मन परेका तस्बिर
काठमाडौं, असोज १ गते । बिरामीलाई स्ट्रेचरमा बोकेर स्वास्थ्य चौकी लैजाँदै : बझाङको खप्तडछान्ना गाउँपालिकाको छान्नाबासीले बिरामीलाई स्ट्रेचरमा बोकेर तमैल बजारमा रहेको स्वास्थ्य चौकीमा लैजाँदै । बन्जी पुल र कुश्मा बजारको दृश्य : पर्वत र बागलुङलाई जोडेर निर्माण गरिएको बन्जी पुल । पुल पारी कुश्मा बजारको दृश्य। चर्खामा धागो काढ्दै वृद्धा : पोखरा माटेपानीकी जुनामाया गुरुङ चर्खामा धागो काढ्दैै । पछिल्लो समय ऊनलाई चर्खामा घुमाएर धागो निकाली राडीपाखी र अन्य कपडा बनाउने प्रचलन लोप हुँदै जान थालेको छ । खुलेको आकाश र हरियालीको दृश्य : जयपृथ्वी नगरपालिकाको जोशीगाउँबाट देखिएको पणेश, गोलाइ, बाझगाउँलगायतका स्थानको हरियाली र खुलेको आकाशको दृश्य ।मनै लोभ्याउने रारा ताल : आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको मुगु जिल्लास्थित रारा ताल । नेपालको सबैभन्दा ठुलो यो ताल समुन्द्री सतहबाट २९९० मिटरको उचाइमा, १६७ मिटर गहिराइ, ५ किमी लम्वाइ, ३ किमी चौडाइ र १० दशमलव ८ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ । पर्यटक : मानसरोवर कैलाशको दर्शन गर्न हुम्ला पुगेका पर्यटक सिमकोट लाग्नामा दृश्य अवलोकनका साथै मनोरञ्जन लिँदै । ग्वारखोला पुल : दाङको तुलसीपुरस्थित ग्वारखोलामा कपडादेवी जहदा जोड्ने पुल । पुल निर्माण भएपछि स्थानीयलाई आउजाउमा सहज भएको छ ।ग्राहकको प्रतिक्षामा भाँडा व्यापारी : मोरङको बेलबारी बजारको सडक छेउमा माटाको भाँडा बिक्री गर्न ग्राहकको प्रतीक्षामा बसेका व्यापारी । केराबारी–९, देवी वझोडाका व्यापारी देवनारायण पण्डितले पूर्खेली पेसाको रुपमा यस कामलाई अङ्गालेर घर खर्च टार्दै आएका छन् । याक गोठ : समुद्र सतहदेखि चार हजार २०० को उचाई पर्ने ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—७, ओलाङचुगोलास्थित मौवाटारमा रहेको याक गोठ ।मकै भण्डारण : म्याग्दीको धवलागिरि गाउँपालिका-७ ताकममा घरको धुरीको टेकोमा झुण्डाएर राखिएको मकैको झोता । ग्रामीण क्षेत्रमा यसैगरी परम्परागतरुपमा मकै भण्डारण गरिन्छ ।मेलम्ची खोला : हेलम्बू गाँउपालिका १ चिउरीखर्कबाट देखिएको मेलम्ची खोला । विक्रीका लागि राखिएको हिमाली जडीबुटी : बेलबारीको सोमबारे बजारमा बिक्रीका लागि राखिएको हिमाली जडीबुटी । विशेष गरी शेर्पा जातीले जडिबुटी विक्री वितरण गर्ने गरेका छन् । तस्बिर : रासस
आजदेखि सुपथ पसल सञ्चालन
दशैँ, तिहार र छठलाई लक्षित गरेर शनिबारदेखि काठमाडौँ उपत्यकासँगै बाहिरी जिल्लामा सुपथ पसल सञ्चालन हुँदै छन् । चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट्र टे«डिङ कर्पाेरेसन र दुग्ध विकास संस्थान (डीडीसी)मार्फत सुपथ पसल सञ्चालन हुँदै छ । यी सरकारी संस्थानले आफ्ना बिक्री केन्द्रमार्फत सुपथ पसल सञ्चालन गर्नेछन् ।
दुई पटक विघटन भएर पनि पूर्ण कार्यकाल
सङ्घीय संरचनामा पहिलो पटक भएको निर्वाचनपछिको प्रतिनिधि सभाले आफ्नो कार्यकाल पूरा गरेको छ। शनिबार प्रतिनिधि सभाको कार्यकालको अन्तिम दिन हो। राजनीतिसँगै कोरोना सङ्क्रमण दुवैको चपेटामा परेको सभाले पछिल्लो अवधिमा केही गति लिन प्रयत्न गरे पनि कार्यकालको एक तिहाइ समय व्यर्थमा गुजा¥यो। जसले नेपालको संविधान कार्यान्वयनका लागि निर्माण गर्नुपर्ने केही कानुन तर्जुमाका प्रक्रियासमेत पूरा गर्न सकेन। सङ्घीय निजामती, सङ्घीय प्रहरीलगायतका साझा अधिकार सूचीका कानुन निर्माणको प्रक्रिया टुङ्ग्याउन सकेन।
हराउँदै सार्वजनिक धारा र कुवा
हिजोआज सार्वजनिक धारा र कुवा हराउँदै जान थालेका छन् । नयाँ नबनाउने र पुरानाको संरक्षण नहुँदा तनहुँमा सार्वजनिक ठाउँमा कुवा र धाराहरू विरलै देख्न पाइन्छ ।
सेनामा समावेशी पदपूर्ति हुनै समस्या
नेपाली सेनाले २२९ अधिकृत (सहायक सेनानी) पदका लागि खुला तथा समावेशी प्रक्रियामार्फत पदपूर्ति गर्न विज्ञापन गरेको छ। तर समावेशी समूहतर्फ मागअनुसारको आवेदन पर्ने गरेको छैन। समावेशीअन्तर्गत मागअनुसार आवेदन पर्न नसक्दा ती कोटामा पनि नियमानुसार खुलाबाट पदपूर्ति गर्ने गरिएको नेपाली सेनाले जनाएको छ।
हात्तीको पनि गरिन्छ विधिपूर्वक न्वारन
धार्मिक परम्पराअनुसार होमादी पूजासँगै हात्तीको न्वारान गर्ने गरिएको समाचार सुन्दा अनौठो लाग्न सक्छ तर चितवनको सौराहास्थित हात्ती प्रजनन केन्द्र खोरसोरमा जन्मिएका हात्तीको न्वारान पञ्चायतकालदेखि नै गरिँदै आएको छ। सुत्केरी आमा (ढोई) लाई नुहाइधुवाई सकेर तेल लगाई चिटिक्क पारी शृङ्गार गर्ने गरिन्छ। चरेसको थालमा एक माना चामल र एक सय रुपियाँ दक्षिणामाथि चाँदीको एउटा ढ्याक राख्ने गरिन्छ। पुरोहितले रातो चन्दनले पीपलको पातमा छावा वा छावीको नाम लेख्ने गर्छन्। पुरोहितले केन्द्रका प्रमुखलाई छावा वा छावीको नाम सोध्ने र प्रमुखले सुझाइएको नाम राख्ने चलन छ।
विश्वकर्मा बाबाका मूर्तिको व्यापार
काठमाडौं, भदौ ३० गते । सिरहाका पुरन पण्डित करिब ३० वर्ष अगाडि रोजगारीको खोजीमा काठमाडौं आइपुग्नुभयो । ज्यामी काम गरेर दैनिकी चलाउन काठमाडौं पस्नुभएका पण्डितले पुर्खादेखिको मूर्ति बनाउने कलालाई व्यापारमा रूपान्तरण गर्नुभयो ।ज्यामी काम गर्दागर्दै एक दिन उहाँको साथीले विश्वकर्माको पूजाका लागि मूर्ति बनाइदिन अनुरोध गरे । उहाँले पुर्खाको पेसालाई सम्झँदै खुसी हुँदै मूर्ति बनाउनुभयो । गाउँमा जस्तो सहरमा मूर्ति बनाउने माटो र परालको जोहो गर्न उहाँलाई समस्या भयो । जब सबै कुरा जोहो गरेर मूर्ति बनाउनुभयो । त्यो सबैले मन पराए । भक्तपुरबाट आवश्यक माटो, परालजस्ता मूर्ति बनाउन आवश्यक कच्चा पदार्थ ल्याएर तीन वटा मूर्ति बनाउनुभयो । त्यो वर्ष उहाँका तीन वटै मूर्ति बिक्री भए । उहाँले बनाउनुभएका मूर्ति देखेर त्यसपछि मूर्तिको माग बढ्न हुन थाल्यो । उहाँले अर्को वर्ष विश्वकर्माका सात वटा मूर्ति बनाउनुभयो । तर, सोचे जस्तो ग्राहक भने आएनन् । बनाएका सबै मूर्ति बिक्री हुन अन्तिम समयसम्म कुर्नु पर्यो । तेस्रो वर्षमा आएर भने उहाँले बनाउनुभएका धेरै मूर्ति बिक्री भए । त्यो वर्ष ३७ मूर्ति बिक्री गरेर उहाँले राम्रो आम्दानी गर्नुभयो । बिस्तारै सहरको विस्तार हुनु र रोजगारका लागि तराईबाट उपत्यकामा आउनेको सङ्ख्या बढ्दै जाँदा मूर्तिको व्यापार बढेको उहाँको अनुभव छ । अहिले उहाँले ललितपुरको कुपण्डाेललगायत विभिन्न ठाउँमा मूर्तिको व्यापार गर्नुहुन्छ ।त्यसपछि उहाँले हरेक वर्ष २५/३० वटा मूर्ति थप बनाउँदै जानुभयो । अहिले उहाँसँग २२५ वटा मूर्ति छन् । एक सय बढी मूर्तिको अडर आइसकेको छ । मूर्तिका अतिरिक्त उहाँ पाला र माटाका भाडा बनाउनुहुन्छ । विश्वकर्माको पूजाका लागि एक सिजन मात्र विश्वकर्माको मूर्ति बिक्री हुने भएकाले उहाँले अन्य देवी देवतासँगै अडर अनुसारका मूर्ति बनाउनै आउनुभएको छ । पण्डितसँग गोरखापत्र अनलाइनका लागि केशब गुरुङ मनोजरत्न शाहीले तयार पार्नुभएको भिडियो सामग्री :
भारतलाई पराजित गर्दै नेपाल साफ महिला फुटबलको फाइनलमा
भारतलाई पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ।
एक लाख २३ हजार ६२४ उम्मेदवारमाथि कारबाही
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारमाथि कारबाही गरेको छ ।
एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम
निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएको जनाएको छ ।
कोरोना बीमाका लागि एक अर्ब रुपियाँ निकासा, मापदण्ड बनाएर वितरण हुने
लामो समयसम्म भुक्तानी हुन नसकेको कोरोना बीमा भुक्तानीका लागि सरकारले एक अर्ब रुपियाँ निकासा गर्ने भएको छ । गतसाता बसेको मन्त्रिपरिषद् बैठकले एक अर्ब निकासा गर्ने निर्णय गरेको अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताउनुभयो ।
संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस
सरकारले असोज १ गते मध्यराति १२ बजेबाट संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।
डेंगुको प्रकोप बढ्दै : १३ जनाको मृत्यु, १३ हजार बढीमा सङ्क्रमण पुष्टि
पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ । सरकारी तथ्याङ्क अनुसार डेंगुको सङ्क्रमणबाट अहिलेसम्म १३ जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री देउवाद्वारा नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने उद्घोष
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो धारणा व्यक्त गर्नुभएको हो ।
बेपत्ता १० को अवस्था अझै अज्ञात, खोजीमा सेना र प्रहरी
दार्चुलामा भदौ २४ गते राति बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ । घटना भएको आठ दिन बित्दा पनि बेपत्ता भएकाहरु फेला नपरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।
खुमल –४ धानमा बाला लागेन, रैथाने बासमती लोप हुँदै
उत्पादन बढ्ने भन्दै भित्र्याएको आयातित खुमल –४, जातको धानमा बाला नलागेपछि बैतडी पाटनका किसान चिन्तित बनेका छन् । दशकअघि यहाँका स्थानीय किसानले लगाउँदैआएको रैथाले रातो बासमती, डाँडा बासमती र हिमाली जातको धानको बीउ जोगाउन नसकेकोमा पछुतो मानेका छन् ।
सङ्घीयता कार्यान्वयनदेखि जनसरोकारका मुद्दासम्म
राजनीतिक दलहरु मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी गतिविधिमा सक्रिय छन् । निर्वाचन अघि दलहरुले आगामी पाँच वर्षमा गरिने कार्यक्रमहरु चुनावी घोषणापत्र मार्फत सार्वजनिक गर्ने पुरानै प्रचलन हो । दलहरु यतिबेला सोही घोषणापत्र तयार गर्न आन्तरिक तयारीमा जुटेका छन् ।
पर्यटक वृद्धिसँगै खोप्रालेकमा लजको विस्तार
म्याग्दीको सुन्दर पर्यटकीयस्थल खोप्रालेकमा स्थानीयहरुले होटलको क्षमता विस्तार गरेका छन् । अन्नपूर्ण गाउँपालिका ५ स्थि खोप्रालेकमा पछिल्ला केही वर्ष यता पर्यटक आगमनमा वृद्धि हुनथालेपछि सामुहिक रुपमा सञ्चालन गरिएको होटलको क्षमता विस्तार गरेका हुन ।
नागढुङ्गा–नौबिसे सुरुङमार्ग : मुआब्जा अझै बाँकी
नागढुङ्गा–नौबिसे सुरुङमार्गअन्तर्गत पर्ने घर तथा जग्गा अधिग्रहणको काम अझै सकिएको छैन। पूर्ण अधिग्रहणका लागि घरजग्गाको मुआब्जा वितरण र भत्काउने काम जारी रहेको नागढुङ्गा–नौबिसे सुरुङमार्ग आयोजनाले जनाएको छ ।
बढ्यो विदेशी मुद्रा सञ्चिति पर्याप्तता
विदेशी मुद्राको सञ्चिति घटे पनि वस्तु तथा सेवाको आयात धान्ने समय भने बढेको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार बैङ्किङ क्षेत्रसँग हाल सञ्चित रहेको नौ अर्ब ४२ करोड डलर (११ खर्ब ९८ अर्ब रुपियाँ)बाट आठ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ । यो असारको तुलनामा एक महिनाभन्दा बढीले वृद्धि हो ।
दर्ता नभएका मोबाइल अब नचल्ने
भन्सार नतिरी अवैध बाटोबाट भित्रिएका मोबाइल सेट शुक्रबारदेखि नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार ‘सफ्ट लन्च’ गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)ले अवैध रूपमा भित्रिएका त्यस्ता मोबाइलमा दूरसञ्चार सेवा प्रदायकको सेवा प्रयोग गर्न नमिल्ने बनाएको हो । यससँगै नेपालमा मोबाइल प्रयोग गर्न अबदेखि अनिवार्य दर्ता भएको हुनुपर्नेछ । प्राधिकरणले बिहीबारसम्म (भदौ ३०) नेपालमा प्रयोग भइरहेका र विदेशबाट ल्याएका मोबाइल भने स्वतः दर्ता भएको र त्यस्ता मोबाइल प्रयोगमा कुनै अवरोध नहुने जनाएको छ । “बिहीबारसम्म चालू सबै मोबाइल स्वतः दर्ता हुने व्यवस्था मिलाएका छौँ,” प्राधिकरणका निर्देशक डा. सुरेन्द्रलाल हाडाले भन्नुभयो, “त्यसपछिका मोबाइल भने दर्ता नगरी प्रयोग गर्न मिल्दैन ।”
डेङ्गु परीक्षण शुल्कमा मनोमानी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षण शुल्क एकरूपता गर्ने निर्णय गरे पनि हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन नहुनुभन्दा पनि किन कार्यान्वयन नभएको भन्ने जानकारी स्वास्थ्यमन्त्रीलाई नै दिइएको छैन । स्वास्थ्य मन्त्रालयले नै गरेको निर्णय कार्यान्वयन हुन नसक्दा डेङ्गुको परीक्षणमा लाग्ने शुल्कमा मनोमानी भइरहेको छ ।
देशकै ठूलो परियोजना सुरु हुँदै, माथिल्लो अरुणमा जुट्यो ५३ अर्ब
माथिल्लो अरुण जलविद्युत् आयोजनामा नेपालका बैंक तथा वित्तीय संस्थाले रु ५३ अर्ब ३४ करोड बराबर लगानी गर्ने भएका छन् ।
रसुवागढी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिए
गत साउनको तेस्रो हप्तायता बन्द रसुवागढी नाकाबाट बिहीबारदेखि व्यापारिक सामग्री पुनःआयात हुन थालेको छ।