श्रीलङ्का टापुको उत्पादनले भारतीय गोलभेँडा प्रतिस्थापन
डेढ दशकअघि परबलको उत्पादन बढी हुने सुनसरीको श्रीलङ्का टापु क्षेत्रमा अहिले गोलभेँडा धेरै उत्पादन हुन थालेको छ । अहिले श्रीलङ्का टापु क्षेत्रबाट दैनिक १० टन गोलभेँडा धरान कृषि उपज बजार स्थलमा पुर्याइने गरेको छ ।
चिया नबिक्दा किसान चिन्तित
ताप्लेजुङमा चिया बिक्री नभएपछि उत्पादक किसान चिन्तित बनेका छन् । मोटो रकम लगानीसँगै धेरै मेहनत गरेर लगाएको खेतीबाट उत्पादन हुन थालेको चिया सुरुवातमै बिक्री नभएपछि किसानमा चिन्ता छाएको हो ।
प्रधानमन्त्रीद्वारा सङ्घीयता, सहकार्य र कानुनी समन्वयमा जोड
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुहुँदै सङ्घीयताले विकासको ढोका खोलेको र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनु भएको छ ।
हुलाक टिकटमा लोपोन्मुख कला संस्कृति समेटिनुपर्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक टिकटमार्फत समाजको लोपोन्मुख, रैथाने र परम्परागत कला संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभएकोछ । हुलाक सेवा विभागले आज सप्ताहव्यापीरुपमा आयोजना गरेको राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा हुलाक टिकट प्रदर्शनी कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले हुलाक विभागले अब आवेदन आव्हान गरेर मात्र होइन, आवश्यक परेको खण्डमा ऐतिहासिक विषयबस्तु खोजेर टिकट प्रकाशन गर्नुपर्ने सुझाव दिनुभएको हो ।
‘आयोडिनको कमीले आइपर्छ स्वास्थ्यमा यस्तो समस्या’
नेपालमा आयोडिन प्रयोगकर्ताको अवस्था सुधारोन्मुख भए पनि आयोडिनको कमीले हुने स्वास्थ्य जोखिम कायम छ । उच्च पहाडी भौगोलिक बनावटले गर्दा नेपाली खानामा आयोडिनको कमी हुने हुँदा यसको कमीले हुने जोखिम कायम रहेको जानकारहरु बताउँछन् ।
अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफैँ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
बिपी राजमार्गको पुनर्निर्माणका लागि आग्रह
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमाले सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्री ओलीको विशेष सम्बोधन (प्रत्यक्ष प्रसारण)
लुम्बिनी प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधन सुरु भएको छ ।
प्रधानमन्त्री ओली दाङमा
प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न दाङको देउखुरी आइपुग्नु भएको छ ।
देश बनाउने अभियानमा लागौँ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देश बनाउने अभियानमा लाग्न सबैलाई आह्वान गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा ११ मालेडाँडामा रहेको श्रीमणी स्मृति पार्कको शिलान्याश गर्दै महासचिव पोखरेलले सो आव्हान गर्नुभएको हो ।
जनस्तरबाटै डायलासिस केन्द्रको जमर्को
निजी मेडिकल कजेलको चर्को शुल्क तिरेर मिर्गौला डायलासिस गराउने आर्थिक हैसियतमा सबै नागरिक छैनन् । भौतिक संरचना भए पनि सरकारी अस्पतालमा मिर्गौला रोगीले डायलासिस सेवा पाउँदैनन् ।
सदनमा सांसदको प्रश्न, प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सिक्टा सिँचाइ र बबई सिँचाइ आयोजना लगायतका राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठूला आयोजना समयमा सम्पन्न गर्ने विषयमा आफू गम्भीर र संवेदनशील रहेको बताउनुभएको हो।
दुई दिनपछि उठाइयो माना टेलरको शव
गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बस्नुभएका प्रकाश टेलर दमाईले आमाको शव ट्याक्टरमा राखेर छिमेकी पाटन नगरपालिकाको तिपडा मसानघाट पुर्याएर दाहसंस्कार गर्नुभएको छ ।
सांसद ज्वालालाई प्रधानमन्त्री ओलीको जवाफ– कार्यक्रम रद्द गर्नेले नै प्रगति खोज्ने अनौठो संस्कार छ
प्रधानमन्त्री केपी शर्मा ओली अहिले प्रतिनिधि सभामा सांसदले सोध्नुभएका जिज्ञासाको जवाफ दिँदै हुनुहुन्छ। पहिलो प्रश्न सोध्नुभएका प्रकाश ज्वालालाई जावाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले पूर्व भौतिक पूर्वाधारमन्त्री हुँदा रद्ध गरेको कार्यक्रमको प्रगति खोज्नु गलत भएको जवाफ दिनुभएको हो।
प्रधानमन्त्रीले बैठकमा सांसदको जिज्ञासाको जवाफ दिनुहुँदै (प्रत्यक्ष प्रसारण)
प्रतिनिधिसभा बैठक सुरु भएको छ । आजको कार्यसूचीमा सांसदहरुले सोध्नुहुने सवालको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुहुनेछ । त्यसैगरी गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधनं) विधेयक २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुने कार्यसूची तय भएको छ ।
स्तरोन्नतिपछि अनुदान र ऋण प्रभावित हुने
विकासशील राष्ट्रको समूहमा स्तरोन्नति भएपछि नेपालले पाउने अनुदान र सहुलियतपूर्ण ऋणमा १० देखि १५ प्रतिशत प्रभाव पर्ने संसदीय समितिको अध्ययनले देखाएको छ
सस्तोमै ‘लम्पी स्किन’ को खोप दिन बायोटेक तयार
कोभिड सङ्क्रमणविरुद्धको खोप ‘कोभ्याक्सिन’ निर्माण गरेको भारतीय कम्पनी ‘भारत बायोटेक’ ले सस्तो दरमै नेपालमा ‘लम्पी स्किन’ विरुद्धको खोप उपलब्ध गराउने प्रस्ताव गरेको छ ।
श्रीमहल उत्खननमा जनशक्ति अभाव
पुरातत्व विभागले सुरु गरेको श्रीमहलको भग्नावशेष उत्खननको काम दक्ष जनशक्तिको अभावमा सुस्त गतिमा छ ।
मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश
मलामी जाने मानिस नपाउँदा बैतडीका प्रकाश टेलर दमाई आँगनमा आमाको शव कुरेर बस्नु भएको छ ।
रङ्गशालामा मैत्रीपूर्ण खेलसँगै सांस्कृतिक रौनक (फोटो फिचर)
नेपालको यु–२० टोली मैत्रीपूर्ण फुटबल खेलमा चीनको युवान प्रान्तको युवा टोलीबिच शनिबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।
उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छ : कीर्तिपुर अस्पताल
कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज आचार्यको अनुहार जलनको उपचारका लागि उच्च निगरानीमा राख्नुपर्ने बताएको छ।
सरकारले ल्याएको अध्यादेश पारित हुन्छ : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने दाबी गर्नु भएको छ ।
‘अल्पसङ्ख्यकमाथि बहुसङ्ख्यकले विभेद गर्नु उचित होइन’
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उपाध्यक्ष तथा सर्लाही क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य रहनुभएका रामप्रकाश चौधरीले बहुसङ्ख्यकले अल्पसंख्यकमाथि जहाँ पनि विभेद गर्ने प्रबृत्ति रहेको भए पनि त्यस्तो गर्न नहुने बताउनुहुन्छ । बलियोले कमजोरलाई हेप्ने मानवीय विशेषताजस्तो देखिए पनि त्यो गलत भएको उहाँको भनाइ छ ।
सिँजाका सम्पदा संरक्षणको कहर
कनकासुन्दरी मन्दिर जाने बाटोमा खण्डित अवस्थामा कलात्मक पत्थरको मूर्ति देख्न सकिन्छ ।