उपत्यका छाड्ने सवारीको यान्त्रिक परीक्षण सुरु
उपत्यकाबाट बाहिर जाने सवारी साधनको यान्त्रिक परीक्षण गर्ने कार्य सुरु भएको छ । आइतबारदेखि दशैको अवसरमा सवारीसाधनबाट घर जाने यात्रुहरूको भीडलाई लाग्न थालेसँगै सुरक्षित यात्राका लागि यान्त्रिक परीक्षण सुरु गरिएको हो ।
सक्रियतासाथ बजार अनुगमन कार्यमा खटिन प्रधानमन्त्रीको निर्देशन
सक्रियतासाथ बजार अनुगमन कार्यमा खटिन प्रधानधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिनुभएको छ । चाडवर्पको सन्दर्भमा बजार अनुगमन,आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षणका सम्बन्धिमा प्रधामन्त्री देउवाले उक्त निर्देशन दिनुभएको हो ।
उपयुक्त पर्यटकीय रुट बन्दै डोल्पा
डोल्पोबुद्ध गाउँपालिकाका–१ धोका प्रेमा दोर्जे स्टार माउण्टेन होटल चलाउनुहुन्छ । उहाँले बाहिरबाट आएका पाहुनालाई स्वागत, सत्कारदेखि उपल्लो डोल्पाका पर्यटकीय क्षेत्रको जानकारीसमेत गराउनुहुन्छ ।
कानुन एकातिर, काम अर्कैतिर
सरकारी नीति नियम बन्छन् तर कार्यान्वयन तहमा उल्लङ्घन हुन्छन् भन्ने आमगुनासो छ। त्यस्तो कसरी हुन्छ भन्ने उदाहरण चितवन राष्ट्रिय निकुञ्जको स्वर्ण महोत्सव तथा राष्ट्रिय संरक्षण दिवस बनेको छ। चितवन राष्ट्रिय निकुञ्ज मुख्यालय कसरामा वन तथा वातावरणमन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यमा शुक्रबार भव्य रूपमा मनाइएको कार्यक्रममा दोहोरो रूपमा कानुन र निर्णयको उल्लङ्घन भयो।
बढ्यो भीड, बढेन व्यापार
दशैँ नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ । ठूलाठूला व्यापारिक मलदेखि सडकपेटीमा सामान किनबेच गर्नेको भीडभाड बढेको छ । एक सातायता बजारमा दैनिक उपभोग्य वस्तुुदेखि लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान किनमेल गर्ने ग्राहकको चहलपहल बढ्दै गएको हो । सार्वजनिक बिदाको दिन भएकाले शनिबार काठमाडौँको मुख्य व्यापारिक केन्द्र नयाँ सडकमा किनमेल गर्नेको भीडभाड झन् धेरै थियो । दशैँ मान्न उपत्यकाबाहिर घर जानेहरू चाँडै किनमेल गरेर घर फर्कने हतारोमा देखिन्छन् ।
उम्मेदवारको खर्च सीमा बढाउने तयारी
आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन खर्चको सीमा बढाउने तयारी गरिएको छ। उम्मेदवारले गर्ने खर्च वैज्ञानिक बनाउन निर्वाचन आयोगले आवश्यक सूत्र तयार गरी खर्च सीमा तय गर्न लागेको हो। राजनीतिक दलसँगको छलफल तथा सुझावका आधारमा खर्च सीमा पुनरवलोकन गर्ने आयोगले बताएको छ।
सिँचाइ र जलविद्युत् एकैसाथ
राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया आयोजनाका लागि आर्थिक वर्ष २०७८/७९ मा दुई अर्ब ६३ करोड पाँच लाख रुपियाँ बजेट विनियोजन गरिएकोमा एक अर्ब ८१ करोड ८६ लाख (७२ प्रतिशत) मात्र खर्च भएको छ। आयोजनाका सूचना अधिकारी इन्जिनियर पे्रम लासिवाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा भएको खर्चबाट १४.६५ किलोमिटर लम्की नहर निर्माण भएको छ। फिडर क्यानलमा निर्माणाधीन ४.७१ मेगावाट विद्युत्गृहको हाइड्रो मेकानिकल कार्य र पावरहाउसदेखि लम्की सबस्टेसनसम्म ६.५ किलोमिटर ट्रान्समिसन लाइन तयार भएको छ।
भ्रमणमा प्राविधिक, प्रयोगशाला प्रभावित
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत निर्देशकलगायत पाँच जना स्वास्थ्यकर्मी एकैपटक विदेश तथा स्वेदश भ्रमणमा जाँदा सेवाग्राही समस्यामा परेका छन्। प्रयोगशालामा रक्त क्यान्सर पत्ता लगाउने सेवा उपलब्ध हुँदाहुँदै एकसाथ त्यत्तिका स्वास्थ्यकर्मीको भ्रमणले बिरामी परीक्षणका लागि निजी प्रयोगशालामा पठाउने गरिएको छ। पाँच जनामध्ये तीन जना विदेश भ्रमणमा हुनुहुन्छ भने दुई जना स्वदेश भ्रमणमा हुनुहुन्छ।
असनमा किनमेल गर्नेको भीड (फोटोफिचर)
काठमाडौंको अशन क्षेत्रमा किनमेल गर्नेको भीड लागेपछि शनिबार त्यस क्षेत्रकाे आवत-जावतमा समेत असर पुगेको छ।
प्रयोगकर्ता सचेत नहुँदा डिजिटल ठगी
फेसबुक म्यासेन्जरमा भिडियो कल गर्दै विभिन्न शारीरिक र मानसिक तनाव दिने गरेका घटनासमेत बढ्दै गएका छन्।
बस र ट्रक एक आपसमा ठोक्किँदा एकको मृत्यु, ४९ घाइते
कपिलवस्तुको बुद्धभूमि–४ बुड्ढीमा यात्रुबाहक बस र ट्रक ठक्कर हुँदा एक जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् ।
डेंगु सङ्क्रमितको सङ्ख्या २२ हजार नाघ्यो, २९ को मृत्यु
डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल सातै प्रदेशअन्तर्गत ७६ जिल्लामा डेंगु फैलिएको छ ।
दशैँका लागि दार्चुलाबाट च्याङ्ग्रा काठमाडौं ल्याइँदै
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको सङ्ख्यामा च्याङ्ग्रा ल्याउन लागेको हो ।
एमाले अध्यक्ष ओली जनकपुर–जयनगर रेलमा सरर
नेकपा (एमाले) का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेपाली रेलमा चढेर सरर यात्रा गर्नुभएको छ । धनुषा निर्वाचन क्षेत्र नं. २ मा पर्ने विदेह नगरपालिकामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जानेक्रममा उहाँले नेपालको एक मात्र जनकपुर–जयनगर रेल चढेर यात्रा गर्नुभएको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
कपिलवस्तुमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार शिवराज नगरपालिकामा भएको दुर्घटनामा २ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सीनाले बताउनुभयो ।
काठमाडौंका सडकको दुरवस्था (फोटो फिचर)
जमानामा बनेका सडकहरुमा बिच्छ्याइएको कालोपत्रे उकेर गइसक्यो, बाटोमा खाल्डाखुल्टी, धुलो, हिलो र ढलका पाइप बिच्छ्याउन महिनौँ दिनसम्म पनि सडकमा व्यवधान खडा गरिन्छ ।
बागलुङका ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला
गाउँगाउँमा सडक पुगेको छ । हिउँद महिना गज्जबले धुलो उडाउँदै गाडीहरू गुड्छन् तर जब बर्खा लाग्छ, तब बन्द हुन्छन् बागलुङका ग्रामीण सडक ।
मन परेका तस्बिर
डोल्पोबुद्ध गाउँपालिका–१, धोस्थित स्टार माउन्टेन नजिकै खोला तर्दै चौँरी । उपल्लो डोल्पामा दूध उत्पादन र दैनिक ढुवानीमा चौँरी प्रयोग गर्ने गरिएको छ ।
राजहठले मारिएका वीर कालु पाण्डेको समाधिस्थल
काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका वडा नं १ दहचौकमा अवस्थित काजी कालु पाण्डेको समाधिस्थल र शालिक हेर्न जानेहरूको संख्या बढ्दो छ । कालु पाण्डे एक महान गोरखाली क्षत्रीय भारदार हुन् । कालु पाण्डेलाई गोरखाली जनताले प्रथम पटक मुख्यमन्त्री चयन गरेका थिए । पाण्डेको जन्म वि सं १७७० मा भएको थियो । पाण्डेले लमजुङको सन्धिमा कुशलतापूर्वक कार्य गरेका र विसं १८०१ को नुवाकोट युद्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले स्वयं पृथ्वीनारायण शाहले पनि ‘अब उप्रान्त कालु पाण्डेको सल्लाहबिना कुनै पनि काम गर्ने छैन’ भनेका थिए । पृथ्वीनारायण शाहको यो बोलीले अनुमान गर्न सकिन्छ कि कालु पाण्डे गोरखाको तत्कालीन सैनिक, प्रशासनिक र कूटनीतिकको क्षेत्रमा निकै नै अब्बल थिए ।
गुल्मीमा विचित्रको गुफा [फोटोफिचर]
गुल्मीको धुर्कोट गाउँपालिका वस्तुमा अवस्थित विचित्र गुफा प्राकृतिक आकृतिहरुको कलात्मक बुट्टाले भरिएको छ । यो गुफा २०४५ साल असार ५ गते पत्ता लागेको थियो । स्थानीय बासिन्दाले ढेडु (बाँदर) लखेट्दै जाने क्रममा गुफा भेटेका थिए । नेपालको महत्वपूर्ण राष्ट्रिय सम्पदा, शिवधामको रुपमा कल्पित सुन्दर एवम् मनमोहक विचित्र गुफा धुर्कोट गाउँपालिका–५ वस्तु कमलावनमा अवस्थित छ । कमलावन वस्तु कालिकास्थान एवम् धनार्जीको बीचमा पर्छ ।
चाडपर्वमा बढी दुर्घटना
बर्सेनि चाडपर्वका बखत बढी सवारी दुर्घटना हुने गरेको छ । सडक दुर्घटनाका कारण थुप्रैले ज्यान गुमाउने गरेका छन् । बिहीबार मात्रै मकवानपुर र रुकुमपूर्वमा भएका सवारी दुर्घटनामा परी ११ जनाको ज्यान गएको छ भने ३० जनाभन्दा धेरै घाइते भएका छन् । दशैँको घटस्थापनादेखि पूर्णिमासम्म देशभर औसत छ सयभन्दा बढी सवारी दुर्घटना हुने गरेको र त्यसमा परी एक सय जनाभन्दा बढी मानिसले ज्यान गुमाउनुपरेको प्रहरीको तथ्याङ्कमा छ ।
वन्यजन्तु बाँचून् मानिस नमरून्
विश्वमा दुर्लभ मानिएका वन्यजन्तुको संरक्षणमा नेपालले उल्लेख्य प्रगति हासिल गरेपछि संरक्षणमा अबको बाटो के भन्ने प्रश्न उब्जिएको छ । पछिल्लो दशकमा नेपालले विश्वमै दुर्लभ तथा सङ्कटापन्न अवस्थामा पुगेका वन्यजन्तुको संरक्षणको एकसूत्रीय एजेन्डाको बाटो समातेर उल्लेख्य उपलब्धि हासिल गरेको छ । वन्यजन्तुको वृद्धिसँगै मानव–वन्यजन्तु द्वन्द्वका घटना पनि क्रमशः वृद्धि हुँदै गएपछि मानिस कि वन्यजन्तु ? भन्ने प्रश्न चौतर्फी उठिरहेको छ ।
दशैँमा धरहरा चढ्न नपाइने
सर्वसाधारणले यस पटकको दशैँमा पनि धरहरा अवलोकन गर्न नपाउने भएका छन् । दशैँमा धरहरा खुला गर्ने भनी गत असारमा घोषणा गरिएको थियो । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का प्रमुख कोषनाथ अधिकारीले धरहरा निर्माणको अझै २० प्रतिशत काम बाँकी नै रहेकाले तत्काल सर्वसाधारणका लागि खुला नहुने जानकारी दिनुभयो ।
अनामनगर क्षेत्रका अनधिकृत संरचनामा डोजर
काठमाडौं अनामनगरले शुक्रबार अनामनगर क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काएको छ। महानगरको डोजरले सरकारी जग्गामा अनाधिकृत रुपमा बनाइएका संरचना भत्काएको हो।