यस्तो छ स्थानीय जनप्रतिनिधिले पाउने सुविधा
अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हाल्नुभएको छ । कार्यभार सम्हालेसँगै कतिपयले आफूले पाउने तलब सुविधा नलिने घोषणा गर्नुभएको छ । कतिपयले चाहिँ प्राप्त सुविधा जनसेवामा नै लगाउनुहुने भएको छ ।
दाबी महानगर प्रमुखको, मत चाहिँ शून्य
वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुख पदमा आँक्ने केही उम्मेदवार भने आफैँ भोट हाल्न गएनन् । प्रमुखका १६१ उम्मेदवारमध्ये सात जनाले आफैँलाई भोट नहालेको पाइएको छ । उनीहरूको मत शून्य छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ को विराटनगर, मधेश प्रदेशको वीरगञ्ज, बागमतीको काठमाडौँ, ललितपुर र भरतपुर तथा गण्डकीको पोखरा महानगरपालिका गरी छ महानगरमा १६१ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।
काठमाडौं प्रमुखमा वालेन्द्र र उपप्रमुखमा सुनिता विजयी
काठमाडौं महानगर प्रमुखमा वालेन्द्र साह ६१ हजार ७६७ मत र उपप्रमुखमा सुनिता डंगोल ६८ हजार ६१२ मतसहित विजयी हुनुभएको छ।
वालेन र सुनिताको काठमाडौं महानगर यात्रा
काठमाडौं महानगरपालिकाको प्रमुख बन्नुभएका ३२ वर्षीय वालेनको चर्चाले प्रमुख राजनीतिक दललाई चिन्ता बढेको छ । वालेन अहिले युगौंदेखि चर्चा कमाएका राजनीतिक दलहरूका लागि चुनौती बन्नुभएको छ ।
नीति तथा कार्यक्रममाथि दुवै सदनमा ९१ बुँदामा संशोधन प्रस्ताव
राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही जेठ १० गते प्रतिनिधिसभाको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि बिहीबारदेखि दुवै सदनमा छलफल प्रारम्भ भएको छ । छलफल दुई दिनसम्म जारी रहने छ ।
काठमाडौं महानगरपालिका प्रमुखमा बालेन्द्र र उपप्रमुखमा सुनीताकाे विजय सुनिश्चित
काठमाडौं महानगरपालिकाकाे भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा जारी मतगणना अन्तिम चरणमा छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाकाअनुसार एक लाख ९१ हजार १८६ कुल मतमध्ये अहिलेसम्म एक लाख ८३ हजार ६७९ भन्दा बढी मतगणना भइसकेकाे छ । अब करिब सात हजार ५०७ मतगणना हुन मात्रै बाँकी छ ।
धान लगाउने समयमा मलको अभाव
गत वर्षजस्तै यस पटक पनि किसानले धान लगाउने समयमा रासायनिक मलको अभाव झेल्नुपर्ने देखिएको छ । सरकारले छिमेकी देश भारतका साथै विश्वव्यापी टेण्डरबाट समेत मल खरिद गर्ने कार्यलाई अगाडि बढाइरहे पनि मल आयातको विषयमा अझै टुङ्गो नलाग्दा मलको अभाव सृजना हुने देखिएको छ ।
हुम्लाको ४४ वटा वडामा एक जना महिला अध्यक्ष
जिल्लाका सात वटा गाउँपालिकाका ४४ वटा वडा मध्ये एक जनाले मात्र वडा अध्यक्षमा मात्र महिला निर्वाचित भएका छन् । दुई वटा वडामा उम्मेदवार दर्ता भएपनि एक जनामात्र निर्वाचित हुनुभएको हो ।
४० वटा विद्युतीय बसबाट साझाले सेवा विस्तार गर्दै, सडकको अवस्था परीक्षण सुरु
साझा यातायातले काठमाडौं उपत्यकामा विद्युतीय वस सञ्चालनका लागि सडकको अवस्था परीक्षण गरेको छ । व्यवसायिक रुपमा बस सञ्चालनका लागि एक साता अघि तीनवटा बस खरिद गरी रात्रीकालिन अवस्थामा सडकको अवस्था परीक्षण सुरु गरेको जनाएको हो ।
छाउगोठमा शरीर जल्यो, स्वर जलेको छैन
गायिका धना परियारको जीवनसँग ठ्याक्कै मेल खाने यो गीत उहाँकै मार्मिक आवाजमा गुन्जिएको छ। गीतमार्फत् उहाँले आफूले भोग्नुभएका पीडा पोख्नुभएको छ।
आठ पालिकाको मतपरिणाम सार्वजनिक हुन बाँकी
७५३ स्थानीय तहमध्ये आठ पालिका बाहेक सबै पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । जसअन्तर्गत नेपाली कांग्रेसले ३२५ पालिका जितेको छ भने नेकपा एमालेले २०३ पालिका जितेको छ । यसैगरी, नेकपा माओवादी केन्द्रले १२१ पालिका जित्दा नेकपा एकीकृत समाजवादीले १२, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ६३ पालिका जितेका छन् ।
कर्म क्षेत्रमा निजामती सेवा
नेपालको निजामती सेवाले सरकार र जनतालाई रिझाउन नसकेको कुरा घामजतिकै छर्लङ्ग छ । मुलुकको विकास र समृद्धि प्राप्त गर्ने महìवपूर्ण औजार कर्मचारीतन्त्र नै हो तर यसले सुरुदेखि नै आफ्नो दर्बिलो भूमिका, जिम्मेवारी र कर्तव्य कुशलतापूर्वक निर्वाह गर्न सकेको छैन
संसद् भवनमा राष्ट्रपतिको दुई घण्टा (फोटो फिचर)
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। नीति कार्यक्रम प्रस्तुत गर्नका लागि संसद्को संयुक्त बैठक अपराह्न ४ बजेका लागि बोलाइएको थियो।
७१५ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिने
सङ्घीय संसद्को संयुक्त बैठकलाई मङ्गलबार सम्बोधन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षमा देशभरका आठ सय किलोमिटर सडक निर्माण र २५७ किलोमिटर सडक स्तरोन्नति गरिने बताउनुभएको छ ।
सामुदायिक स्वास्थ्य संस्था र माध्यमिक विद्यालयमा इन्टरनेटमा ५० प्रतिशत छुट
राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरमा रहेका सामुदायिक स्वास्थ्य संस्था र माध्यमिक तहका सामुदायिक विद्यालयलाई इन्टरनेटमा ५० प्रतिशत छुट गरिने बताउनुभएको छ ।
‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियान सञ्चालन गरिने
राष्ट्रपति विद्यादेवी भण्डारीले विपन्न घर परिवारको पहिचान गरी राष्ट्रिय परिचय पत्र प्रदान गरिने बताउनु भएको छ । उहाँले आगामी वर्ष ९० किलोमिटर तटबन्धन निर्माण गरिने बताउनुभयो । सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नु हुँदै राष्ट्रपति ‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियान सञ्चालन गरिने छ भन्नुभयो ।
९६ प्रतिशतलाई पहिलो चरणको खोप : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ ।
पोखरा महानगरको मतगणना रोकियो
पोखरा महानगरको मतगणना रोकिएको छ। एमालेतर्फका प्रतिनिधि मतगणना छोडेर हिँडेपछि पोखरा महानगरको मतगणना स्थगित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
१५ पालिकाकाे परिणाम बाँकी रहँदा काँग्रेस ३२२, एमाले २०२ र माओवादी केन्द्र १२० मा विजयी
स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ७३८ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले ३२२ पालिका जितेको छ भने नेकपा एमालेले २०२ पालिका जितेको छ।
प्रधानमन्त्री देउवाद्वारा अस्ट्रेलियाका प्रधानमन्त्रीलाई बधाइ
प्रधानमन्त्री शेरबहादुर देउवाले अस्ट्रेलियाको प्रधानमन्त्री पदमा एन्थोनी अल्बानी नियुक्त हुनु भएकोमा हार्दिक बधाइ ज्ञापन गर्नुभएको छ ।
वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार निर्वाचित
वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी विजयी बन्नुभएको हो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बिजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गर्नुभयो ।
भरतपुरमा दाहाल भारी मतान्तरले विजयी
भरतपुर महानगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहाल विजयी हुनु भएको छ । उहाँले नेकपा एमालेका बिजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पछि पार्दै प्रमुख पद जित्नु भएको हो ।
त्रियुगा नगरपालिकाको मत गणना सुरु हुँदै
वैशाख ३० गते सम्पन्न भएको उदयपुरको त्रियुगा नगरपालिकाको मत गणना आजबाट सुरु हुने भएको छ । त्रियुगा नगरपालिका वडा नं १२ को जनप्रेमि आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा वर्षादका कारण कर्मचारीहरुबाट मतदान कार्य सम्पन्न गराउन ढिलाई हुँदा सामान्य विवाद भएपछि मतगणना कार्य रोकिदै आएको थियो ।
समाधान तत्कालीन, असर दीर्घकालीन
अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेर नेपालमा पनि त्यसको चाप परेपछि सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउने र उपभोग कम गर्ने दोहोरो दबाबमा परेको छ । नेपाल आयल निगमले एक सातामा नै दुई पटक मूल्य वृद्धि गरी प्रतिलिटर पेट्रोल १८०, डिजेल र मट्टितेल १६३, हवाई इन्धन १६६ (आन्तरिक) र ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपियाँ पु-याएपछि यस्तो दबाब बढेको हो । आमउपभोक्तामा मूल्य वृद्धिले पारेको असर कम गर्न पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर घटाउने वा स्वचालित मूल्यमा नै दर नि