• २० वैशाख २०८१, बिहिबार
blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ८ गते। डिजिटल प्रविधि हातहातमा पुगेसँगै साइबर अपराध बढेको प्रहरीले बताएको छ। यसको प्रभाव कुनै ठाउँमा बढी कुनै ठाउँमा कम मात्र रहेको नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता पशुपतिकुमार रायको भनाइ छ। 

चल्तीमा रहेका र नेपालीले बढी प्रयोग गर्ने सामाजिक सञ्जालमा फेसबुक र युट्युब पर्छन्। जसको प्रयोग हाम्रो दैनिक जीवनमा भइरहेको छ। यसको सदुपयोग नहुँदा हामीले दैनिक हैरानी खेप्नुपरेको उहाँको भनाइ छ। सुरुमा मेल गरेर साथी बनाउने र नजिक हुँदै पार्सल पठाएको नाममा ठगी सुरु गरेको उहाँले बताउनुभयो। 

साथी बनेपछि भिडियो कल गर्ने र त्यसलाई रेकर्ड गरेर त्यसलाई नै बार्गेनिङको अस्त्र बनाउने गरेका उजुरीसमेत परेका छन्। फेसबुक म्यासेन्जरमा भिडियो कल गर्दै विभिन्न शारीरिक र मानसिक तनाव दिने गरेका घटनासमेत बढ्दै गएका छन्। पछिल्लो समय भिडियो कलमा नग्न भिडियो देखाएर पीडित हुनेहरूका उजुरीसमेत बढ्दै गएका छन्। 

यो समस्याबाट बच्नका लागि नचिनेका मान्छेसँग सम्बन्ध विस्तार नगर्ने, अनलाइनमा कुराकानी नगर्ने र उनीहरूले भनेका ठाउँमा जान नहुने उहाँको भनाइ छ। 

अहिले प्रविधि बालबालिकाको हातहातमा पुगेको छ। त्यसको निगरानी गर्नुपर्ने हुन्छ। अनावश्यक साइटमा जानुहुँदैन। ह्याक हुने  सम्भावना हुन्छ। त्यसका लागि पासवर्ड बलियो राख्नुपर्छ। समय–समयमा पासवर्ड परिवर्तन गर्नुपर्ने हुन्छ। गोप्य कुराहरू अनलाइनमा सेयर गर्नुहुँदैन। नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता पशुपतिकुमार रायसँग गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाही र केशब गुरुङले  तयार गर्नुभएको भिडियो कुराकानी : 


Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।