परमाणु बमका जनक ओपनहाइमर
परमाणु बमका जनक मानिएका जुलिएस रवर्ट ओपनहाइमरको जीवनमाथि लेखिएको पुस्तक ‘अमेरिकन प्रोमेथियस’ लाई आधार बनाएर निर्देशक क्रिस्टोफर नोलनले निर्माण गरेको ‘ओपनहाइमर’ हलिउड चलचित्र यतिबेला चर्चामा छ। जुन चलचित्र हाल विश्वभरका सिनेमा हलमा प्रदर्शन भइरहेको छ। आखिर को थिए ओपनहाइमर ?, के थियो उनको कथा ?, कसरी बनाएका थिए उनले विनाशकारी ‘न्युक्लिएर बम’ ?, उनी नायक थिए या खलनायक ? सन् १९४५, जुलाई १६ बिहान साढे ५ बजे
विज्ञानले के भन्छ ?
१. जाडोमा किन धेरै पिसाब लाग्छ ? जाडोयाममा शरीरका नसा चिसोका कारण खुम्चिने हुनाले रक्तसञ्चार कम हुन जान्छ र रक्तचाप बढ्छ। रक्तचाप घटाउन शरीरले रगतबाहेकका अन्य तरल पदार्थ बाहिर निकालेर रक्तसञ्चार व्यवस्थित गर्छ। यसरी हामीलाई जाडो याममा बढी पिसाब लाग्छ। २. खाना खाएपछि किन निद्रा लाग्छ ? खाना पचाउन बढी रगत आवश्यकता पर्छ तर खाना खाइसकेपछि
निद्रामै हुने रहस्यमय मृत्यु
सन् १९८४ मा वेस क्रेभनले सबैभन्दा डरलाग्दो चलचित्र ‘अ नाइटमेयर अन एल्म स्ट्रिट’ विश्वसामु पस्किए। किशोरलाई उनीहरू निदाएका बेला हत्या गर्ने नरपिशाचको चरित्रमा फ्रेडी क्रुएगरको नृशंश, भयानक छवि सर्वत्र चर्चाको विषय बन्यो। ‘एलए टाइम्स’ प्रकाशित एउटा लेखको विषयवस्तुबाट प्रभावित भएर क्राभेनलाई ऐतिहासिक भुताहा चलचित्र बनाउने प्रेरणा मिलेको थियो। कम्बोडियाली नरसंहारबाट बचेका एक शरणार्थी बालकको कथामा आधारित रहेर उनले चलचित्र बनाएका थिए। ती बालकमा कस्तो डर बसेको थियो भने, “सुतेका बेला आफूमाथि आक्रमण हुने छ र आफूले भोलिको बिहानी देख्न पाउने छैन।”
अन्तरिक्षमा पुगेको चिम्पान्जी !
अन्तरिक्ष अभियानको आरम्भिक दिनमा इनोस नामको चिम्पान्जीलाई अन्तरिक्षमा पठाइएको थियो। अमेरिकाको अन्तरिक्ष अनुसन्धानमा संलग्न संस्थान नासाले ती दिनमा मानिसलाई अन्तरिक्ष र चन्द्रमामा पठाउन जोडदार अनुसन्धान गरिरहेको थियो। त्यसै क्रममा मक्र्युरी प्रोग्रामका लागि भाले चिम्पान्जी इनोसलाई अन्तरिक्षमा पठाउने निर्णय गरियो। अन्तरिक्षमा मानिसको यात्राको सम्भाव्यता अध्ययन गर्न मक्र्युरी–एट्लस ५ अन्तरिक्षयानलाई मानिस र पशु दुवैलाई बोक्न सक्ने गरी डिजाइन गरियो। जीवित प्राणीमा अन्तरिक्ष यात्राको प्रभावसम्बन्धी महत्त्वपूर्ण तथ्याङ्क हासिल गर्न त्यस ऐति
ढुङ्गाको सेरोफेरोमा मानव सभ्यता
सभ्यताको क्रमिक यात्रामा मानवजातिले समयको सुदूर अतीतमा ‘पाषाण युग’ (ढुङ्गे युग) भएर गुज्रनुपर्यो। त्यस कालखण्डमा आधुनिक चिजबिजको कुनै सम्भावना नै थिएन । धातुको उत्पत्ति नभएको त्यस कालखण्डमा दैनिक जीवनमा प्रयोग हुने ज्यावल पनि ढुङ्गाकै हुन्थे । अनलाइन विश्वकोश ब्रिटानिकाका अनुसार तीन लाख ३० हजार वर्षअघि मानव पुर्खाले ढुङ्गाको ज्यावल प्रयोग गरेको प्रमाण फेला परेको छ । मानव जाति ढुङ्गासँगै खेल्दै हुर्कंदै अघि बढ्दै गयो।
जहाज पानीमा तैरिन्छ तर सानो किला डुब्छ किन ?
जहाजले विस्थापित गर्ने पानीको तौल र जहाजको आफ्नो तौल बराबर हुने भएकाले जहाज पानीमा डुब्दैन तर एउटा सानो किलाले आफ्नो तौल बराबरको पानी विस्थापित गर्न सक्दैन त्यसैले डुब्छ ।
श्रीलङ्काको कठिन दैनिकी
आर्थिक रूपले टाट पल्टिएको श्रीलङ्काको अवस्थामा अझै उल्लेख्य सुधार आएको छैन। जनताको दैनिकी दयनीय बनेकै छ, गरिबी दोब्बर बढेको छ। खाद्यान्न र इन्धनको सहज आपूर्ति हुन सकेको छैन, महँगी घटेको छैन। गरिब किसान र मजदुर खाद्यान्न किन्न नसक्ने अवस्थामा पुगेका छन्। कतिपयले खाद्यान्नको विकल्पमा कटहर र नरिवल खाएर भोक मेटाउन बाध्य छन्। कटहरको रुखले करुप्पैया कुमारसहित धेरै जनाको परिवारलाई भोकमरीबाट जोगाएको छ। “कटहरको रुखले हामीजस्ता हजारौँ मानिसलाई जीवित राखेको छ। यसले हामीलाई भोकमरीबा
गाईजात्रे कार्टुनका ती दिन
कार्टुन मन नपराउने को पो होला र ? तर समय सन्दर्भले कार्टुन बुझाउने मानक भने परिवर्तन हुँदै आएको छ। हिजो बाबुको समयमा कार्टुन पत्रपत्रिकामा छापिने व्यङ्ग्यात्मक चित्र थियो भने आजका युवा र बालबालिका कार्टुन भन्नासाथ टेलिभिजनको पर्दामा देखिने एनिमेटेड रेखाचित्रलाई बुझ्दछन् । अझ प्रहसनको समयलाई नियाल्न नपाएकाहरू मुख बङ्ग्याएर टेलिभिजन, युट्युब वा अन्य सामाजिक सञ्जालमा देखिने पात्रलाई समेत कार्टुन वा कार्टुनिस्टका रूपमा बुझ्न पुग्छन् । यहाँ कार्टुनको व्याख्याभन्दा पनि कार्टुन अर्थात् व्यङ्ग्यचित्र र यसको गाईजात्रासँगको सम्बन्धका बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।
रेकर्ड नरहने इनकग्निटो मोड
हामीले मोबाइल तथा कम्प्युटर उपकरणमा गुगल क्रोम, इन्टरनेट एक्सप्लोरर, मोजिला फायरफक्सलगायतका वेब ब्राउजरको सहायताले वेबसाइट खोल्ने गर्छाैं। ब्राउजरको सहायताले वेबसाइट खोल्ने वा कुनै कुरा खोज्ने प्रक्रिया वेब ब्राउजिङ हो। तपाईंले नियमित रूपमा इन्टरनेट चलाउनुहुन्छ भने वेब ब्राउजिङ गर्ने सामान्यतया दुई वटा तरिका हुन्छन्। पहिलो तरिका भनेको सिधै वेब ब्राउजरबाट इन्टरनेट चलाउने र अर्को भनेको ‘इनकग्निटो’ मोडबाट इन्टरनेटमा रहेका कुरा खोज्ने वा वेबसाइट चलाउने।
विनाशकारी लिमनिक इरप्सन
‘लिमनिक इरप्सन’ अर्थात् तालमा हुने ठूलो उथलपुथलले विश्वमा केही विनाशकारी घटना भएका छन्। तालको गहिराइमा पानीमा घुलेर रहेको कार्बन डाइअक्साइड ग्यास अचानक उत्सर्जन हुँदा आकाशमा ग्यासको बादल सिर्जना भएर प्राणी जगत् निसासिने वातावरण बन्दछ। कार्बन डाइअक्साइड ग्यासको बादलले जङ्गली जीवजन्तु, गाईबस्तु र मानिसको जीवन नै सङ्कटमा पर्दछ। अहिलेसम्म ज्ञात भए अनुसार विश्वका तीन तालमा यस प्रकारको घटना भएको छ। सन् १९८६ अगस्ट २१ मा क्यामरुनको उत्तरपश्चिममा रहेको न्योस तालमा ‘लिमनिक इरप्सन’ भएको थियो। सो घटनामा जोगिएका एक भाग्यशाली व्यक्तिको भनाइ अनुसार राति ९: ३० बजे अचम्मको विस्फोटको आवाज आयो, त्यसलगत्तै मानिस र पशुहरू जमिनमा छट्पटाउ
हात्तीको दाम
बेला बेलामा खास गरी पूर्वी नेपालमा जङ्गली हात्तीले मानिसलाई दुःख दिएको समाचार पढ्न, सुन्न र हेर्न पाइन्छ । कुनै समय थियो, तराईका कतिपय धनाढ्य जमिनदार आफ्नो घरमा हात्ती पाल्थे । त्यो बेला हात्तीलाई राजकीय शानका रूपमा पनि लिने गरिन्थ्यो । हात्तीमा सवार हुने राजाहरू गजपति कहलाउँथे तर आजभोलि घरपालुवा हात्ती केवल निकुञ्ज तथा चिडियाखानामा पर्यटकीय प्रदर्शनीका रूपमा देख्न पाइन्छ । नेपाली इतिहासमा दन्त्यकथाको नायक जस्ता लाग्ने
भाइरल धागो
भन्नेले त ‘उहिलेका कुरा खुइले’ भन्छन् तर उहिलेका कतिपय कुरा/संस्कार साँचो पनि हुन सक्छन् । महिलाले कपाल नकाटी बाट्ने चलन हिन्दु संस्कारमा थियो । लामो कपाल भएकी महिलालाई ‘लक्षिनकी’ पनि भनिन्थ्यो । त्यसैले महिलाले लामो कपालको सुरक्षार्थ धागो (डोरी) ले बाट्ने चलन चलेको होला । धेरै पहिलेदेखि यो चलन चल्दै आएको छ, जसलाई आमा, दिदी, बहिनीहरूले निरन्तरता दिँदै आएका छन् । पहिला–पहिला कपाल बाट्ने फुर्के धागो थियो । बजारमा
गहुँगोरा तोप्केगोला
नेपालका विभिन्न जातजातिमध्ये तोप्केगोला पनि एक हो, जसलाई सरकारले आदिवासी जनजाति समूहमा सूचीकृत गरेको छ। यो जातिको मुख्य बसोबास ताप्लेजुङको ओलाङ्चुङगोलाबाट पश्चिमको मेवा खोलाको माथितिर तोप्केगोलामा पर्छ। यो गाउँको नाम नै तोप्केगोला हो। यसका साथै पापुङ, नाल्बोतिर पनि यिनीहरूको बसोबास पाइन्छ।
राष्ट्रिय विभूति जयपृथ्वीबहादुरको १४७ औं जन्मजयन्ती मनाइँदै
राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको १४७ औं जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
अलीको फाइट अफ द सेन्चुरी
जब सन् १९७१ मार्च ८ मा जोय फ्रेजर र मोहम्मद अली आपसमा भिड्न रिङमा चढे त्यस भिडन्तलाई हेर्न विश्वको गति थामिएको थियो। न्युयोर्क सिटीको मेडिसन स्क्वायर गार्डेनमा भएको त्यस भिडन्तलाई विश्वले ‘फाइट अफ द सेन्चुरी’ उपमाबाट पनि चिन्दछ । त्यस भिडन्तमा साढे चार करोड अमेरिकी डलरको टिकट बिक्री गरिए र विश्वमा ३० करोडभन्दा बढी मानिसले टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेरे । कतिसम्म भयो भने भिडन्तको नतिजा सार्वजनिक भइसक्दा समेत बेलायतको लगभग आधा जनसङ्ख्याले बिबिसीमा त्यसको पुनः प्रसारण हेरेको थियो ।
भँगेरा र भोकमरी
चीनमा जनक्रान्ति सफल भएपछि विकासमा फड्को मार्नका लागि सञ्चालित ‘द ग्रेट लिप फर्वार्ड’ मा उठाइएका अभियानमध्ये चार विनाशकारी किट ‘फोर पेस्ट्स क्याम्पेन’ को प्रभावले उल्टै चीनमा ठूलो भोकमरीको अवस्था सिर्जना भएको थियो। सन् १९५८ मा माओ जेदोङले ‘द ग्रेट लिप फर्वार्ड’ सुरु गरेका थिए।
एक अर्ब ६५ करोड वर्ष पुरानो माउन्ट अगस्तस
माउन्ट अगस्तस नाम राखिएको भए पनि यो पहाड चाहिँ होइन, बरु विशालकाय चट्टान/ढुङ्गा हो। अस्ट्रेलियाको समुद्री क्षेत्रबाट टाढा आउटब्याकमा यो चट्टान रहेको छ। यो २३ सय फिटभन्दा अग्लो छ र एक सय ६० किलोमिटर टाढाबाट पनि यसलाई देख्न सकिन्छ। माउन्ट अगस्तस एक अर्ब ६५ करोड वर्ष पुरानो भएको अनुमान गरिएको छ।
सौन्दर्यले भरिपूर्ण मयूर
नेपालको पहिलो चितवन राष्ट्रिय निकुञ्जको सौराहामा सौन्दर्यले भरिपूर्ण मयूर पन्छी देख्न पाइन्छ । मयूर वनको चरा भएकाले यो चरा अन्य राष्ट्रिया निकुञ्जमा पनि देख्न सकिन्छ । जमिनमा गुँड बनाउँछ तर रुखमा बस्छ । यो चरालाई बहुरङ्गी चरा पनि भनिन्छ । दक्षिण एसियाका विभिन्न देशमा मयूर पाइन्छ । प्रजननको मौसममा सौराहा जङ्गलमा मयूरको अत्यधिक चहलपहल हुने गर्दछ ।
बाँच्ने रुँदै हो कति (कविता)
हुर्कायौँ कसरी मिलेर सब ती सन्तान आफ्नै तर माया मोह दियौँ विशाल मनले हुर्केर जान्छन् पर
मुक्तक
समस्त काल खण्डको अखण्ड चेत मर्दछ जहाँ सुरम्य देशको कथा विभक्त सड्र्दछ
लिटिल ब्वाय पड्कनु अघि ट्रुम्यानको छट्पटी
सन् १९४५ अगस्त ६ मा पहिलो पटक जब परमाणु बम हिरोसिमामा पड्काइयो तबदेखि मानव जाति परमाणु विध्वंसको भयमा बाँचिरहेको छ। ट्रुम्यानले राष्ट्रपति निर्वाचित भएको चार महिना नबित्दै परमाणु बम प्रहारका लागि आफ्नो सेनालाई आदेश दिनु परेको थियो। यस कारण यस परमाणु बमसँग ट्रुम्यानको जति ऐतिहासिक सम्बन्ध अरूको छैन। अमेरिकी विमानले हिरोसिमामा बम पड्काउँदा राष्ट्रपति ट्रुम्यान सोभियत सङ्घ अधीनस्थ जर्मन क्षेत्रमा आयोजित पोट्सड्याम सम्मेलनमा सहभागी भई स्वदेश फर्कने क्रममा युएसएस अगस्ता पानीजहाजमा सवार थिए।
विमानस्थलमै १८ वर्ष कैद !
इरानका एक जना १८ वर्षसम्म एउटा विमानस्थलमा फसेका छन्। सन् १९४६ मा जन्मिएका मेहरन करिमी नासर सर अल्फ्रेड मेहरन नामबाट समेत परिचित थिए। उनी इरानबाट भागेर युरोपमा जीवन जिउने प्रयासमा पेरिसको चाल्र्स दे गाल विमानस्थलको टर्मिनल एकमा १८ वर्षसम्म फस्न पुगे, सन् १९८८ अगस्त २६ देखि सन् २००६ जुलाईसम्म। बिरामी परेर अस्पताल भर्ना भएपछि मात्र उनले बाहिरको संसार देख्न पाएका थिए। सन् २००४ मा उनको आत्मवृत्तान्त ‘द टर्मिनल म्यान’ प्रकाशित गरिएको थियो। उनको जीवनगाथामा आधारित रहेर सन् २००४ मै ‘द टर्मिनल’ चलचित्रसमेत बनाइएको थियो।
भासिँदै छ मेक्सिको सिटी
मेक्सिको सिटी सुरुमा सन् १३२५ मा एउटा तालमा बसाइएको थियो। यही भएर अचेल हामीले देखेको मेक्सिको सिटी हरेक प्रतिवर्ष करिब ३.२ फिटले भासिँदै गएको छ। युरोपेलीहरू आइपुग्नु पहिले एज्टेकहरूले कृत्रिम टापु बनाउने प्रयासमा लागो डी टेक्सकोको ताल पुरेका थिए। सन् १५२१ मा स्पेनीले त्यहाँ आएर आफ्नो बस्ती बसाउन सुरु गरे।
राजखलक ‘ताजपुरिया’
आदिवासी, जनजाति ताजपुरियाले झापा, मोरङ, सुनसरीका घनाजङ्गल फाँडेर मलेरियाजस्ता रोगसँग लड्दै पूर्वी नेपालको तराई क्षेत्रलाई कृषिको केन्द्र बनाएका छन्। भारतको तेजपुरबाट नेपाल भित्रिएकाले उनीहरू ‘ताजपुरिया’ भएका हुन् भन्ने कतिपयले तर्क गर्छन्। भारतको बिहार, पश्चिम बङ्गाल, आसाम, सिक्किम, मेघालयमा ताजपुरियाको बाक्लो बसोबास छ।