• २९ वैशाख २०८२, सोमबार

भारतमा ‘जार’ को माग

blog

काठमाडौँ, वैशाख २९ गते । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘जार’ को भारतमा उच्च माग भएको छ । पहिलो चरणमा सिक्किम, दार्जिलिङ, नाम्ची, खार्साङ र कालिङ्पोङमा प्रदर्शनमा आएको चलचित्रप्रति दर्शकको उच्च आकर्षण देखिएपछि सम्बन्धित सहरका मल्टिप्लेक्सले सो थप गरेका छन् ।

सिलिगुडीस्थित सिटी सेन्टरमा अवस्थित आइनक्स हलले प्रदर्शनको पहिलो दिन नै निर्धारित सोमा बढोत्तरी गरेको कार्यकारी निर्माता ज्योति क्षेत्रीले बताउनुभयो । यस्तै दार्जिलिङमा पनि चलचित्रको सो थप भएको छ । हाल प्रदर्शनमा आएका सबै सहरमा चलचित्रको उच्च माग देखिएको छ, सम्बन्धित हलले सो थपका लागि सम्पर्क गरिरहनुभएको छ, क्षेत्रीले भन्नुभयो, दर्शकले ‘जार’ प्रति देखाउनुभएको प्रेमले उत्साहित छौँ । दोस्रो चरणमा नेपाली भाषीको बाहुल्य रहेका सहर मिरिक, आसाम, देहरादुन, धर्मशाला, दिल्ली, बेङ्गलुरु, कोलकाता, हैदरावाद, गोरखपुरलगायतका ठाउँमा चलचित्र प्रदर्शनका क्रममा रहेको क्षेत्रीले जानकारी दिनुभयो । 

चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेतृ गीताञ्जली थापालगायतको अभिनय रहेको छ । अखिलेश राईको सम्पादन रहेको चलचित्रको कार्यकारी निर्मातामा त्रीलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा हुनुहुन्छ ।