शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, साउन २४ गते । आज मङ्गलबार (साउन २४ गते) २८ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस । आदिवासी जनजातिले विभिन्न कार्यक्रम गरेर यो दिवसलाई बर्सेनि भव्य रुपमा मनाउँदै आएका छन् ।

पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशीकरणको लागि आदिवासी आन्दोलन, आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका भन्ने नाराका साथ दिवस मनाइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ।

आदिवासीको सांस्कृतिक झाँकी, बाजागाजा, भेषभुषा, नाचगान तथा परम्परागत हातहतियारहरू साङ्केतिक रूपमा प्रदर्शनसहित काठमाडौंमा र्याली निकालिएको थियो । र्याली प्रदशनि मार्गबाट सुरु भई भद्रकाली, सुन्धारा रत्नपार्क, जमल हुँदै कार्यक्रम स्थल प्रज्ञाभवन प्रवेश गरेको थियो ।















केशब गुरुङ
केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।