सहकारीका समस्या सम्बोधन गर्न कानुन संशोधनको तयारी
बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्नमाथि कानुनी कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले संस्थागत सुशासन र नियमनका लागि आधा दर्जन कानुन परिमार्जनको प्रक्रिया पनि अगाडि बढाएको छ
पुरानै स्वरूपतिर हात्ती डुबाउने ताल
देवचुली नगरपालिका नवलपुरको सिसवार मध्यवर्ती क्षेत्र अन्तर्गत दिव्य सामुदायिक वनमा रहेको शनिश्चरे ताललाई पुरानै स्वरूपमा फर्काइने भएको छ ।
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न कडा निर्देशन दिनुभएको छ।
राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गर्नुभएको छ ।
लैङ्गिक हिंसामा परेका अधिकांशमा मानसिक समस्या
यौन हिंसा लगायत लैङ्गिक हिंसामा परेका अधिकांशमा मनोसामाजिक समस्या देखिने गरेको छ । मानसिक अस्पतालका निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा. अनन्त अधिकारीका अनुसार अस्पतालमा आउने अधिकांश यौन तथा लैङ्गिक हिंसामा परेकामा मनोसामाजिक समस्या देखिने गर्छ ।
युएनडिपीले जलवायु कार्यमा नेपाललाई सहयोग गर्ने
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीले नेपाललाई जलवायुजन्य कार्यमा सहयोग गर्ने भएको छ ।
निजी क्षेत्रमा कर्जा बढ्यो, वृद्धिदर बढेन
चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब २८ अर्ब ६५ करोड (२.५ प्रतिशत) ले बढेको छ ।
कालीमाथिका पुलको म्याद थपेको थप्यै
चीन र भारतलाई सिधा जोड्ने गण्डकी र लुम्बिनीको सङ्गम नदी कालीगण्डकीको किनारमा निर्माणाधीन सडकमा सात वटा पक्की पुल निर्माण भइरहेका छन् ।
चार महिनामा १२ अर्ब ७२ करोड रुपियाँको विद्युत भारत निर्यात
चालू आर्थिक वर्ष (आव) २०८१-८२ को पहिलो चार महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपियाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।
सिञ्जा सभ्यता खस सङ्ग्रहालय अझै सञ्चालनमा आएन
जुम्लाको सिञ्जा गाउँपालिका–२ मा निर्माणाधीन सिञ्जा सभ्यता खस सङ्ग्रहालय अझै सञ्चालनमा आएको छैन । वि.सं. २०७६ असार ६ गते शिलान्यास गरी निर्माण सुरु भएको छ वर्ष बितिसक्दासमेत काम अझै अधुरै छ ।
व्यायामले पनि हुन सक्छ हृदयाघात
‘कायदे में रहोगे तो फायदे मे रहोगे’ हिन्दी भाषाको यो भनाइ जीवनको जुनसुकै क्षेत्रमा लागू हुन्छ । सबैखाले खेलकुद, त्यसमा पनि ‘मसल्स बिल्डिङ’ खेलमा हृदयाघातबाट हुने मृत्यु एउटा अध्ययनको विषय हुन सक्छ ।
ताल भाडामा लिएर सिङ्गडा र माछा खेती
बाँकेको जानकी गाउँपालिका –२ नवाजी गाउँका ४२ वर्षीय किसान प्रेम कश्यपले गाउँपालिकासँग भाडामा लिएको तालबाट दोहोरो आम्दानी गर्दै आउनुभएको छ ।
धार्मिक पर्यटकहरुको गन्तव्य बन्दै सताक्षीधाम
केही वर्ष अघिदेखि झापाको ऐतिहासिक तथा पौराणिक महत्व बोकेको सताक्षीधामको विकास तीव्र गतिमा बढेपछि धार्मिक पर्यटकहरुको आवागमन बढेको छ ।
पशुपति क्षेत्रमै खुला शौचको बाध्यता
नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको पाँच वर्ष पूरा भए पनि अझै मानिसहरू खुला रूपमा शौच गर्न बाध्य छन् ।
राजवंशीमा चल्छ महिलाको हैकम
पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा सघन रूपले बस्दै आएका राजवंशी जाति सो क्षेत्रको भूमिपुत्र मानिन्छन् ।
त्रिशूलीमा खस्यो ट्रक, ३ जनाको उद्धार
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ । दुर्घटना स्थलबाट तीन जना घाइतेको उद्धार गरिएको प्रहरीले जानकारी गराएको छ ।
डिपो स्थानान्तरणमा ढिलाइ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सिनामङ्गलमा रहेको हवाई इन्धन डिपो स्थानान्तरणमा ढिलाइ भएको छ ।
जम्न थाले नेपाली चलचित्र
कुनै समय दर्शक खोज्न धौ धौ पर्ने अवस्थाबाट गुज्रिएको नेपाली चलचित्र क्षेत्र अहिले सुनौलो समयमा फर्किएको छ ।
पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि
पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
प्रधानमन्त्रीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको छ । सोमबार ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उहाँले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
‘चिसो बढेसँगै घटदै छ डेंगु, जोखिम भने कायमै’
जाडो बढेसँग डेंगु सङ्क्रमित संख्या घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्र्तगतको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले एक हप्तादेखि डेंगु सङ्क्रमण हुनेको संख्या घट्दै गएको जानकारी दिनुभयो ।
महिला मृत्युदर घटाउन ‘एचपीभी’ खोप
आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ ।
साना तथा मझौला कम्पनीलाई सहज बन्दै पुँजी बजार
अर्थतन्त्रमा विशेष योगदान दिँदै आएका साना तथा मझौला कम्पनीलाई पुँजी बजारमा ल्याउन सहजीकरण गरिने भएको छ ।
निजी क्षेत्रमार्फत कोरिया पठाउने तयारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार व्यवसायी कम्पनीमार्फत दक्षिण कोरियामा ई–७ भिसा प्रणाली अन्तर्गत उच्च सिपयुक्त श्रमिक पठाउने तयारी गरेको छ ।