राष्ट्रपतिद्वारा भगवान बुद्धको प्रस्तर मूर्ति अनावरण
राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको विशाल मूर्ति निर्माण प्रक्रियाको शुभारम्भ गर्नुभएको छ ।
प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न : निर्वाचन आयोग
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो ।
राष्ट्रपति भण्डारी मुस्ताङमा
राष्ट्रपति विद्यादेवी भण्डारी हिमालपारिको जिल्ला मुस्ताङ पुग्नुभएको छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शन एवम् भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रमका लागि राष्ट्रपति भण्डारी मुस्ताङ आइपुग्नु भएको हो ।
आज हरिबोधनी एकादशी (फोटो फिचर)
आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरी मनाइने धार्मिक प्रचलन रहेको छ।
भटमास र पाम तेलको भर
विगत केही समययता आयात निर्यातमा गिरावट आएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज)मा ४१ अर्ब ८२ करोड १९ लाख रुपियाँको निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ७१ प्रतिशत कम हो । आव २०७८/७९ को पहिलो तीन महिनामा ६५ अर्ब ५२ करोड आठ लाख रुपियाँको निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ ।
पूर्वाधार विकासमा योजनाभन्दा आश्वासन बढी
प्रमुख राजनीतिक दलहरूले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलक्षित चुनावी घोषणापत्र सार्वजनिक गरिरहेका छन्। सत्ता गठबन्धन दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का साथै राष्ट्रिय प्रजातन्त्र पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा पूर्वाधार विकाससम्बन्धी प्रतिबद्धताहरू गरिएका छन्।
‘स्थिरता र समृद्धिका लागि गठबन्धन’
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक व्यवस्था र राष्ट्रिय आवश्यकताका आधारमा सत्तारूढ दलबीच गठबन्धन भएकाले जनताद्वारा अनुमोदन हुने बताउनुभएको छ।
वितरणको बाढी, छैन स्रोतको जोहो
आम्दानीको स्रोत सुनिश्चित नगरी राजनीतिक दलहरूले वितरणमा मात्र केन्द्रित घोषणापत्र सार्वजनिक गरेका छन्। आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै प्रमुख राजनीतिक दलले सार्वजनिक गरेका घोषणापत्र कार्यान्वयन हुँदा राज्यलाई अर्बौं रुपियाँ भार थपिने देखिन्छ तर त्यसको पूर्तिका लागि स्रोतको व्यवस्थापन योजनामा भने दलका घोषणापत्र मौन छन्।
नक्सा फेरियो, दुःख फेरिएन
चुनावमा मत हाल्न सिङ्गो वडाको मतदाता नामावली बैतडीमै छ। भूगोलको नक्सा पनि बैतडीमै पर्छ तर जग्गाको कर तिर्न र अंशबन्डा गर्न डडेल्धुराको भागेश्वर गाउँपालिका–३ को सिफारिस लिएर डडेल्धुरा धाउनुपर्छ। मतका लागि नक्सा फेरिए पनि भूगोलको दुःख अहिलेसम्म फेरिन सकेको छैन।
गौतमबुद्ध विमानस्थलबाट हिमालयको चार्टर्ड उडान सुरु
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले आज बिहीबारदेखि चार्टर्ड उडान सुरु गरेको छ । सरकारले आफ्नो स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमको मुख्य विजनेशमा अंकुश लगाउँदै हिमालयन एअरलाइन्सलाई ग्राउन्ड हेन्डलिङको अनुमति दिएसँगै हिमालयले चार्टर्ड उडान सुरु गरेको हो ।
भारत र चीनसँग सम्बन्ध बढाउँछौँ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिमेकी देश भारत र चीनसँगको सम्बन्ध राम्रो बनाउने बताउनुभएको छ । डडेल्धुराको अमरगढी नगरपालिकामा आयोजित संयुक्त लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।
चुनावी मैदान : काठमाडौंका १० क्षेत्रमा उच्च प्रतिस्पर्धा
निर्वाचनको प्रसार प्रसार सुरु भएसँगै देशको सबैभन्दा बढी १० वटा निर्वाचन क्षेत्र भएको काठमाडौं जिल्लामा उम्मेदवारहरुबीच उच्च प्रतिस्पर्धा हुने भएको छ ।
दलका घोषणापत्रको स्वास्थ्य : घरदैलोमा सेवादेखि निःशुल्क उपचारसम्म
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ का लागि राजनीतिक दलले धमाधम घोषणापत्र जारी गरेका छन् ।
३१ वर्षभित्र नेपालमा गरिबी हटाउने अठोट (पूर्णपाठसहित)
वाचापत्रमा अबको ३१ वर्षपछि अर्थात् विसं. २११० मा गरिबीको सङ्ख्या शून्यमा झार्ने अठोट गरिएको छ ।
निर्वाचन खर्चको अनुगमन सुरु
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा गर्न पाउने चरण आजदेखि सुरु भएसँगै निर्वाचन आयोगले दल र उम्मेदवारको खर्चको अनुगमन प्रारम्भ गरेको छ । आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । सोका अतिरिक्त आयोगबाट केन्द्रस्तरको अनुगमन टोली खटिनेछन् ।
आकर्षक नारा, कार्यान्वयन फितलो
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले घोषणापत्र जारी गरेका छन् । नेपाली कांग्रेसले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने, न्यूनतम वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । अर्थतन्त्रमा स्वदेशी उत्पादनमूलक उद्योगको अंश ५ दशमलव ६ प्रतिशतबाट बढाएर ९ प्रतिशत पु-याउने लक्ष्य राखेको छ ।
बीस लिटर भनेको जारमा उन्नाइस लिटर मात्रै
प्रशोधित पिउने पानीको गुणस्तरको समस्या बारम्बार सुनिँदै आएको हो । तर, अहिले पानीको तौलमै समस्या भएको खुलासा भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेपानीको अनुगमनका क्रममा २० लिटर भनेर बिक्री भइरहेको पानीको जारमा १९ लिटर मात्रै हुने गरेको फेला पारेको हो । पानी उत्पादन उद्योगीहरू नै १९ लिटर क्षमता भएको पानीको जारमा २० लिटर भनेर बिक्री गर्दै आएको स्वीकार गर्छन् ।
सामाजिक सुरक्षामा प्रतिस्पर्धा
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दलका घोषणापत्र सार्वजनिक भइरहेका छन्। घोषणापत्रमा अन्य विभिन्न विषयलगायत सामाजिक सुरक्षा र महिलासँग सम्बन्धित विषयमा प्रमुख राजनीतिक दलहरूबीच निकै प्रतिस्पर्धा भएको देखिन्छ।
विद्युतीय सवारीमा दलहरूको प्राथमिकता
प्रमुख राजनीतिक दलहरूले चुनावी घोषणापत्रमा विद्युतीय सवारीसाधन सञ्चालनलाई प्राथमिकता दिएका छन् । नेपाली कांग्रेसले आगामी पाँच वर्षमा विद्युतीय सवारीसाधनको प्रयोग ५० प्रतिशत पु-याइने प्रतिबद्धता गरेको छ । कांग्रेसले घोषणापत्रमा भनेको छ, “उपत्यकाको सार्वजनिक यातायातलाई सङ्घीय सरकार र सबै महानगर, उपमहानगर र नगरपालिकाको एक संयुक्त संयन्त्रमा स्थापना गरी उपत्यका यातायात प्राधिकरणमार्फत सुलभ र सुरक्षित यातायातको सुविधा उपलब्ध गराइने छ ।”
कृषि औजार कारखाना चलाउन जुट्यो आविष्कार केन्द्र
दिपकप्रसाद गौतमवीरगञ्ज, कात्तिक १६ गते। वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालन गर्न मंगलबारदेखि राष्ट्रिय आविष्कार केन्द्र सरसफाई तथा मेसिनरी चेकजाँचमा जुटेको छ। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले गोरखापत्रसँग कुरागर्दै मंगलबारदेखि वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालन गर्ने लक्ष्यकासाथ सरसफाई तथा मेसिनरी चेकजाँच सुरु गरेको जानकारी दिनुभयो। सरकारले कारखाना सञ्चालनमा आएदेखि १० वर्षका लागि आविष्कार केन्द्रलाई सञ्चालनको जिम्मा दिएको छ। आविष्कार केन्द्रका १५ जनाको टोली सरसफाई तथा मेसिनरी चेकजाँचमा लागेको हो।अध्यक्ष पुनले कृषि औजार कारखाना करिब ३० वर्षदेखि बन्द रहेकाले सुरुमा सरसफाई गर्ने काम थालनी भएको बताउनुभयो। केही स्वयम्सेवक, केही विद्यार्थी मिलेर मंगलबार सरसफाई तथा कारखानाभित्रका औजार, उपकरणको व्यवस्थापन गर्ने कार्य गरेका हुन्। कारखाना भित्र रहेका मेसिनमध्ये मंगलबार र बुधबार आठ वटा लेथ मेसिन चेकजाँच गरिएको छ। जेकजाँच गरिएकामध्ये ७ वटा मेसिन मर्मत सम्भार गरेर चलाउन सकिने उहाँले बताउनुभयो। ‘सबै ५०–६० वर्ष पुराना मेनुअल (मानिसले हातले चलाउने) पद्दतिका मेसिन रहेछन्। तिनीहरुलाई स्वचालित अर्थात् अटोमेटिक बनाउनुपर्ने हुन्छ, कारखाना पूर्णरुपमा सञ्चालन गर्न त समय लाग्ला तर, हामी काममा जुटी सकेका छौं। जतिसक्दो छिटो सञ्चालनमा ल्याउनेछौं’, उहाँले गोरखापत्रसँग भन्नुभयो। कारखाना क्षेत्र होचो भएकाले भुइँ केही अग्लो पारेर ढलान गरिनु पर्ने, सरसफाइ, रङ रोगन गरिनुपर्ने त्यहा रहेका मेसिन तथा औजार मर्मत गर्नुपर्ने, पाँच बिगाह क्षेत्रफलमा उद्योग र पाँच बिगाह क्षेत्रफलमा आवास क्षेत्र रहेकाले जग्गा पर्याप्त भए पनि सरकारले १० देखि १५ करोड रुपियाँ सरसफाई तथा थप उपकरण खरिदका लागि सहयोग गर्नुपर्ने उहाँको भनाइ छ। केन्द्रसँग भएका जेनरेटरबाट जाँच गर्न नसकिने केही मेसिन परीक्षणका लागि विद्युत लाइन जडान गर्नुपर्ने उहाँको भनाइ छ। जाँच गरेपछि मात्र कति मेसिन सञ्चालन गर्न सकिन्छ । कुन–कुन मेसिन चल्छन् भनेर थाहा हुने राष्ट्रिय आविष्कार केन्द्रका मेकानिकल इन्जिनियर सुवास पालले जानकारी दिनुभयो। यो कारखाना पूर्णरुपमा सञ्चालनमा ल्याउँदा पाँच सयजनाभन्दा बढी कर्मचारी आवश्यक गर्ने र उद्योगलाई नाफामा सञ्चालन गर्न कम्ती दुई सिफ्टमा चलाउनु पुनको भनाइ छ। वीरगञ्जको परिवर्तन नेपाल नामक संस्थाका केही युवाले मंगलबार र बुधबार सरसफाई कार्यमा सहयोग गरेकाले ती स्वयम्सेवक युवालाई केन्द्रका प्रमुख पुनले धन्यवाद दिनुभएको छ।
प्रधानमन्त्री देउवा बिहीबारदेखि चार दिन डडेल्धुरामा
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धनगढी आइपुग्नुभएको छ । धनगढी आएलगत्तै उहाँ कार्यकर्तासँगको भेटमा व्यस्त हुनुभएको छ ।
लुम्बिनीमा बिजुली बसको सफल यान्त्रिक परीक्षण
लुम्बिनी विकास कोषद्वारा दशैंको अवसर पारेर सञ्चालित ‘धम्मयात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैङ्कले लुम्बिनीलाई प्रदूषणमुक्त बनाउने उद्देश्यसाथ पाँच वटा बस र १४ वटा भ्यान कोषलाई प्रदान गरेको छ ।
कोरोना बिमितलाई एक अर्ब ८१ करोड वितरणको तयारी
कोरोना बीमाका बिमितलाई पहिलो चरणमा एक अर्ब ८१ करोड रुपियाँ वितरण गरिने भएको छ । सरकारले एक अर्ब रुपियाँ निकासा गरिदिएपछि बीमा कम्पनी, पुनर्बिमा कम्पनी र बीमा समितिबाट कुल ८१ करोड थपगरी एक अर्ब ८१ करोड रुपियाँ बिमितलाई वितरण गरिने बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिनुभयो ।
चुनावी प्रचारमा जाँदा आयोगको अनुमति अनिवार्य लिनुपर्ने
सार्वजनिक पद धारण गरेका व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रचार प्रसारमा जाँदा अनिवार्य रुपमा निर्वाचन आयोगको अनुमति लिनुपर्ने भएको छ।