• १६ चैत २०८०, शुक्रबार

जीपीए ३‍ दशमलव ६ देखि चार ल्याउने छात्राको सङ्ख्या चार हजार बढी

blog

काठमाडौं, साउन ११ गते। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने छात्राको सङ्ख्या चार हजार ३५२ रहेकाे छ । ३ दशमलव ६ देखि चार जीपीए ल्याउने छात्रको सङ्ख्या पाँच हजार २८१ रहेको छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । 

यो वर्षको एसईईमा सहभागीमध्ये चार लाख ९५ हजार सात सय ५१ परीक्षार्थीको नतिजा सार्वजनिक भएको हाे । बोर्डका अनुसार उच्च श्रेणी ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १ दशमलव ९४ प्रतिशत रहेको छ । 

यसैगरी, ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउने छात्रा १९ हजार १३५ रहेका छन् भने ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए २२ हजार ४९१ छात्रले ल्याएका छन्। 

त्यस्तै, जीपीए २ दशमलव ८ देखि ३ दशमलव २ ल्याउने छात्राको सङ्ख्या ३२ हजार २५ रहेकाे छ भने छात्रको सङ्ख्या ३७ हजार ८७१ छ। सँगै २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याउने छात्राको सङ्ख्या ४३ हजार ८५७ छ भने ने ४६ हजार ८९८ छात्र रहेका छन्। 

यसैगरी, २ देखि २ दशमलव ४ जीपीए ल्याउने छात्राको सङ्ख्या ५८ हजार ९८० र छात्रको सङ्ख्या ५३ हजार ७४२ छ। बोर्डका अनुसार १ दशमलव ६ देखि २ जीपीए ल्याउने छात्राको सङ्ख्या ५३ हजार ८२३ र छात्रको सङ्ख्या ४६ हजार ७६७ छ ।  १ दशमलव २ देखि १ दशमलव ६ जीपीए ल्याउने छात्राको सङ्ख्या २३ हजार ३८० हुँदा छात्र २१ हजार २०४ छन् । 

सबैभन्दा कम जीपीए शून्य दशमलव ८ देखि १ दशमलव २ ल्याउने छात्राको सङ्ख्या १६ सय ५२ छ भने छात्र १६ सय २८ रहेका छन्। यो वर्षको एसईईमा छात्र र छात्राबाहेक अन्य २५ जना परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ। 

परीक्षा बोर्डले आठ वटा ग्रेड विभाजन गरेर नतिजा प्रकाशन गरेको छ। चार लाख ९५ हजार ७५१ जना विद्यार्थी सहभागी रहेको एसईई परीक्षा कोभिड -१९ महामारीका कारण दुई वर्षपछि भएको हो । यसअघि दुई वर्ष विद्यालयले आन्तरिक मूल्यांकनका आधारमा नम्बर बोर्डलाई पठाएका थिए ।