सुदूरपश्चिमको सञ्चारमा लैङ्गिक अवस्था
जुन कुरा लुकाउन खोज्छन्, त्यो समाचार हो, जुन कुरा सार्वजनिक गर्न खोज्छन् त्यो केवल विज्ञापन हो । समाचारको यो परिभाषाले नै पत्रकारिता पेसाको महत्त्व र चुनौतीलाई दर्शाउँछ । अन्य पेसाभन्दा पत्रकारिता पेसा जोखिम र चुनौतीपूर्ण पेसाका रूपमा लिइन्छ । नेपाली पत्रकारिताले आफ्नो धार बनाउँदै जाँदा यस चुनौतीपूर्ण पेसामा पत्रकार महिलाको आकर्षण पनि दिनानुदिन बढ्दै गएको छ । पत्रकारिता क्षेत्रमा महिलाको सहभागिता बढ्दै जानुलाई नेपाली समाज रूपान्तरण हुँदै गएको अर्थमा पनि लिन सकिन्छ ।
आम निर्वाचनको आन्तरिक तयारीमा
निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको आन्तरिक कसरतमा जुटेको जनाएको छ । संवैधानिक व्यवस्था बमोजिम आगामी मङ्सिर २२ गते अगावै प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन भइसक्नुपर्नेछ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले एकै चरणमा चुनाव गर्नुपर्ने भए कात्तिक अन्तिममा सक्ने र दुई चरणमा गर्ने भए मङ्सिर १० गतेभित्र सक्नुपर्ने गरी आयोग आन्तरिक तयारीमा जुटेको जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति निर्वाचन प्रभावित गर्नेगरी प्रशिक्षण नदिन आग्रह
निर्वाचन आयोगले गाउँ कार्यपालिका र नगर कार्यपालिका निर्वाचन सम्पन्न नभएसम्म जनप्रतिनिधिहरुलाई पार्टीको तर्फबाट कुनै प्रशिक्षण कार्यक्रम नगर्न नगराउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले शुक्रबार आयोगको तर्फबाट विज्ञप्ती जारी गर्नुहुँदै सो आग्रह गर्नुभएको हो ।
बालबालिकालाई असार ९ गतेदेखि कोरोनाविरुद्धको खोप
सरकारले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई असार ९ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।
यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक सदनमा पेश
प्रतिनिधिसभा बैठकमा यौन हिंसा विरुद्ध र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक पेश गरिएको छ ।
शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायन रोक्नुपर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले देशभित्र रहेको बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
रेलमा आगो लागेको समाचार गलतः इन्जिनियर साह
जयनगर–कुर्था सञ्चालन हुँदैआएको रेलमा बिहीबार आगलागिको समाचार समाजिक सञ्जालमा भाइरल भइरहँदा सो सूचना पूर्णतः गलत भएको रेल्वे विभागका ईन्जिनियर रविन्द्र साहले जानकारी दिनुभयो ।
सार्वजनिक सवारी साधनको भाडा घट्यो (सूचीसहित)
यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । इन्धनको मूल्य घटेसँगै विभागले स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको हो ।
प्रक्रिया पूरा नहुँदा तातोपानी भन्सारमा थन्कियो ५० टन मल
६० दिनसम्म भन्सार प्रक्रिया गर्न कोही नआएमा भन्सार नियमनुसार उक्त मल जफत हुने प्रावधान छ ।
डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा : मन्त्री कार्की
नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
वर्षा अगावै सडकको दुर्दशा
बाजुराको साँफे मार्तडी लोगकमार्ग बर्खा नलाग्दै हिलाम्मे बनेको छ । वैशाख, जेठ महिनामा परेको थोरै पानीका कारण सो सडकमा तलमाथिबाट पहिरो बग्नथालेपछि हिलाम्मे बनेको हो ।
बिजुली भारतमा निर्यात
पर्याप्त विद्युत् उत्पादन हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले बिहीबारदेखि भारतमा विद्युत् निर्यात गर्न सुरु गरेको छ । प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आईआईएक्स)मा ३९ मेगावाट विद्युत् बिक्री सुरु गरेको हो ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाको ३९ मेगावाट बिजुली २४सै घण्टा भारततर्फ निर्यात सुरु भएको छ ।
त्रिविमा ताला लगाउने र फोड्नेबीच होडबाजी
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा ताला लगाउने र फोड्नेबीच होडबाजी चलेको छ । एउटा पक्षले ताला लगाउने र अर्कोले फुटाउने क्रम चल्दा दुई पक्षबीच झडप हुन सक्ने भन्दै कर्मचारी चिन्तित बनेका छन् । विश्वविद्यालयका उपकु
गठबन्धन भत्काउने एमाले अभियान
राजनीतिमा जबजब परिस्थिति फेरिन्छ, नेताहरूका रणनीति पनि बदलिने गर्छन् । स्थानीय तह निर्वाचन परिणामले राजनीतिक दलको हैसियत र परिस्थितिमा बदलाव आएको प्रतीत हुन्छ । हिजो सहज अवस्थामा रहेका दल आज पीडादायी अवस्था भोग्दैछन् भने दुःखी भएकाहरू बौरिने अवस्था निर्माण भएको छ ।
मौसमको जानकारी नहुँदा उडान प्रभावित
नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय लागू गरेसँगै आन्तरिकतर्फको उडान प्रभावित हुन थालेको छ । मौसम खराबीले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परेको प्राधिकरणको प्रारम्भिक निष्कर्षपछि विमान उड्ने र पुग्ने स्थानबीच (इनरुट)को उडान मार्गको मौसमसम्बन्धी जानकारी समयमै उपलब्ध नहुँदा त्यस्ता ठाउँको उडान प्रभावित हुन थालेको हो । भनेकै समयमा मौसमसम्बन्धी जानका
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपियाँ घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० घटाएको हो ।
मधेश प्रदेश सभाको नवौं अधिवेशन शुरु, आइतबार नीति कार्यक्रम आउने
मधेश प्रदेशको प्रदेशसभाको नवौं अधिबेशन बिहीबार (आज) बाट शुरु भएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाको नवौं अधिबेशन प्रारम्भ गर्न पठाएको पत्र पढेर सभामुख सरोजकुमार यादवले नवौं अधिबेशन प्रारम्भ भएको घोषणा गर्नुभयो ।
सङ्घीयता कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत
सांसद खिमलाल देवकोटा प्रस्तावक र सांसद जीतेन्द्रनारायण देव, गोपीबहादुर अछामी, नन्दा चपाई, प्रमिला कुमारी र देवेन्द्र दाहाल समर्थक रहेको प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिबाट स्वीकृत भएको हो ।
विपद्को भयले त्रसित मनहरू
दिनभरिजसो चहकिलो घाम लागेको त्यस साँझदेखि पर्न थालेको अविरल वर्षासँगै मेलम्चीनदीमा उर्लिएको भेलले हेलम्बु र मेलम्चीवासीका धेरै सपना उडाएको थियो ।
काेराेनाकाे सङ्क्रमणदर कम : जोखिम कायमै
सन् २०१९ को अन्तिमबाट चीनको उहानबाट सुरु भएको कोरोना भाइसरको सङ्क्रमणदर विश्वबाटै विस्तारै कम हुँदै गएको तथ्यांकले देखाएको छ । र, नेपालमा पनि कोरोना पृष्टि हुनेको संख्यामा कमी आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
पूर्वराजा वीरेन्द्रकाे सालिक राख्दा तनाव, प्रहरीद्वारा चार राउण्ड हवाई फायर
अनुमति र सहमति विना नेपालगञ्जको धम्बोझी चोकमा बिहीहबार विहानै स्वर्गीय राजा वीरेन्द्रको शालिक स्थापना गर्ने विषयमा प्रहरी र शालिक राख्नेबीच झडप भएको छ । राजा समर्थित नेपालगञ्जका युवाले एकाविहानै चोकमा शालिक स्थापना गरेपछि प्रहरीले हटाउन खोज्दा प्रहरीमाथि चारैतिरबाट ढुंगा प्रहार गरिएको थियो ।
योजना अलपत्र बनाउने आठ कम्पनी कालोसूचीमा
ठेक्का सम्झौता गरी समयमै काम पुरा नगरी अलपत्र बनाउने आठ वटा कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सूचना जारी गर्दै यी कम्पनीहरुलाई सात दिने स्पष्टीकरणको समय दिएर कालोसूचिमा राख्ने तयारी थालेको हो ।
स्थानीय नेतृत्वको जिम्मेवारी
गणतन्त्र संस्थागत भएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । केही छिटफुट घटनाबाहेक सौहार्दपूर्ण रूपमा निर्वाचन समापन हुनु सुखद पक्ष हो । ७५३ तहमा एकै चरण भएको निर्वाचनको अन्तिम नतिजासमेत सार्वजनिक भएका छन् । निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो पदवहाली गरी कार्य थालनी भइसकेको छ । निर्वाचन स्थानीय भए पनि यसको महìव र सन्देशचाहिँ राष्ट्रिय राजनीतिमा निकै अनुपम अनि औलिकक थिए । यसपछिका जिम्मेवारी भने अझै उच्च र स्वतः बढी ओझपूर्ण छन् ।
आन्तरिक उडान अनुमतिमा कडाइ
मौसम सफा नभई आन्तरिक उडानलाई अनुमति नदिने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय काडाइसाथ लागू भएको छ । प्रविधिको प्रयोग नगरी आँखाले हेर्दै उडान गर्नुपर्ने क्षेत्रहरू भरतपुर, लुक्ला, सुर्खेत र पोखराको उडानमा यो व्यवस्था कडाइसाथ पालना गराइएको हो ।