• ७ वैशाख २०८१, शुक्रबार

बजार र पसलमा देखिएको जनैपूर्णिमा, रक्षा बन्धन र गाईजात्रा (फोटो फिचर)

blog

काठमाडौं, साउन २६ गते । यस वर्षको जनैपूर्णिमा एवं रक्षा बन्धन साउन २७ गते शुक्रबार परेको छ। यसलाई जनैपूर्णिमा, श्रावणी, रक्षा बन्धन, ऋषि तर्पणी, ऋषि पूर्णिमा र क्वाँटी पूर्णिमा समेत भनिन्छ। 

यो दिन नदी, तलाउ वा तीर्थस्थलको किनारमा एकत्रित भएर वैदिक विधिपूर्वक स्नान, सूर्यआराधना, प्राणायाम, अग्निहोत्र र ऋषिको पूजा गरिन्छ । यसरी पूजा गर्दा शारीरिक, मानसिक तथा आध्यात्मिक शुद्धि हुने विश्वास गरिन्छ। सुरक्षाको प्रतीक सूत्र नाडीमा बाँधिने भएर रक्षा बन्धनको शब्दले पनि चिनिन्छ। यो दिन घरघरमा क्वाँटी पकाएर खाने चलन छ।  

क्वाँटीमा विभिन्न थरिका गेडागुडी चना, मस्याङ, बोडी, मास, भटमास, सिमी, बकुल्ला, केराउ, राज्मा मिसाएर टुसा उमारी बनाइने गरिन्छ । क्वाँटीमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, आइरन तथा फाइबर पर्याप्त मात्रामा पाइने हुँदा यसले थकित शरीरमा ऊर्जा जगाउनुका साथै चिसो पनि भगाउँछ। 

जनैपूर्णिको अघिल्लो दिन उपत्यकाका मुख्य चोक, बजार र पसलमा क्वाँटी, जनै, गाईजात्राका सामग्री र रक्षा बन्धन किन्नेको चहलपहल देखियो। यही चहलपहललाई १२ तस्बिरमा समेटिएको छ : 




Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।