काठमाडौँ, फागुन १० गते । हालको कर्णाली प्रदेशको सल्यान जिल्लाको वडागाउँ वडा ५ बिसेपानी टोलमा बुवा महेन्द्रबहादुर सिंह र आमा इन्दिरा सिंहबाट वि.सं. २०२६ वैशाख १५ गते जन्मनु भएका किशोरसिंह राठौर नेपाली कांग्रेसको सहमहामन्त्री हुनुहुन्छ ।
स्थायी ठेगाना सल्यान भए पनि हाल उहाँको राजनीतिक कर्मथलो बाँके जिल्ला बनेको छ । राठौर २०७९ मा भएको सङ्घीय निर्वाचनमा बाँके जिल्लाको निर्वाचन क्षेन नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
वि.सं. २०४१ देखि विद्यार्थी राजनीतिमा लाग्नुभएका राठौर त्रिचन्द्र क्यापसको स्ववियु सचिव तथा सभापति र स्ववियु फोरमको संस्थापक सभापति हुनुभयो । त्यसैगरी, नेविसङ्घको सहमहामन्त्री, केन्द्रीय अध्यक्ष बन्न सफल राठौर नेपाली कांग्रेसको महासमिति सदस्य हुँदै १२ औं महाधिवेशनबाट निरन्तर केन्द्रीय सदस्य र हाल कांग्रेसको सहमहामन्त्री हुनुहुन्छ ।
राजनीतिक आन्दोलनमा सक्रिय रहँदा उहाँ पटक पटक प्रहरी हिरासतमा पर्नुभएको छ । तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हात लिएको २०६१ माघ १९ गते नै उहाँ काठमाडौँबाट पक्राउ पर्नुभयो ।
सङ्घीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा नेपाली कांग्रेसबाट संविधान सभामा समानुपातिक सदस्य निर्वाचित हुनुभएका राठौर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बाँके–३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुभएको हो ।
प्रस्तुत छ–गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कांग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नं. ३ बाट निर्वाचित सांसद किशोरसिंह राठौरसँग गोरखापत्र अनलाइनका लागि नारद गौतमले गर्नुभएको भिडियो वार्ताः
भिडियो : मनोजरत्न शाही