एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध
नेपाल र चीनबीच द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउँदै विविध साझेदारीमा सहकार्य गर्नेे सहमति भएको छ । दुई देशबीच पारस्परिक हितका विविध विषयलाई थप प्रवद्र्धन गर्ने सहमति पनि दुई सरकारबीच भएको छ । चीन भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा. नारायण खड्कासहितको नेपाली प्रतिनिधिमण्डल र चीनका विदेशमन्त्री वाङ यी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच बुधबार भएको द्विपक्षीय भेटवार्तामा त्यस्तो सहमति भएको हो । समकक्षी वाङको निमन्त्रणामा परराष्ट्रमन्त्री डा. खड्का बुधबार चीनको औपचारिक भ्रमणमा त्यहाँ पुग्नुभएको हो । बेइजिङस्थित नेपाली दूतावासका अनुसार वार्तामा नेपाल–चीन सम्बन्ध र सहयोगका समग्र पक्षको समीक्षा गरिएको छ । चीन सरकारका तर्फबाट नेपाललाई यसै वर्ष ८० करोड चिनियाँ आरएमबी बराबरको अनुदान सहयोग उपलब्ध गराउने घोषणा गरिएको छ ।
झन्डै तीस प्रतिशत प्रहरी एकाइमा भान्छाघर, शौचालय र ब्यारेक छैनन्
शान्तिसुरक्षा कायम गर्ने र अपराध अनुसन्धान गरी दोषीलाई कानुनी कठघरासम्म पु-याउने जिम्मेवारी नेपाल प्रहरीलाई छ तर त्यस्तो काम गर्न प्रहरीलाई पूर्वाधार र सुविधा भने ज्यादै न्यून छ । कोखदेखि शोकसम्म नागरिकसँग प्रत्यक्ष जोडिनुपर्ने सरकारको पहिलो प्रतिनिधि संस्था न्यूनतम पूर्वाधारबिना नै २४ घण्टा सुरक्षार्थ खटिन बाध्य छ । नेपाल प्रहरीका देशभर दुई हजार ६६० प्रहरी कार्यालय र ती मातहतका एकाइ छन् । तीमध्ये करिब एक तिहाइमा ब्यारेक, भान्छाघर, शौचालय जस्ता आवश्यक न्यूनतम पूर्वाधारसमेत छैनन् ।
प्राधिकरणको नाफामा छलाङ
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ मा नाफा व्यापक बढाएको छ । बिजुली चुहावट नियन्त्रण र विद्युत् खपत बढ्दा प्राधिकरणको नाफा १६ अर्ब नौ करोड रुपियाँ पुगेको छ । प्राधिकरणले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार यो नाफा गत आवको छ अर्ब १० करोड रुपियाँको तुलनामा १६४ प्रतिशतले बढी हो ।
खोला मिचेर प्लटिङ र घर, बर्सेनि बाढीको बबन्डर
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित मनोहरा फाँटमा अव्यवस्थित रूपमा गरिएको प्लटिङका कारण बर्सेनि बाढीले बबन्डर मच्चाउने गरेको छ। बर्खायाम सुरु भएपछि सामान्य डुबानमा परिरहेको मनोहरा फाँटसहित आसपासका बस्ती मङ्गलबार रातिदेखि भएको भीषण वर्षाका कारण जलमग्न भए।
द्रुतमार्ग चाँडो निर्माण सम्पन्न गर्नुपर्ने आवश्यकता छ : प्रधानमन्त्री देउवा
रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ तराई-मधेस द्रुतमार्ग सडक आयोजना यथाशक्य चाँडो निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ।
१२ वर्षपछि मनोहराको तान्डव : तीन सय घर डुबानमा
स्थानीय बासिन्दा मिनबहादुर श्रेष्ठका अनुसार १२ वर्षमा खोला फर्किन्छ भन्ने भनाइ अहिले मनोहरा खोलामा लागू भएको छ ।
सङ्क्रमितमध्ये ९७.५ प्रतिशत यौनिक तथा अल्पसङ्ख्यक
हालसम्म विश्वका ८० भन्दा बढी देशमा मङ्कीपक्सका २४ हजारभन्दा बढी बिरामी भेटिएका छन् । विश्व स्वाथ्य सङ्गठन (डब्लुएचओ)को तथ्याङ्कअनुसार ९७.५ प्रतिशत सङ्क्रमण यौनिक तथा अल्पसङ्ख्यक समुदायबाट सरेको पाइएको छ । सङ्क्रमित मध्ये ३७.६ प्रतिशतमा एचआइभी पोजिटिभ देखिएको छ । त्यसैगरी, स्वास्थ्यकर्मीमा १३.५ प्रतिशत सङ्क्रमण देखिएकाे छ।
जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा (फोटो फिचर)
काठमाडौंको बालाजु बाइपासस्थित वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिक रहेको चप्पल जुत्ता कारखानामा बुधबार मध्याह्नदेखि आगलागी भएको थियो ।
फरासिला बाजेको निरसिलो कथा : ‘रोगले छोएन, दुःखले छोडेन’
उमेरले ९७ औं वसन्त पार गरे पनि उहाँले जीवनमा कहिल्यै पनि सुख प्राप्त गर्न सक्नुभएन । स्वस्थ शरीर र फरासिलो अनुहार भए पनि मनभित्र पीडा र दुःखको सुनामी चलिरह्यो ।
बाइपासस्थित जुत्ता चप्पल कारखानामा आगलागी (फोटो फिचर)
काठमाडौंको बालाजु बाइपासस्थित जुत्ता कारखानामा आगलागी भएको छ । काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिक रहेको जुत्ता चप्पल कारखानामा आगलागी भएको हो ।
वाह ! महावुमा श्रद्धालुको ओइरो (फोटो फिचर)
महावुधाम धार्मिक तथा पयर्टकीय क्षेत्रको रुपमा प्रख्यता छ । दैलेख जिल्लाको नौमुले गाँउपालिका २ वडा अन्तर्गत पर्ने महावुधाम कालिकोट जिल्लाको महावै गाँउपालिका र दैलेखकै महावु गाँउपालिकासँग जोडिएको छ ।
काठमाडौंको काँडाघारी क्षेत्रमा बाढीको वितण्डा (फोटो फिचर)
काठमाडौंको काँडाघाडी क्षेत्रमा मंगलबार (हिजो) राति परेको भिषण पानीले वितण्डा मच्चाएको छ । मनोहरा खोलामा आएको वाढीले खोला छेउछाउको बस्ती डुवानमा परेको छ ।
ड्रागन खेतीले फल दिन थालेपछि व्यवसायी मक्ख
नौलो तथा मीठो फल ड्रागन खेतीले फल दिन थालेपछि व्यवसायी खुसी भएका छन् । आफूले थालेको सो खेतीबाट राम्रो आम्दानी पनि हुन थालेपछि उहाँहरू खुसी भएका हुन् । २०७७ भदौ ११ मा लगाइएको बिरुवाले फल दिन थालेको पूर्व वन अधिकृत तथा वेस्टर्न मल्टी एग्रिकल्चर एन्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष रमेश चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी व्यवसायमा सफल भएका छौँ, ड्रागनले फल दिन थालेको छ ।” नौलो व्यवसाय भएकाले कस्तो हुन्छ भन्ने चिन्ता लिनुभएका उहाँले फल लागेपछि खुसी भएको बताउनुभयो ।
पश्चिम सेतीमा यसरी बग्दछ सपना
“बैँस गयो उमेर गयो, सेती हेर्दा हेर्दा हामरा बउला दुःख, सुइना फेर्दा–फेर्दा” आदर्श गाउँपालिका–४, तलाराका ७१ वर्षीय जयबहादुर सिंहले सुनाएको डेउडा गीत हो यो । डेउडामा भनेजस्तै सेती नदीले बर्सेनि दिने दुःख सहँदै जीवनका सात दशक पश्चिम सेतीको डुबान क्षेत्रमा उहाँले बिताउनुभएको छ ।
निर्माण हुन्छन्, सञ्चालन हुँदैनन् विमानस्थल
नयाँ विमानस्थल निर्माणका लागि आवश्यकता, औचित्य र दीर्घकालीन रूपमा विमानस्थल सञ्चालनको सुनिश्चितता नहुँदा राज्यको अर्बौं लगानी बालुवामा पानी पोखेजस्तै भएको छ। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार अर्बौं लगानीमा कालोपत्रे भएका तीन, ग्राभेल भएका चार, माटो मिलान भएका १२ समेत गरी १९ विमानस्थल सञ्चालनमा आउन सकेका छैनन्।
कोरिया पठाउने तयारी
रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा, सीपसहितका अन्य प्रक्रियामा सफल भएका उम्मेदवारलाई कात्तिकभित्र दक्षिण कोरिया पठाउने प्रक्रिया थालिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको नाम दक्षिण कोरिया मानव संशाधन विभाग (एचआरडी) को रोस्टरमा पठाउन थालेको हो ।
६८ स्थानीय तहले अझै सार्वजनिक गरेनन् बजेट
सात प्रदेशका ६८ स्थानीय तहले अझै बजेट सार्वजनिक गरेका छैनन् ।आर्थिक वर्ष २०७८/७९ असार १० मा बजेट पारित गरेर पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए पनि ती स्थानीय तहले अझै सार्वजनिक गरेका छैनन् । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिना सकिन लाग्दा पनि बजेट पेस हुन सकेको छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभर ७५३ स्थानीय तहमध्ये ६८५ स्थानीय तहले मात्र हालसम्म बजेट पेस गरेका छन् । ६८ स्थानीय तहले तोकिएको मिति नाघेको एक महिनाभन्दा बढी हुँदासमेत बजेट सार्वजनिक गरेका छैनन् ।
अर्थमन्त्रीलाई नायब सुब्बाको एसएमएस!
‘मन्त्रीज्यू नमस्कार, म एक जना हेपिएको नासु परेँ। नयाँ तलबमानको जुन हल्ला आयो त्यसपछि न कर्मचारीको डे«स लगाउन मन लाग्छ न कार्यालय जान,’ नायब सुब्बा स्तरका कर्मचारीले अर्थमन्त्री जनार्दन शर्मालाई मङ्गलबार पठाएको एसएमएस सन्देशको बेहोरा हो यो। पछिल्लो पटक सार्वजनिक भएको तलबमानमा असन्तुष्टि जनाउँदै विरोध सुरु गरेका नायब सुब्बाले एसएमएस मात्र पठाएनन् दिनभरजसो सिंहदरबारमा विरोध पनि जनाए। सोमबार ‘पेनडाउन’ गरेका कर्मचारीले मङ्गलबार बिदा नै लिएर सिंहदरबारभित्र विरोध कार्यक्रम आयोजना गरेका थिए।
‘अबको दुई हप्तामा कोरोना सङ्क्रमण उत्कर्षमा पुग्ने’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अबको दुई हप्तामा कोरोना सङ्क्रमण उत्कर्षमा पुग्ने अनुमान गरेको छ।
आदिवासी संस्कृति संरक्षण गर्नु राज्यको दायित्त्व हो : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिको भाषा, संस्कृति र लिपिको संरक्षण गर्नु राज्यको दायित्त्व भएको बताउनुभएको छ।
उठ्दैछ कोइलाबास नाका, चल्दैछ भन्सार
यत्रतत्र घर ढलेका छन्, नढेलेका घर पनि जीर्ण अवस्थामा रहेका छन् । झाडीले घर ढाकेको छ, सडकको पिच उप्केको छ । यो चित्रण हो, भारतसँग सीमाना रहेको दाङ देउखुरी उपत्यकाको कोइलाबासको ।
२८ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस (फाेटाे फिचर)
आज मङ्गलबार (साउन २४ गते) २८ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस । आदिवासी जनजातिले विभिन्न कार्यक्रमहरु गरेर यो दिवसलाई बर्सेनि भव्य रुपमा मनाउँदै आएका छन् ।
‘सबै राजनीतिक दललाई समान व्यवहार र हैसियत प्रदान गर्नुहोस्’
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारी स्वामित्वमा सञ्चालित सार्वजनिक सञ्चार माध्यमका प्रमुख तथा प्रतिनिधिहरूसँग सबै राजनीतिक दललाई समान व्यवहार र हैसियत प्रदान गर्न आग्रह गर्नुभएको छ ।
निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न सरकार तयार : कानुन मन्त्री शर्मा
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।