'हिंसारहित समाज निर्माण र आत्मविश्वासका लागि खेल क्षेत्र रोज्यौं'
छोरी मान्छे हत्तपत्त घरबाहिर निस्कन हुन्न भन्ने सोचाइ छ । अझ कतै हिंसा त कतै आफैमा लज्जाउने स्वभाव । यस्तै कथा र ब्यथाको संगालोलाई चिर्दै केही साहसिक महिलाले आफूलाई खेलाडीको रुपमा परिचित गराउनु भएको छ ।
यस्तो छ एनपिएल ट्रफीको विशेषता
एनपिएलको माहोलसँगै सामेबार नेपालको सांस्कृतिक धरोहर धरहराबाट एनपिएल ट्रफीको प्रधानमन्त्री केपी शर्मा ओलीबाट अनावरण भएको छ । प्रधानमन्त्री ओलीले आठवटै टोलीका कप्तानको रोहबरमा धरहरलाई साक्षी राखेर ट्रफीको अनावरण गर्नुभएको हो ।
एनपिएलका आठ मार्की खेलाडीको नालीबेली
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक गर्नुभयो । उहाँले सुनधारास्थित धरहरा परिसरमा ट्रफी सार्वजनिक गर्नुभएको हो ।
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट गर्नुभएको छ ।
एनपिएलले नेपालकाे पर्यटन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक धरहरा परिसरबाट नेपाल प्रिमियर लिग [एनपिएल] को ट्रफीको आज अनावरण गर्दै यस लिगले नेपालको पर्यटन प्रवर्द्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो ।
गिद्ध पर्यटनको ‘हब’ बन्दै नवलपुर
जङ्गलको बिचमा एउटा ठुलो चौर छ । चौरको छेवैमा सानो प्वाल राखेर हेर्न र फोटो खिच्न मिल्ने गरी एउटा मचान बनाइएको छ ।
राहदानी सेवा आंशिक सञ्चालन,सेवाग्राहीका तथ्याङ्क सुरक्षित
विद्युतीय राहदानीसम्बन्धी सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै समय लाग्ने भए पनि आंशिक सेवा आइतबार अपराह्नबाट सञ्चालन गरिएको राहदानी विभागले जनाएको छ ।
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्याको समाधान तत्काल गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूमा देखिएका समस्याको समाधान तत्काल गर्न निर्देशन दिनुभएको छ।
‘एन्टिबायोटिकको दुरुपयोगले उपचारमा समस्या ल्याउँछ’
प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स,एएमआर ) विश्वव्यापी महामारीका रुपमा देखिँदै गएको छ । विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)का अनुसार प्रतिजैविक प्रतिरोधको समस्या विश्वमा १० स्वास्थ्य समस्या मध्येको एक हो ।
प्रतिवर्ष तीन सय बिलियन अमेरिकी डलर जलवायु कार्यमा खर्च गर्ने धनी देशको प्रतिबद्धता
अजरबैजान, मङ्सिर ९ गते । अजरबैजानको बाकुमा भएको विश्व जलवायु सम्मेलन कोप—२९ मा जलवायु वित्तको नयाँ लक्ष्यमा धनी देशहरुबाट प्रतिवर्ष ३ सय बिलियन अमेरिकी डलरको प्रतिबद्धता आएको छ ।यो रकम धनी देशहरुले गरिब देशहरुमा जलवायु अनुकूलन र न्यूनीकरण तथा हानि नोक्सानीको क्षतिपूर्तिको क्षेत्रमा परिचालन गरिनेछ । अल्पविकसित, विकासशील, समुद्री टापु भएका देशहरुको समूह लगायतले प्रतिवर्ष १ दशमलव ३ ट्रिलिएन अमेरिकी डलर जलवायु प्रभावित अति कम विकसित लगायत मुलुकमा जलवायु कार्यकमा लगानी गर्नुपर्ने माग गर्दै आएका थिए । ३ बर्ष लगाएर युएनएफसिसिले तयार गरेको जलवायु जलवायु वित्तमा नयाँ सामूहिक परिमाणित लक्ष्य (एनसिक्युजी)को मस्यौदा झन्डै दर्जन पटक संशोधन भएको थियो । शुक्रवार सार्वजनिक भएको मस्यौदामा २ सय ५० वबिलिएन डलर प्रस्ताव गरिएपछि गरिव मुलुकहरुले बैठक बहिष्कार गरेर विराेधमा उत्रिएका थिए । निर्धारित समयावधिभन्दा एक दिन एक रात बढी लम्बिएको सम्मेलनले अन्तिम समयमा आएर जलवायु वित्तलाई ३ सय बिलियन अमेरिकी डलर प्रतिवर्ष परिचालन गर्ने प्रतिबद्धता अघि सारेको हो । यद्यपि यो गरिव देशहरूले माग गर्दै गरेको निकै भन्दा कम हो । यो अन्तिममा आएको प्रतिबद्धताले गरिब मुलुकहरुको आक्रोशलाई केही हदसम्म साम्य बनाएको छ तर अल्पविकसित देशहरुले यसको समेत कडा विरोध गरेका छन् । अझै कैयौँ विषयहरुमा अस्पष्टता छन् भने कतिपय विषय कोप—३० मा धलेकिएको छ । यद्यपि जलवायु वित्तको नयाँ प्रतिबद्धताले सम्मेलनलाई असफल हुनबाट मात्रै जोगाएको छ । बाँकी विषयमा गरिब मुलुकहरुले अझै पनि सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ । यसअघि जलवायु वित्तमा सहमति नजुटेपछि शनिवार राती नै प्रेसिडेन्सीले पेरिस सम्झौताको दफा ६ को प्यारा २ र ४ को लागि महत्वपूर्ण निर्णय प्लेनरीबाट पास गराएका थिए । यो निर्णयसँगै अब कार्बन व्यापारको लागि औपचारिक बाटो खुलेको छ जसले १.५ डिग्री तापक्रम वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । यो सम्मेलनले सहमति जुटाउन नसकेका विषयहरुलाई पेरिस सम्झौताको दफा १६ को प्रयोग गरी प्रेसिडेन्सीले आगामी कोपमा छलफल हुनेगरी आफ्नो अधिकार प्रयोग गरेका छन् ।कोप—२९ लाई जलवायु वित्त कोप भनिएको थियो । सम्मेलनको अवधि सकिँदा पनि सहमति नजुटेपछि सम्मेलन असफल हुने आशङ्का गरिएको थियो । विशेष गरेर जलवायु वित्तसँग जोडिएका विषयहरु एनसिक्युजीमा उल्लेख भएका विषयहरु भएको र ती विषय पैसासँग जोडिएको हुनाले वित्तको निर्णय नहुँदा त्यसको असर अन्य महत्वपूर्ण क्षेत्रमा आँकलन गरिरहेको समयमा अन्तिम समयमा वित्तमा जुटेको सहमतिलाई नाटकीय रुपमा हेरिएको छ । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले सम्मेलनमा आएको वित्तीय प्रतिबद्धतालाई सकारात्मक रुपमा नै लिनुपर्ने प्रतिक्रिया दिनुभयो । जि सेभेन्टी सेभेन र चाइनाको अलाइन्सले १ दशमलव ३ ट्रिलियन भनेको भए पनि विकसित देशहरु त्यसमा सहमत नभएको अवस्थामा दुई पक्षीय नेगोसिएशनले वित्त निर्धारण हुने भए पनि धनि देशहरुले एकतर्फी रुपमा ३०० बिलियन प्रतिवर्षको घोषणा गरेका छन् । यो निर्णय पूर्ण नभए पनि प्रतिबद्धता जनाएको रकम इमानदारीपूर्वक परिचालन गरिए यसले जलवायु कार्यमा लगानी बढ्ने प्रतिक्रिया दिनुभयो । कार्बन व्यापार, हानि नोक्सानी कोष परिचालन लगायत केही विषयमा कोपले राम्रा निर्णय गरेको पनि उहाँले बताउनुभयो । कतिपय निर्णयहरु नेपाल पक्षबाट हेर्दा उपलब्धिपूर्ण नै रहेको पनि उहाँले बताउनुभयो । तर जलवायु अनुकूलन कार्य, लैङ्गिक समावेशीलगायत विषयमा भारतलगायत मुलुकले असहमति जनाएका छन् ।
दुई वर्षअघिनै निर्माण सक्नुपर्ने रङ्गशाला अझै अलपत्र
सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माणाधीन मिनी रङ्गशालाको निर्माण कार्य फेरि रोकिएको छ । काम नगरी ठेकेदार कम्पनी गिरी जेभी कन्स्ट्रक्सन फरार भएपछि रङ्गशालाको काम अगाडि बढ्न नसकेको हो ।
काम खोज्दै आए, मालिक नै बने
विसं २०५३ भदौ १३ गते १३ वर्षकै उमेरमा कामको खोजीमा मुस्ताङको घाँसामा पुग्नुभएका टङ्कलाल श्रेष्ठको अहिले बेनी नगरपालिका–९, गलेश्वरमा होटल ताजमहल लज एन्ड रेस्टुरेन्ट चलिरहेको छ ।
एनपिएलको चर्चासँगै भव्य बन्दै कीर्तिपुर क्रिकेट मैदान
नेपाल प्रिमियर लिग एनपिएलको चर्चा अहिले चुलिएको छ। अन्य खेलकुद संघहरूले देशको आर्थिक स्थितिलाई दोष दिँदै चुपचाप बसिरहँदा नेपाल क्रिकेट संघ क्यानले नेपाली खेलकुद नै तरङ्गित हुनेगरी चर्चा बटुलिरहेको हो।
पर्यटक लोभ्याउँदै बत्तीसे झर्ना (तस्बिर सहित)
मेची राजमार्गको इलाम–फिदिम सडक खण्डनजिक पाँचथरको फाल्गुनन्द गाउँपालिका –३ मा बत्तीसे झर्ना रहेको छ । यो झर्ना जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा परिचित छ ।
कोशीमा कहाँ घुम्ने
रातो रानी फुले झैँ साँझमा तिमी फुल्यौ कलेजी माझमा
मुस्ताङको स्याउले मुहारै हँसिलो
स्याउ देखेपछि अनुहारै हँसिलो । मुखै रसिलो हुने रहेछ । त्यसमाथि मुस्ताङको स्वादिष्ट स्याउ १ स्याउका बगैँचामै बसेर स्याउ हेर्नु र बोटबाटै स्याउ टिपेर चाख्नुको स्वाद कति मिठो १
अस्वस्थकर खानाले समस्या
पहिला जस्तो जमाना अब रहेन । हामीले कुनै पनि स्वास्थ्य र रोगसम्बन्धी अर्थात् जीवनमा आइपर्ने समस्याका कारण र समाधानका उपायसमेत आवश्यक परे क्षणभरमै पढ्न र सुन्न पाउँछौँ ।
गण्डकीमा कृषि भूमि घट्यो
गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनमा पाइएको छ । केन्द्रीय बैङ्कले शुक्रबार सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०-८१’ मा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब सात दशमलव सात प्रतिशतले घटेको उल्लेख छ ।
अनुत्तीर्णलाई माथिल्लो अवसर
पर्याप्त पेसागत सिप भए पनि शैक्षिक योग्यताका कारण माथिल्लो तहको रोजगारीमा जान नपाएका वा शैक्षिक संस्थामा पढाइका लागि भर्ना हुन नपाएका व्यक्तिलाई बाटो खुलाउने कानुनी व्यवस्था गर्न लागिएको छ ।
सत्ता समीकरण २०८४ को चुनावसम्म कायम रहन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता समीकरण २०८४ चुनावसम्म कायम रहने बताउनुभएको छ ।
सबैका लागि सधैंका लागि खुल्दैछ खुलामञ्च
खुलामञ्च लामो समयदेखि बन्द किन छ ? यो आम चासोको विषयको रुपमा छ । खुलामञ्चमा यतिबेला दुबो रोप्ने, गोड्ने लगायत विविध व्यवस्थापन पक्षका कामहरु भइरहेको छ ।
विद्यालय नपुगेका मुसहर बालबालिका
लहान–१ र २ नम्बर वडामा रहेका मुसहर समुदायको बाक्लो बस्तीमा सडक किनारामा पढ्ने उमेरका बालबालिकाहरू तास खेलिरहेको भेटिन्छ । मुसहर समुदायको बालबालिकाहरूलाई विद्यालयमा नियमित पढ्न पुर्याउनुपर्ने शिक्षा र चेतनाको आवश्यकता रहेको आवाज उठ्न थालेको छ ।
सार्वजनिक जग्गा मिचेर चिया खेती, खाली गराउँदै नगरपालिका
झापाको एक चिया बगानले जबरजस्ती भोग चलन गर्दै आएको जमिन स्थानीय सरकारले खाली गराउन थालेको छ । झापाको मेचीनगर नगरपालिकाको विभिन्न वडामा नकलबन्दा चिया बगानले ओगटेको १० बिघा भन्दा बढी सरकारी जग्गामा नगरपालिकाले डोजर लगाएर सीमा कायम गर्दै खाली गराउन थालेको हो ।
मुस्ताङमा बगेर खेर गइरहेछ भोटको नुन
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्नुहुन्थ्यो ।