जिल्ला समन्वय समितिको निर्वाचनमा समेत गठबन्धन
सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले सहमतिमा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ ।
बलात्कारविरुद्ध मुद्दामा हदम्याद नलाग्ने गरी कानुन ल्याइनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारविरुद्धको उजुरीमा हदम्याद नलाग्ने गरी कानुन संशोधनको विधेयक संसद्मा चाँडै प्रस्तुत गरिने बताउनुभएको छ ।
विमानमा सवार २२ जनाकै निधन : १० जनाको शव काठमाडौंं ल्याइँदै
आइतबार पोखराबाट जोमसोम विमान स्थलका लागि उडेको तारा एयरको जहाज दुर्घटनामा परी निधन भएकामध्ये २१ जनाको शव प्राप्त भएको छ । एकजनाको शवको खोजी जारी रहेको छ । सो विमानमा सवार सबै २२ जनाको निधन भएको पाइएको छ ।
स्वदेशी उत्पादन र उद्योगलाई प्राथमिकता : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेटमा स्वदेशी उत्पादन र उद्योगलाई प्राथमिकता दिइएको बताउनुभएको छ । अर्थ मन्त्रालयद्वारा सोमबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभयो ।
काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठक (लाइभ)
दोस्रो स्थानीय तह निर्वाचनबाट निर्वाचित काठमाडौं महानगरपालिकाका पदाधिकारीहरुको पहिलो बैठक सुरु भएको छ ।
सत्ता साझेदार पाँचदलीय गठबन्धनको बैठक जारी
सत्ता साझेदार पाँचदलीय गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्नबाट बैठक सुरु भएको जानकारी राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले दिनुभयो ।
विमान दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु, लोटा गाउँ शोकमग्न
विमान दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु भएको छ । सो घटनाले धनुषाको लोटागाउँ शोकमग्न बनेको छ । आइतबार जोमसोम विमानस्थलका लागि पोखराबाट उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त भएको थियो ।
२० जनाको शव प्राप्त, पोस्टमार्टमका लागि काठमाडौं ल्याउने तयारी
मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएको तारा एयरको जहाज दुर्घटनास्थलमा अहिलेसम्म २० जनाको शव भेटिएको छ । दुई जनाको शव विमानको भग्नावशेषबाट निकाल्ने प्रयास भइरहेको जानकारी प्राप्त भएको छ ।
बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन सङ्कल्प प्रस्ताव
प्रतिनिधिसभाका सदस्यहरुले बलात्कारसम्बन्धी मुद्दामा उजुरी गर्ने हदम्याद हटाउन संङ्ल्प प्रस्ताव मार्फत माग गर्नुभएको छ । २०७५ भदौदेखि मुलुकी अपराध संहितामा बलात्कार सम्बन्धी मुद्दामा उजुरी गर्ने हदम्याद एक वर्ष तोकिएको छ ।
अन्तःशुल्क, भन्सार, आयकर र मूल्य अभिवृद्धि करसम्बन्धी नियमावली संशोधन
सरकारले अन्तशुल्क, भन्सार, आयकर र मूल्य अभिवृद्धि करसम्बन्धी नियमावलीमा संशोधन गरेको छ ।
तारा एयरको जहाज दुर्घटना : तेह्रजनाको शव भेटियो
हेलिकोप्टरमार्फत पुगेका सेना, प्रहरी र शेर्पा तथा पैदलमार्गबाट गएका स्थानीयको टोलीले भेटिएका शव सङ्कलन र हराइरहेकाको खोजी जारी राखेका छन् । पैदलमार्गबाट गएका करिब १०० जना सुरक्षाकर्मीको टोली घटनास्थल नजिकै पुगेका छन् ।
काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिद्वारा शपथग्रहण
काठमाडौं महानगरपालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । महानगरका एक सय ६० जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
विमान दुर्घटना स्थलमा हेलिकोप्टर अवतरण, शव सङ्कलन सुरु
तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका यात्रुको शव सङ्कलन सुरु गरिएको छ । जहाज भीरमा ठोक्किएर दुर्घटना भएपछि विमानमा सवार यात्रु र चालकदलका सदस्यसहित २२ जनाको सव छरपष्ट अवस्थामा रहेको र सङ्कलन कार्य सुरु भएको यार्चागुन्बु सङ्कलन गर्न पुगेका बाग्लुङका विसाल मगरले घटनास्थलबाट जानकारी दिनुभयो ।
कक्षा १२ को परीक्षा सुरु[फोटो फिचर]
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्णरुपमा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो ।
तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो
पोखराबाट मुस्ताङका लागि आइतबार विहान उडेर सम्पर्कविहिन भएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
जटिल रोगका बिरामीलाई मासिक पाँच हजार
सरकारले जटिल प्रकृतिका बिरामीका लागि मासिक पाँच हजार भत्ता उपलब्ध गराउने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ५० करोड रुपियाँ बजेट छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा मिर्गौला प्रत्यारोपण तथा डायलासिस गराएका व्यक्ति, निको भएका क्यान्सरका बिरामी र मेरुदण्डको पक्षघात भएका बिरामीका लागि मासिक भत्ताको व्यवस्था गरिएको बताउनुभयो ।
बजेट सकारात्मक र रूपान्तरणकारी
नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्का दुवै संसद्मा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे सकारात्मक प्रतिक्रिया व्यक्त गरिएको छ । अर्थमन्त्री शर्माको बजेट मन्तव्यपछि गोरखापत्रसँग
१७ खर्ब, ९३ अर्ब, ८३ करोडको बजेट (पूर्णपाठ)
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा उक्त आकारको बजेट प्रस्तुत गर्नुभएको हो ।
तारा एयरको विमान दुर्घटना : उद्धारका लागि छ शेर्पा खटिए
पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज भेटिएको भनिएको स्थानमा पुग्न शेर्पा टोलीलाई पठाइएको छ । उनीहरु हिमाली क्षेत्रका आरोही हुन् । पोखरा विमानस्थलबाट कैलास एयर र डाइनेस्टिकको हेलिकोप्टरले आइतबार साँझ दुर्घटना स्थलको पहिचान गरेका थिए ।
सरकारी प्रशासनिक खर्च १५ प्रतिशतले घटाइने
सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट ल्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा यो आकारको बजेट प्रस्तुत गर्नुभएको हो। कुल आकार १७ खर्ब, ९३ अर्ब, ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो।
कर्मचारीको तलब १५ प्रतिशत बढ्यो, महँगी भत्तालाई निरन्तरता
नेपाल सरकारले आगामी साउन १ गतेबाट लागू हुने गरी निजामती कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषण गर्नुभएको हो ।
अनलाइन मिडियाले लोककल्याणकारी विज्ञापन पाउने
अर्थमन्त्री जनार्दन शर्माले सरकारले एक घर एक परिवारको अवधारणालाई अगाडि बढाएको बताउनुभएको छ । एक लाख रोजगारी सिर्जना हुनेगरी स्थानीय तहमा रोजगारी सिर्जना गरिने उल्लेख गर्नुभये ।
चालु वर्ष १० लाख पर्यटक भित्र्याइने
पर्यटकीय गन्तव्यको यात्रा सहज बनाउन सडक निर्माण गर्नेगरी बजेट विनियोजन, ग्रेट हिमालयन ट्रेड निर्माणका लागि ३३ करोड र स्थानीय तहको २१६ स्थानमा सञ्चालित पर्यटक पूर्वाधार कार्यक्रमका लागि ९० करोड रुपियाँ विनियोजन गरिएको छ ।
उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा भाडामा दिइने
कपास खेती उत्पादन गर्न बजेटको व्यवस्थापन गरिएको छ, एक सय पाँच औद्योगिक ग्राम निर्माण गरिने, सुदूरपश्चिमको अत्तरियामा र कर्णलीको सुर्खेतमा जटिबुटी प्रशोधन केन्द्र स्थापन गर्ने गरिने छ ।