समस्यालाई पहिचान गरेर समाधानका लागि एक्सनमा जान्छौँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गर्नुभएको छ।
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय
प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
पाकिस्तानीले हत्या गरेका दुई नेपालीको शव अझै मलेसियामै
कावासोती नगरपालिका–४ की तिलमाया सार्की श्रीमानसँग सम्बन्ध विच्छेद गरेर नाबालिका छोरीलाई दिदीको रेखदेखमा छोडी वैदेशिक रोजगारीका लागि मलेसिया जानुभयो । मलेसिया गएको एक वर्ष बित्न नपाउँदै तनहुँका एक युवक र तिलमायाको हत्या भयो । पाकिस्तानी युवकले दुई नेपालीको हत्या गरेर शव नालामा फालेको पनि पुष्टि भयो ।
निर्माण भएका संरचना प्रयोगविहीन
गुल्मीमा लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण भएका संरचना प्रयोगविहीन भएका छन् ।
प्रविधिमैत्री बन्दै स्थानीय तह, हात हातमा सेवा
गाउँ गाउँमा सिंहदरबार भन्ने नारा अब नारामै मात्रै सीमित रहेन, यसको कार्यान्वयनसमेत हुन थालेको छ । खुल्ला सरकारको अवधारणा ल्याएसँगै तीन तहकै सरकारले नागरिकको हात हातमै सेवा पुर्याउन थालेका छन् ।
खोप लगाउन मान्दैनन् राउटे
यही माघ २२ गते मङ्गलबार राउटे समुदायमा नयाँ सदस्य वराहताल शाहीको जन्म भयो ।
रविलाई ५४ लाख धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
यसरी समाधान गर्न सकिन्छ मोही किसानको समस्या
स्वर्गद्वारी गुठीको जग्गामा बसोवास एवम् उपभोग गरिरहेका गुठीपीडित किसानले आश्रमको जग्गा आफ्नो नाममा रैकर गरिनुपर्ने र मोहियानी हक कायम गर्नुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलनमा छन् ।
नेपाललाई आइटी हब बनाउन नीति निर्माण गर्न सरकार तयार : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई आइटी हब बनाउन आवश्यक नीति, कानुन र पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभा बैठक : अध्यादेश प्रस्तुत नगरिने
अध्यादेश हटाइएको र संशोधित कार्यसूची आउन बाँकी रहेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीलेलाई बताउनुभयो ।
'कांग्रेसले अध्यादेशको समर्थन गर्छ'
सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले जारी गरेको अध्यादेशको समर्थन गरेको छ । बिहीबार नयाँ बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले अध्यादेशको समर्थन गर्ने निर्णय गरेको हो ।
घाँस प्रजातिका वनस्पति मासिँदै
पूर्वी मोरङका राष्ट्रिय वन र सामुदायिक वनमा घाँस प्रजातिका वनस्पतिहरूले पालुवा फेर्नै पाउन छोडेका छन् ।बनसँग आश्रित भएर बाख्रा पाल्ने किसानले घाँस प्रजातिका वनस्पतिले पालुवा फेर्ने बित्तिकै काटेर लान थालेपछि बनमा घाँस प्रजाति वनस्पतिको बीउ पाक्न छोडेको छ । बीउ पाक्न नपाएपछि नयाँ बिरुवा समेत उम्रिन छोडेका छन् ।
संविधान संशोधन अग्रगमनका लागि हुनुपर्छः रेखा शर्मा
पछिल्लो समय संसद्को प्रभावकारिताबारे प्रश्न उठ्न थालेको छ । । संसद्लाई कति सक्रिय र प्रभावकारी बनाउने भन्ने कुरा सरकारले संसदलाई दिने ‘बिजनेस’मा निर्भर हुन्छ । कुनै पनि विषयमा सदनमा पर्याप्त छलफल गरी उचित निर्णयमा पुग्न सकियो भने त्यसको नतिजा पनि देखिन्छ ।
मध्यपहाडी राजमार्ग : तीन चौथाइ काम सम्पन्न
राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण तीव्र गतिमा अगाडि बढिरहेको छ । मुलुकलाई पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्गपछिको यो तेस्रो राजमार्ग हो ।
जनताका लागि पिएसबी : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना, प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण (पिएसबी) सत्ताको गुणगान गाउन नभई जनताका लागि निर्माण भएको बताउनुभएको छ।
द्रुतमार्गको समस्या समाधानमा प्रधानमन्त्रीको चासो
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या तथा समाधानका उपायबारे आज जानकारी लिनुभएको छ।
चिया निर्यातमा देखिएको समस्या समाधानको पहल हुन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवर्द्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाउनुभएको छ।
सङ्घीय संसदमा कुन कुन विधेयक दर्ता भए ?
सङ्घीय संसद् सचिवालयमा प्रतिनिधिसभामा सात र राष्ट्रिय सभामा तीन विधेयक दर्ता भएका छन् ।
लगानी प्रतिबद्धता उच्च, भित्रिने रकम न्यून
नेपालमा लगानी गर्ने भनेर वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आए पनि सो अनुपातमा रकम भित्रिन नसकेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा झन्डै २६ अर्ब लगानी प्रतिबद्धता आए पनि साढे छ अर्ब रुपियाँ मात्र भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । प्रतिबद्धता अनुसार भित्रिएको रकम न्यून रहेको छ ।
अवधि बढाउन सांसदको असहमति
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले विधेयकको प्रस्तावित व्यवस्थालाई संशोधन गरेर वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न १५ वर्षको अनुभव भए पुग्ने व्यवस्था गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ ।
देशभर एचपिभी विरुद्धको खोप (फोटो फिचर)
मङ्गलबारबाट देशभर पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस एचपिभीविरुद्धको खोप अभियान सुरु भएको छ। खोप अभियानमा कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका बालिकालाई खोप दिइएको हो।
राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भएको शिष्टाचार भेटमा उहाँहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
नेपाल टेलिकमको कार्य क्षमतामा सुधार आवश्यक छः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमको कार्य क्षमतामा सुधार आवश्यक भएको बताउनुभएको छ । सोमबार नेपाल टेलिकमको २१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।
निरोगी नेपाल बनाउन व्यापक प्रयास गर्नेछौँ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरोगी नेपालका लागि व्यापक प्रयासहरू गरिरहेको बताउनुभएको छ । मङ्गलबारबाट देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोपको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो ।