प्रधानमन्त्री कप क्रिकेट : कोशीले दियो मधेसलाई एक सय ३० रनको चुनौती
प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितको लागि एक सय ३० रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १२९ रनको योगफल बनाएको हो ।
प्रो क्लब क्रिकेट च्याम्पियनसिप : आज दुई खेल हुँदै
यहाँ सञ्चालित दोश्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज दुई खेल हुँदैछन् । नारायणी रङ्गशालामा सञ्चालित प्रतियोगिताअन्तर्गत आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौंमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो ।
सिद्धार्थ शिशुलाई टी–२० क्रिकेट उपाधि
मधेश प्रदेशको राजधानी जनकपुरधाममा भएको अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सिद्धार्थ शिशु सदनले जितेको छ ।
नगरस्तरीय क्रिकेट सुरु
तानसेनमा शनिबारदेखि नगरस्तरीय ‘प्रथम क्रिकेट प्रतियोगिता’ सुरु भएको छ ।
प्रधानमन्त्री कप महिला क्रिकेट : कोशीले बागमती प्रदेशलाई हरायो
बागमतीले कोशी प्रदेशलाई जीतका लागि ८८ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा कोशी प्रदेशले १८ दशमलव १ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । कोशीको जीतमा काजल श्रेष्ठले सर्वाधिक ४१ रनको योगदान दिइन् । उनले ५१ बल खेल्दै तीन चौका र एक छक्काको मद्दतमा ४१ रन बनाएकी हुन् ।
लुम्बिनी र कोशीको सुखद सुरुवात
लुम्बिनी र कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
एपीएफ र बागमतीको विजयी सुरुवात
मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा एपीएफले साविक विजेता सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हरायो । यस्तै त्रिवि मैदान कीर्तिपुरमा भएको अर्को खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई २८ रनले हरायो ।
फरक संरचनामा पिएम महिला टी–२०
नेपाल क्रिकेट सङ्घ (क्यान) ले बुधबार प्रधानमन्त्री कप महिला टी–२० (पिएम कप) राष्ट्रिय प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । क्यानले पत्रकार सम्मेलन गरी सहभागी सातै प्रदेश र यस प्रतियोगिताको सर्वाधिक सफल टिम एपिएफ पनि तयारी अवस्थामा रहेको जनायो । पिएम कप बिहीबार सुरु हुँदै छ । आगामी पुस १७ गते सकिने प्रतियोगिता त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने छ ।