चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्रीको पहल
प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आज चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग आइतबार छलफल गर्नुभएको छ ।
कीर्तिपुर नगरप्रमुखमा १७ को उम्मेदवारी, स्वतन्त्र नौ जना
कीर्तिपुर नगरपालिका प्रमुखमा आइतबार दिउँसो ३ः४५ सम्म जम्मा १७ जनाको उम्मेदवारी परेको छ।
पूर्वीय दर्शन ज्ञान र परम्पराको स्रोत हो : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको बताउँदै पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने बताउनुभएको छ।
गौरीशङ्करमा चुनावी रौनक कडा प्रतिस्पर्धामा चार महिला उम्मेदवार
दोलखाको गौरीशङ्कर गाउँपालिकामा आउँदो मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको जिल्लाका दलहरूले प्रतिस्पर्धात्मक रूपमा प्रचारप्रसार गरेका छन् । आजदेखि आचरसंहिता लागु भएको छ भने मनोनयन दर्ता पनि आज नै हो ।
आयोग–मेडिकल कलेज द्वन्द्व, सात सय विद्यार्थीको भविष्य अन्योलमा
चिकित्सा शिक्षा आयोग र निजी मेडिकल कलेजहरूको द्वन्द्वका कारण चिकित्सातर्फ स्नातकोत्तर तहमा अध्ययन गर्ने सयौँ विद्यार्थी पोस्ट ग्य्राजुएट (पिजी) अध्ययन गर्नबाट वञ्चित हुने भएका छन् ।
हिमाल चिन्नै मुस्किल
धनकुटा नगरपालिका वडा नम्बर १० का युवा डगेन्द्र पौडेल खुला मौसममा हिमाल हेर्न बर्सेनि हिले आसपासका डाँडा पुग्नुहुन्छ ।
सरकारले मुलुकलाई समृद्धितर्फ अघि बढाएको छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कांग्रेस–एमाले मिलेर बनेको वर्तमान सरकारले जनताका आवश्यकता र चाहनाअनुरूप मुलुकलाई समृद्धितर्फ अघि बढाइरहेको बताउनुभएको छ।
राजनीतिकरुपले बुद्ध धर्म दुरुपयोग गर्न मिल्दैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा कुनै विभाजन हुन नहुने बताउनुभएको छ । बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गर्ने कामलाई निषेध गर्नुपर्ने उहाँको भनाइ छ ।
‘सहकारीमा देखिएको समस्या समाधान हुनैपर्छ’
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य तथा प्युठान–१ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएका सूर्यबहादुर थापा क्षेत्री एक कुशल युवा नेता तथा सांसद हुनुहुन्छ ।
विशाल मेला गढीमाई
बारा जिल्लाको गढीमाई मेलामा कति पशु बलि दिइन्छ, त्यसको यकिन तथ्याङ्क छैन तथापि बलिका लागि खास गरी यो मेला विश्वप्रख्यात छ ।
बिच सडकमा (कथा)
म लडेको देखेर मोटरसाइकलवालाले मौका छोपिहाल्यो ।
इन्टरपोलको सूचीमा ३३८ नेपाली
सहकारीमा सर्वसाधारणले बचत गरेको रकम हिनामिना गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली असोज ११ गते भारतको दिल्लीबाट पक्राउ पर्नुभयो ।
सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा
प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन कसरी सञ्चालन गर्ने भन्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ ।
नेपालको विद्युत शुक्रबारदेखि बङ्गलादेश निर्यात
नेपालबाट भारत हुँदै बङ्गलादेश विद्युत निर्यात शुक्रबारदेखि औपचारिक रुपमा शुभारम्भ भएको छ ।
कात्तिक नाचमा प्रल्हाद उद्धार (फोटो फिचर)
काठमाडौं, कात्तिक ३० गते । हिरण्यकश्यपको वधसँगै पाटनको मङ्गलबजारको कात्तिक डबलीमा प्रदर्शन गरिएको कात्तिक नाचको सबैभन्दा महत्त्वपूर्ण अंश नरसिंह अवतार सकिएको छ । आफ्नो छोरा प्रल्हादलाई संहार गर्न खोजेपछि विष्णुले नरसिंह अवतार लिइ प्रल्हादको उद्धार गर्दछन् भने हिरण्यकश्यपको वध गरिदिन्छन् । बिहीबार राति कात्तिक नाचको नवौं दिनमा उक्त नाच प्रस्तुत गरिएको हो । यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले ३८३ वर्षअघि सुरु गर्नुभएको मान्निछ । विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाचको सुरुआत गरेको बताइन्छ । कात्तिक नाचको माध्यमद्वारा देशमा आउने बिघ्नबाधा हटी शान्त्ति र सुव्यवस्था कायम रहने विश्वास छ । कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । सत्ताइस दिनसम्म सो नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु यसको विशेषता मानिन्छ । यस वर्षको कात्तिक नाच आज शुक्रबार वस्त्र हरणको प्रस्तुतिपछि सकिनेछ ।
जलवायुसम्बन्धी नेपालको धारणा उजागर गर्न राष्ट्रपतिको भ्रमण फलदायी
राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा वातावरण परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरुको सम्मेलन कोप–२९ मा नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि जलवायु संरक्षणका विषय स्पष्टताका साथ प्रस्तुत गरेकाले भ्रमण फलदायी भएको छ ।
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन ९कोप–२९० मा भाग लिएर आज स्वदेश फर्कनुभयो । नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते अजरबैजान जानुभएका राष्ट्रपति पौडेल शुक्रवार बिहान स्वदेश फर्कनुभएको हो ।
पहिलो पटक बङ्गलादेश जाँदै नेपालको बिजुली
नेपालबाट पहिलो पटक शुक्रबार ४० मेगावाट विद्युत् तेस्रो देश निर्यात हुने भएको छ ।
त्रिवि सेवा परीक्षा सञ्चालनमै सकस, उपप्राध्यापक छान्न लोक सेवा
शिक्षक, विद्यार्थी र कर्मचारी आन्दोलनका कारण थिलोथिलो बनेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) पछिल्लो समय आफैँलाई आवश्यक उपप्राध्यापक तथा कर्मचारी छनोटका लागि परीक्षा सञ्चालन गर्नसमेत असमर्थ बनेको छ ।
बढ्यो वायु प्रदूषण
नेपालमा वायु प्रदूषण उच्च हुँदै गएको छ । केही दिनयता वायु प्रदूषण उच्चस्तरले बढ्दै गएको वातावरण विभागले जनाएको छ ।
कार्यान्वयनको दश वर्षपछि संविधानमाथि समीक्षा हुन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको १० वर्ष पुगेपछि संविधानमाथि समीक्षा र मूल्याङ्कन हुने बताउनुभएको छ।
यु–१९ महिलाले तय गरेको विश्वकप यात्रा
नेपाली महिला क्रिकेटले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको १८ वर्ष भएको छ । नेपाल सन् २००७ मा मलेसियामा भएको एसीसी च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय मैदानमा प्रवेश गरेको थियो ।
राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिको भेट : जलवायु परिवर्तनका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असरहरू सम्बोधन गर्न भनी व्यक्त गरिएका प्रतिबद्धता पूरा गर्न सबै विकसित मुलुकलाई आग्रह गर्नुभएको छ।
रणनीतिक योजना अगाडि बढाउनुपर्छ : सभापति देउवा
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रणनीतिक योजना अघि बढाउनुपर्ने बताउनुभएको छ ।