जोखिमपूर्ण तुइन यात्रा, विद्यार्थी र सर्वसाधारण मर्कामा
सरकारले २०७२ सालमा तुईन बिस्थापन कार्यक्रम ल्याउँदा रुकुम पश्चिमका खिमबहादुर नेपालीलाई भेरी तर्न अब तुईनको जोखिमपूर्ण यात्रा गर्नु पर्दैन भन्ने लागेको थियो । आठबीसकोट नगरपालिका १४ निवासी नेपालीलाई सात बर्षसम्म पनि घर नजिकको तुईनबाट भेरी तर्नैपर्ने बाध्यता छ ।
राष्ट्रिय सभा बैठक, २०७९ साल, असार ५ गते, आइतबार
राष्ट्रिय सभा बैठक, २०७९ साल, असार ५ गते, आइतबार
खुम्बु क्षेत्रमा हिमाली ब्वाँसोको आतङ्क, ३२३ घरपालुवा जनावर मारिए
सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमाली ब्वाँसोको आतङ्क बढ्दै गएको छ । केही वर्षयता सो क्षेत्रको घरपालुवा जनावरमा हिमाली ब्वाँसोको आक्रमण अत्याधिक बढेको तथ्यांकले पुष्टि गरेको छ ।
यी हुन अत्यधिक वर्षा भएका स्थानहरु
मनसुन भित्रिएसँगै दैनिकजसो पानी पर्ने क्रम झन् बढ्दै गएको छ । जल तथा मौसम पुर्वनुमान महाशाखाले दैनिक रुपमा मौसम सम्बन्धी सूचनाहरुको जानकारी गराउदै आएछ । यता महाशाखाको जलवायु शाखाले मापन गरेको दैनिक तथ्याङक अनुसार देसैभर सबैभन्दा धेरै पानी पर्ने क्षेत्रहरु मापन गरिएको छ ।
बुलेटमा लगानी, बालुवामा पानी
खाना पकाउने ग्यासको मूल्यमा मात्र होइन, ग्यास ढुवानीमा पनि मुलुकले ठूलो रकम भुक्तानी गर्दै आएको छ । ग्यास ढुवानीमा भारतीय बुलेटको एकाधिकार रहेका कारण मुलुकले भाडामात्र वार्षिक छ अर्ब रुपियाँभन्दा बढी भुक्तानी गर्नुपरेको छ ।
जङ्गबहादुरका पालाका सल्लाघारी उपत्यकामा अझै सुसाउँदै
भक्तपुरको सल्लाघारीका रुख कति पुराना हुन् भनी अनुमान गर्न सक्नुहुन्छ ? वैज्ञानिक अनुसन्धानले ती सल्लाका रुख पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुरका पालामा रोपिएको प्रमाणित गरेको छ ।
खानेपानी ल्याउन श्रमदान गर्दै धरान उपमहानर प्रमुख राई
धरान उपमहानगर प्रमुख हर्कराज राईले खानेपानीको लागि पकुवा खोलामा श्रमदान गर्नुभएको छ।
सात तस्बिरमा रोपाइँको चटारो
ललितपुर छम्पीमा धान रोप्नका लागि गोरु जाेतेर माटो हिलो बनाउँदै किसान ।
जनावरको आक्रमणमा ३९६ जनाको मृत्यु
वि.सं. २०७७ चैत २२ गते बर्दिया राष्ट्रिय निकुञ्जका माहुत पुलिसराम थारुमाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको छ । उक्त बाघले उहाँलाई आक्रमण गर्नु अघि अरु दुई जनालाई आक्रमण गरेको थियो । त्यो बाघ अहिले सदर चिडियाखाना जाउलाखेलमा छ ।
गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउँछौं: प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाइने बताउनु भएको छ ।
साताका १२ तस्बिर [फोटो फिचर]
वर्षायाम सुरुसँगै यस साता कैद गरिएका तस्बिरहरु ।
आरोहणमा कीर्तिमानको ओइरो
गतका वर्षभन्दा यसपालि हिमाल आरोही पासाङदावा शेर्पा धेरै खुसी देखिनु हुन्छ । उहाँ धेरै बोल्नु त हुन्न तर हँसिलो अनुहारमा उहाँको यो खुसी प्रष्टै झल्कन्छ । हिमाल चढ्ने प्रायः विदेशीहरूका लागि उहाँले धेरै वर्षदेखि काम गर्दै आउनु भयो । यस पटक भने प्रसिद्ध गायक राजु लामालगायत नेपालीको पथप्रदर्शक बन्नु भयो । यही कार्यले उहाँमा अरू बेलाभन्दा धेरै खुसी छाएको हो ।
हिमालपारिको गाउँ लिमीलाई सङ्ग्रहालयमा विकास गरिँदै
उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी उपत्यकालाई सङ्ग्रहालयको रुपमा विकास गरिने भएको छ । गत बुधवार प्रदेश सभामा पेश भएको कर्णाली प्रदेश सरकारको बजेटमा चीनसँग सिमाना जोडिएको लिमी उपत्यकालाई पर्यटन प्रवद्र्धन गर्न तीन वटै गाउँलाई सङ्ग्राहलयका रुपमा बिकास गर्ने उल्लेख गरिएको हो ।
पहिरोले तीन दर्जन परिवार विस्थापित
ताप्लेजुङमा निरन्तरको वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरोले तीन दर्जन बढी घरपरिवार विस्थापित भएका छन् । जिल्लाभर कुनै ठाउँमा पहिरोले घर पूर्णरुपमा क्षति पुर्याएको र कुनै ठाउँमा अति जोखिममा पारेका कारण उक्त घर परिवार विस्थापित भएका हुन् ।
हैटीलाई नेपालबाट नियाल्दा
सैनिक मुख्यालयको जनसम्पर्क निर्देशनालयबाट फोन आयो, ‘म क्याप्टेन बुद्ध थेबे । मिसन भ्रमणमा जाने पत्रकारको टोलीमा तपाईं पनि पर्नुभाछ, कृपया सक्दो छिटो पासपोर्ट सङ्कलन गराइदिनुहोस् न है ।’ मैले सोधेँ– कुन मिसन हो नि ? सायद लेबननका लागि हो कि ? ‘मिसन डेलिगेट्स’मा परिएछ भन्ने भो, खुसी लाग्यो । बरू एक दुईवटा अरू कुरा थिए, जो मिसनको ‘एक्साइटमेन्ट’ लाई ओभरटेक गर्न खोज्ने ।
बनेन रेल्वेस्टेसन, बन्यो ‘हब’
तत्कालीन नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले चार वर्षअघि पर्वतको कुस्मामा रेल्वेस्टेसन बन्ने सपना बाँड्नुभयो । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले पोखराबाट म्याग्दीसम्म रेल चल्ने र बेनीसम्म रेलमा जाँदा कुस्मा रेल्वेस्टेसन भइछाड्ने दृढता व्यक्त गर्नुभएको थियो । २०७४ कात्तिक ३० गतेको उक्त भाषण गर्दै गर्दा स्थानीय बासिन्दाले ताली बजाए ।
सुदूरपश्चिम विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययनको सुरुवात गर्नुपर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयले चिकित्साशास्त्रको पठनपाठन सुरुवात गर्नुपर्ने बताउनुभएको छ।
अध्यक्ष ओलीसँग गृहमन्त्री खाण र कानुनमन्त्री शर्माको भेट
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले भेट गर्नुभएको छ । अध्यक्ष ओली निवास भक्तपुर बालकोटमा भएको भेटमा नागरिकता विधेयक चालू संसद्मा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको बताइएको छ ।
सरकारी विद्यालयको शान : भर्ना हुन नपाएर विद्यार्थी फिर्ता हुन्छन्
पढाइलाई प्रभावकारी बनाउने हो भने निजी भन्दा सामुदायिक विद्यालयलाई आकर्षणको केन्द्र बनाउन सकिन्छ भन्ने उदाहरण तनहुँको एक विद्यालयले प्रस्तुत गरेको छ।
दुई दिने बिदा : पेट्रोलियम पदार्थको खपतमा कमी आएन
गत जेठ १ गतेदेखि लागू भएको शनिबार र आइतबार गरी दुई दिने सार्वजनिक बिदा असार १ गते बुधबारबाट खारेज भएको छ । अन्तर्राष्ट्रिय बजारमा ईन्धनको मूल्य आकाँशिदा नेपालमा यसको आयातका लागि खर्च हुने रकम अत्यधिक बढ्यो ।
मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन सञ्चालनमा
मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुँदैनः प्रधानसेनापति शर्मा
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपालको हितमा नभएको स्पष्ट पार्नुभएको छ । एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहान बसेको बैठकमा जवाफ दिनुहुँदै शर्माले उक्त कुरा बताउनुभएको हो ।
पहिरोमा पुरिएर सासु बुहारीको मृत्यु
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले पुरिएर एकै परिवारका सासु बुहारीको मृत्यु भएको छ । निरन्तरको वर्षासँगै गएराति घर माथिबाट झरेको पहिरोले पुरिएर सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा सासुबुहारीको मृत्यु भएको हो ।
समाजवाद सजाउने सोच र शैली
समाजवाद पछिल्लो विश्व राजनीतिको प्रमुख शब्द बनेको छ । हाम्रोमा पनि सरकारलगायत प्रत्येक दलबाट समाजवादी आचरणको देश निर्माणमा पहल गर्ने दाबा आउँछ । संविधानमा समेत समाजवाद उन्मुख भनेर उल्लेखित छ ।