• २८ फागुन २०८१, बुधबार

लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधन

अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुपर्छ : प्रधानमन्त्री

blog

प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेशसभाको बैठकमा सोमबार विशेष सम्बोधन गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

दाङ, फागुन ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफैँ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

लुम्बिनी प्रदेशसभाको बैठकमा सोमबार विशेष सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले हामीले बनाउनुपर्ने बताउनुभएको हो ।

“चालिस वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले आफ्नै मिहिनेतले सम्पन्न भई सकेको छ । हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैले देशको विकास गर्नुपर्छ । कुन ठाउँमा के  उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठुलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ । त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नुपर्छ । उद्योगहरू स्थापनाका लगानी विस्तार गर्नुपर्छ ।’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसका लागि सरकारको तर्फबाट सहजीकरण गर्नुपर्छ । तीन वटै तहका सरकार यसमा सहकार्यका साथ अगाडि बढ्नुपर्छ । केन्द्र सरकारले लगानी विस्तार र सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न अध्यादेश ल्याएको छ । कोही कसैले अरू कारणले विरोध गर्नु बेग्लै कुरा हो । आमरुपमा अध्यादेशप्रति उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको छ । यसले स्वागत पाएको छ ।’’

प्रधानमन्त्री ओलीको विशेष सम्बोधन जारी रहेको छ ।

यो पनि पढ्नुहोस