सर्पले किन टोक्छ ? सर्पले टोक्नासाथ मृत्यु हुन्छ ?
नेपालमा गर्मी महिना सुरु भएदेखि सर्पदंशका बिरामी बढ्न थालेका छन् । यो आर्थिक वर्षमा यथार्थ तथ्यांक नभए पनि टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरूवा रोग अस्पतालमा गर्मी महिना सुरु भएदेखि दैनिक जस्तो सर्पले टोकेका बिरामी अस्पतालमा आउने गरेको अस्पतालका सूचना अधिकृत नवराज गौतम जानकारी दिनुहुन्छ ।
‘स्थानीय तह निर्वाचनमा कांग्रेस ठूलो दलको रुपमा स्थापित’ (प्रतिवेदनसहित)
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनले कांग्रेसलाई सबैभन्दा ठूलो दलको रुपमा स्थापित गरेको जनाएको छ ।
नेपाल र अमेरिकाबीच हुन लागेको सैन्य भ्रमणबारे सदनलाई जानकारी गराउन माग
नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले नेपाल र अमेरिकाबीच हुन लागेको सैन्य भ्रमणको उद्देश्य र एजेण्डाबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताउनुभएको छ ।
विपद्जन्य घटना र क्षति न्यूनीकरण तथा राहतको व्यवस्थापन गर्न ध्यानाकर्षण
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले मनसुन सुरु भइसकेकाले विपद्जन्य घटना तथा त्यसबाट उत्पन्न हुने असर न्यूनीकरणमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
नगरप्रमुखको कार्यकक्षमा प्रधानमन्त्री देउवाभन्दा माथि ओलीको तस्बिर
तनहुँको एक पालिकाका प्रमुखले आफ्नो कार्यकक्षमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राखेको पाइएको छ । एक राजनितीक पार्टीका अध्यक्षको तस्विर राखेको भन्दै सेवाग्राहीले विरोध जनाएका छन् ।
दाउरा खोज्न ह्विलचेयरसँगै जङ्गल पस्छन टीकाराम
अपाङ्गता भएपनि मोरङको कानेपोखरी –५ का ५१ वर्षीय टीकाराम तामाङ औषत मानिसहरू जस्तै सबै काम गर्नुहुन्छ । घरायसी सबै काममा पत्नीलाई सहयोग गर्ने टीका ह्विलचेयर लिएर दाउरा लिन जङ्गल पनि एक्लै जानुहुन्छ ।
अछामका विनोद मृत्यु प्रकरणः १३ जना विरुद्ध किटानी जाहेरी
हराएको पाँच दिनपछि मृत भेटिएका पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको हत्यामा संलग्न भएको आरोपमा १३ जना विरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ ।
मुग्लिन–नारायणगढ सडक अवरुद्ध
चितवनको मुग्लिन नारायणगढ सडकखण्डको दुइ स्थानमा पहिरो खसेपछि बुधबार राति ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ ।
दैनिक साढे सात करोडको बिजुली निर्यात
नेपालले दैनिक करिब साढे सात करोड रुपियाँको विद्युत् भारत निर्यात गर्न सुरु गरेको छ । बुधबार रातिदेखि नेपाल विद्युत् प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आईआईएक्स)मा नेपालका पाँच आयोजनाको कुल ३१२ मेगावाट विद्युत् निर्यात सुरु गरेको हो ।
चर्चा धेरै रासायनिक मल कारखानाको, प्रगति भने कम
नेपालमा रासायजिक मल कारखाना स्थापनाको चर्चा चलेको पाँच वर्ष बितेको छ । तर, मल कारखानाको स्थापनाको सन्दर्भमा प्रगति भने शून्य छ । नेपालमा बाली लगाउने समयमा मलको अभाव झेलिरहेका किसानका लागि राहत होस् भनेर सरकारले रासायनिक मल कारखानाको स्थापनाको सपना देखे पनि प्रगति भने शून्य छ ।
नेपाल डिजिटल रुपान्तरणको संघारमा छ : सञ्चारमन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल डिजिटल रुपान्तरणको संघारमा रहेको बताउनुभएको छ।
समस्याको चक्रब्यूहबाट बाहिर निस्केर अघि बढ्दै राहुघाट
निर्माण व्यवसायीको लापरवाही, अनेकन हण्डर ठक्कर व्यहोरेको म्याग्दीमा आयोजनास्थल रहेको एक जलविद्युत् आयोजनाले अहिले भने उल्लेख्य मात्रामा गति लिएको छ ।
सुत्केरी बिदा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
सरकारले सरकारी, निजी तथा गैरसरकारी सङ्घ/संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी बिदा उपलब्ध गराउन निर्देशन दिएको छ ।
काठमाडौंको फोहाेर व्यवस्थापनका लागि प्रधानमन्त्रीले विशेष पहल लिनुपर्छ : सांसद थापा
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले काठमाडौं महानगरपालिकाको फोहाेरमुक्त काठमाडौं बनाउने अभियानलाई सक्रिय रुपमा साथ दिन सम्पूर्ण नगरवासीलाई आग्रह गर्नुभएको छ ।
अछाम घटनाको दोषीमाथि कारबाही अघि बढाउन सरकारलाई सभामुखको निर्देशन
सभामुख अग्नि सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिनुभएको छ ।
पालना भएन कानुनी व्यवस्था
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आइतबार बसेको विस्तारित बैठकले पार्टीका प्रत्येक सदस्यबाट कम्तीमा एक सय रुपियाँका दरले रकम उठाउने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा बसेको बैठकको निर्णयअनुसार आठ लाख पार्टी सदस्य रहेको माओवादीका हरेक कार्यकर्ताले २०७९ जेठदेखि नै प्रतिमहिना कम्तीमा एक सय रुपियाँ दिनुपर्ने हुन्छ ।
रित्तै छन् गोदाम
मकै, चैतै धानका लागि रासायनिक मल नपाएका किसान असारे धान खेतीका लागि मलको पर्खाइमा छन् तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग किसानलाई वितरण गरिने रासायनिक मलको मौज्दात शून्य छ । कृषि मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडका सबै गोदाम खाली छन् भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग पनि मलको मौज्दात छैन ।
साझेदारीबाट विकासमा फड्को
विकास र समृद्धिका लागि राज्यहरू नागरिकबाट तीव्र दबाबमा छन् । परिवर्तनको गतिशीलतासँगै सर्वसाधारणहरू नयाँ स्वाद र सन्तुष्टिमा सेवा र विकास चाहिरहेका छन् । उदार लोकतन्त्रको कारण पनि सर्वसाधारणका अपेक्षाहरू विस्तार भएका छन् । राज्य मात्र विकास र सेवाको प्रदाता होइन, निजी तथा सामुदायिक क्षेत्र पनि प्रशस्त सम्भावना बोकेका छन् भन्ने मान्यतासाथ विकासमा साझेदारीको अभ्यास हुन थालेको हो ।
उठ्न थाल्यो उपत्यकाको फोहोर
काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोरको व्यवस्थापन सुरु गरिएको छ । सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रका जनप्रतिनिधिबीच सोमबार भएको त्रिपक्षीय सहमतिसँगै फोहोरको सङ्कलन र व्यवस्थापन सुरु भएको हो । बन्चरेडाँडा ल्यान्डफिल साइट इन्चार्ज सरकार बी श्रेष्ठले मङ्गलबार काठमाडौँबाट १५७ ट्रक फोहोर साइटमा झारिएको जानकारी दिनुभयो ।
स्रोत नखुलेको करिब चार कराेड रूपियाँसहित पाँचजना पक्राउ
चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद तीन करोड ८९ लाख १३ हजार रूपैयाँसहित नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र चार जना चिनियाँ नागरिकसहित पाँचजनालाई मंगलबार विहान प्रहरीले पक्राउ गरेको छ ।
तेजाव र अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक संसदमा पेश गर्ने
सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सङ्घीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
पशुपतिको अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याउँछौँ : मन्त्री आले
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याइने बताउनुभएको छ ।
नागरिकले गर्ने अवरोध र भीडमा गोली चलाउने आदेश छैन: गृहमन्त्री
गृहमन्त्री बालकृष्ण खाणले नागरिकले गर्ने अवरोध तथा भीडमा गोली चलाउने आदेश नदिएको बताउनुभएको छ ।
१५ करोड लागतमा निर्मित नेपालकै पहिलो औद्योगिक ग्राम प्रयोगविहीन
स्थानीय कच्चापदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास र प्रवर्धनको लागि धनकुटा नगरपालिका वडा नम्बर ६ मा स्थापना भएको औद्योगिक ग्राम प्रयोग विहीन भएको छ । करोडौ रुपियाँ लगानीमा संरचना निर्माण गरिएपनि सञ्चालनमा आउन सकेको छ ।