• १६ चैत २०८०, शुक्रबार

हास्य कलाकार चम्सुरीको कला यात्रा

दर्शकलाई रुवाउन सजिलो तर हँसाउन निकै गाह्रो

blog

भिडियाे : केशब गुरुङ/मनोजरत्न शाही

काठमाडौं, साउन २६ गते । आफ्नो वास्तविक नामले कमै चिनिने हास्य कलाकार हुनुहुन्छ पल्पसा डङ्गोल अर्थात् चम्सुरी । जीवन गुमाउनुको डरलाई नजिकबाट नियाल्नु भएका चम्सुरीलाई जीवनको महत्व आफू बिरामी पर्दा मात्रै महसुस भयो । 

२०५१ सालदेखि हास्य कलाकारको रुपमा आफ्नो यात्रा सुरु गर्नुभएका कलाकार डङ्गोललाई सानैदेखि नाच्न ठूलो रहर थियो । नाँच्ने रहरलाई अँगाल्दै आगिड बढ्दै गर्दा उहाँको हास्य कलाकार बन्ने यात्रा पनि सुरु भयो । 

उहाँका अनुसार, दर्शकलाई रुवाउन खासै गाह्रो छैन तर हँसाउन निकै गाह्रो । मेरी बास्सैमा चम्सुरी नामले चिनिनु भएका पल्पसालाई दर्शक हसाउन खुबै मनपर्छ । उहाँ भन्नुहुन्छ, चम्सुरीको यात्रा सुरु गरेको पनि १६ वर्ष भइसक्यो, मलाई आफ्नो नामले भन्दा पनि चम्सुरी भनेर नै चिन्ने गर्छन् । मलाई यसैमा खुशी लाग्छ ।

हास्य कलाकार पल्पसा अर्थात् चम्सुरीले नृत्य, टेलिफिल्म, चलचित्रदेखि नेपाल भाषाको फिल्मसम्म अनुभव बटुल्नुभएको छ । हालै मिर्गौला प्रत्यारोपणपछि उहाँ मेरी बास्सैको सेटमा फर्किनुभएको छ । उहाँ भन्नुहुन्छ, “मिर्गौला प्रत्यारोपणको यात्रा सजिलो थिएन, कतिले सामाजिक सञ्जालमा श्रञ्द्धान्जलीसमेत दिए, जिउँदो मान्छेलाई श्रञ्द्धान्जली दिएको देख्दा चित्त पनि दुख्यो, तर यसले झनै आयु बढ्ने सोचेर हिम्मत हारिनँ । दर्शकको मायाले जोश दियो ।” 

कला क्षेत्रले आफ्नो जीवनमा परिवर्तन ल्याएको र यस क्षेत्रमा लागेर आर्थिक हिसाबले जीवन धान्न सकिने उहाँको भनाइ छ । लगनशीलता, परिश्रम, मिहिनेत र अनुशासित भएर कलाक्षेत्रमा अगाडि बढ्ने हो भने कला क्षेत्र राम्रो भएको उहाँको अनुभव छ । हास्य कलाकार पल्पसा डङ्गोलसँग उहाँको कला यात्राको बारेमा गरिएको भिडियो संवाद :