• २८ फागुन २०८१, बुधबार

प्रधानमन्त्री ओली दाङमा

blog

प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्नुहुँदै मुख्यमन्त्री चेतनारायण आचार्य । तस्बिर : सन्तोष दहित

सन्तोष दहित
दाङ, फागुन ५ गते ।
प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न दाङको देउखुरी आइपुग्नुभएको छ । प्रधानमन्त्री ओलीलाई मुख्यमन्त्री चेतनरायण आचार्यले स्वागत गर्नुभएको छ । नेपाली सेनाको एनए ०६७ हेलिकोप्टरमार्फत उहाँ दाङ आइपुग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले सोमबार बस्ने प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रण गर्नुभएको थियो ।

लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो । यस अघि २०७५ साल वैशाख १६ गते तत्कालीन पाँच नम्बर प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नुभएको थियो ।

प्रदेशसभाको बैठकलाई विशेष सम्बोधनपछि प्रधानमन्त्रीले घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।