• ७ वैशाख २०८१, शुक्रबार

संस्कृतिविद् हरिराम जोशीसँग भिडियो कुराकानी

यम पञ्चकको सांस्कृतिक महत्त्व

blog

काठमाडौं, कात्तिक ५ गते। तिहार फूलको पर्व हो। यो फूलै फूलको मौसम भएकाले चारैतिर फूलको बास्ना हुन्छ। तीमध्ये तिहारका लागि उत्कृष्ट फूल सयपत्री र मखमली हुन्। 

मखमली सयपत्री कहिल्यै नओइलाउने भएकाले तिहारमा यसको प्रयोग हुने संस्कृतविद् हरिराम जोशी बताउनुहुन्छ। तिहारमा दिदीबाहिनीले दाजुभाइलाई पूजा गर्छन्। वर्षमा पाँच पटक दिदीभाइको पूजा हुन्छ। साउन महिनामा काकाको छोरी, भदौमा मामाको छोरी, असोजमा फूपूको छोरीले पूजा गर्छन्। आफ्नै दिदीबाहिनी गर्ने पूजा हुन्छ र अन्तिममा सबै दिदीबाहिनीले सबै दाजुभाइका लागि पूजा गर्छन्। 

सबै एक भए कसैले पनि हराउन सक्दैन भन्ने जितको संकेतको रुपमा तिहार मनाउने गरेको संस्कृतविद् जोशी बताउनुहुन्छ। तिहारको पहिलो दिन कागको पूजा गरिन्छ। काग पंक्षी मध्येकै सबैभन्दा चालख चतुर र लजालु स्वभावको हुन्छ। जसबाट मानिसले धेरै कुरा सिक्नुपर्ने भएकाले पूजा गरिन्छ। काग पूजा गर्नु भनेको कागको पूजा मात्रै होइन समग्र पंक्षीको पूजा हो। 

तिहारको दोस्रो दिन कुकुरको पूजा हुन्छ। काग जस्तै कुकुरले पनि सबै जनावरको प्रतिनिधित्व गर्ने संस्कृतविद जोशी बताउनुहुन्छ। तिहारको तेस्रो दिन धनकी देवी लक्ष्मीको पूजा गरिन्छ। तिहारको चौंथो दिन गोवद्र्धन पूजा हुन्छ। नेवारी समुदायले ‘म्हः’ पूजा गर्छन्।  म्हः पूजा आफैले आफैलाई गर्ने पूजा हो। तिहारको पाँचौं दिन भाइटीका हुन्छ। संस्कृतिविद् हरिराम जोशीसँग गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाहीकेशब गुरुङले तयार गर्नुभएकाे भिडियो कुराकानी :


Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।