• ११ मंसिर २०८१, मङ्गलबार

७६ जिल्लामा फैलियो डेंगु

डेंगु सङ्क्रमितको सङ्ख्या २२ हजार नाघ्यो, २९ को मृत्यु

blog

काठमाडौं, असोज ८ गते । डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल सातै प्रदेशअन्तर्गत ७६ जिल्लामा डेंगु फैलिएको छ । त्यस्तै, हालसम्म २२ हजार ९८८ जनालाई डेंगु सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विसं. २०६१ मा पहिलोपल्ट नेपालमा डेंगुको बिरामी देखिएको थियो भने त्यसपछि नेपालमा डेंगु बर्सेनि देखिन थालेको हो ।

मन्त्रालयका अनुसार सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगु सङ्क्रमण भएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशका दुई हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशका ७७७, प्रदेश १ का ५९१, गण्डकीका ५१५, मधेश प्रदेशका ३२३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगु भएको मन्त्रालयले जनाएको छ ।