आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि नेदरल्यान्ड्सको टोली घोषणा भएको छ ।
राष्ट्रिय महिला टी–२० : एपिएफको दोस्रो जित
साबिक विजेता नेपाल एपिएफ क्लबले ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा एपिएफले बागमती प्रदेशलाई आठ विकेटले हरायो ।
सैनिक आवासीय च्याम्पियन
सैनिक आवासीय महाविद्यालय जयकुमार नाथ शाह स्मृति यु–१६ अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको छ ।
राष्ट्रिय महिला टी–२० : सुदूरपश्चिमको विजयी सुरुवात
सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले आयोजक ललितपुर मेयर–११ लाई डिएलएसका आधारमा १६ रनले हरायो ।
नेपालले विश्वकप तयारीका लागि सात खेल खेल्ने
जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसिसी टी–२० विश्वकप अघि नेपालले तयारीका लागि सात खेल खेल्ने भएको छ ।
राष्ट्रिय महिला टी–२० : ललितपुरको विजयी सुरुवात
आयोजक ललितपुर–११ ले ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा ललितपुरले बागमती प्रदेशलाई सात विकेटले हरायो ।
सैनिक आवासीय फाइनलमा
मुलपानी क्रिकेट मैदानमा शनिबार भएको सेमिफाइनल खेलमा सैनिकले एन्जल हार्ट स्कुललाई ८८ रनले हरायो ।
सन्दीपको मुद्दामा अन्तिम सुनुवाइ माग गर्दै अछाममा प्रर्दशन
क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ चाँडै हुनुपर्ने माग गर्दै अछाम सदरमुकाम मङ्गलसेनमा प्रदर्शन गरिएको छ । स
क्रिकेटरले दुई करोड चार लाख ७५ हजार रुपियाँ पाउने
मन्त्री परिषद्को बिहीबार बसेको बैठकले खेलाडीलाई दुई करोड ९७ लाख १० हजार रुपियाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
एलआरआई विजयी
एलआरआई स्कुल जयकुमार नाथ शाह स्मृति यु–१६ टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा बुधबार विजयी भएको छ ।
एन्जल हार्ट सेमिफाइनलमा
एन्जल हार्ट स्कुल जयकुमार नाथ शाह स्मृति यु–१६ टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
विश्वकप टोलीमा नाम देख्दा आँसु आयो : अनिलकुमार साह
नेपालका ब्याटर अनिलकुमार साहले आइसिसी टी–२० विश्वकपका लागि नेपाली टोलीमा आफ्नो नाम देख्दा आँसु आएको बताउनुभएको छ ।
वेस्ट इन्डिजविरुद्ध सिरिजको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी
वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।
वेस्ट इन्डिजविरुद्ध आशिफ शेख र अनिल शाहको अर्धशतक
वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालका आशिफ शेख र अनिल शाहले अर्धशतक बनाउनुभएको छ ।