समाजवाद र आर्थिक एजेन्डा
नेपालको संवैधानिक इतिहास धेरै लामो छैन । २००४ सालमा नेपाल सरकारको वैधानिक कानुन आयो । त्यसपछि अन्तरिम शासन विधान २००७ सात सालमा आयो । समयक्रमसँगै अहिले नेपालको संविधान २०७२ सम्म आइपुगेका छौँ । यो लामो यात्रामा नेपाली जनतालाई रैती र प्रजाबाट गणतन्त्रका सार्वभौम नागरिक बनाउने दिशातर्फ यी सबै संविधानले भूमिका निर्वाह गरेका छन् । यी सबै अभ्यासमा समुन्नतिका एजेन्डा छन् । मुख्यतः हक र अधिकारको क्षेत्रमा नेपालले गर्व गर्नुपर्ने कुरा छन् । क्रमिक रूपमा उन्नति भइरहेको छ किनभने अरू समाजजस्तो ‘होमोजिनस’ समाज हाम्रो होइन । हाम्रो समाजमा जात, धर्म, लिङ्ग, वर्ण र क्षेत्रको विभेद धेरै शताब्दीदेखि रहँदै आएको हो । यसको गहिरो छाप समाजमा व्याप्त रहेको वास्तविकता हामीकहाँ छ । मुलु
संविधान कार्यान्वयनको नयाँ यात्रा
संविधान सर्वोच्च कानुनका रूपमा स्थापित भएको छ । संविधान जारीका समयमा विरोधमा रहेका राजनीतिक शक्ति उपभोग र सुधारको दृष्टिकोणबाट अघि बढेकाले तत्काल कतैबाट पनि संविधानलाई खतराको अवस्था देखिन्न । संविधान कार्यान्वयन तथा यसका प्रक्रिया सम्पन्न भएका छन् र हुँदै छन् पनि तर समस्या संविधानले लिएका दिशामा बलियोसँग अघि बढ्नेमा छ । सुरुका दिनदेखि नै ती कमजोरी छन्, आज पनि छन् र बढ्दै जाने देखिन्छन् ।
सुकीर्तिमय राष्ट्रदीप पदकबाट मह जोडी सम्मानित
राष्ट्रपति विद्यादेवी भण्डारीले मह जोडी वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानीत गर्ने घोषणा गर्नुभएको छ । उहाँहरु सहित १७ जनालाई यो पदकबाट सम्मानीत गर्ने घोषणा गर्नुभएको हो ।
सुशील कोइरालालाई नेपाल रत्नः आश्रित, रेग्मी र जोशीलाई राष्ट्र गौरव पदक
राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ । कोइराला नेपालको संविधान जारी गर्दा देशको प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा संविधान जारी भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संविधान दिवशका अवसरमा विभिन्न महानुभावहरुलाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको छ । नेपाल रत्न नेपालको सर्वोच्च मानपदवी हो ।
राष्ट्रपतिद्वारा संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी, अलङ्कार र पदकबाट विभूषित
नेपाल सरकार गृह मन्त्रालय सम्मानित राष्ट्रपतिबाट २०७९ असोज ३ गते संविधान दिवसका दिन देहायका महानुभावहरुलाई ९९८ जनालाई मानपदवी अलङ्कार र पदकद्धारा विभूषित गर्ने घोषणा भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत छान्न र तान्न होड
सुगम स्थानीय तहका जनप्रतिनिधिले सिंहदरबारबाट आफू अनुकूलका स्थानीय तहका कर्मचारी प्रमुख (प्रमुख प्रशासकीय अधिकृत) छान्न सिंहदरबार धाउने गरेका छन्। दुर्गम स्थानीय तहका जनप्रतिनिधि भने कामकाज गर्ने प्रमुख प्रशासकीय अधिकृत तान्न सिंहदरबार धाउँछन्। दैनिक दसदेखि पन्ध्र जना स्थानीय तहका जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत छान्न र तान्न सिंहदबार धाउने गरेका हुन्। प्रमुख प्रशासकीय अधिकृत छान्न सिंहदरबार आएका जनप्रतिनिधिले आफ्नो नीति, योजना, कार्यक्रम, कतिपय व्यक्तिगत र पार्टीगत काम सहज रूपमा गर्ने प्रतिबद्धता जनाएपछि मात्र कर्मचारी लैजाने गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। दुर्गम स्थानीय तहका जनप्रतिनिधि भने पटक पटक सिंहदरबार धाउँदा पनि प्रमुख प्रशासकीय अधिकृत पाउन सक्दैनन्।
विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण नहुने
नेपाल सरकार भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्ने पूर्व निर्णय फिर्ता लिएको छ ।
राष्ट्रपतिद्वारा ७०२ जनाको कैद माफी
संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७०२ जनाको कैद माफी गर्नुभएको छ।
निजगढमा विमानस्थल निर्माणमा ढिलाइ गर्न हुँदैन : प्रधानमन्त्री देउवा
अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको छ ।
चिनियाँ कम्पनीको अनुपस्थितिमै चक्रपथ विस्तारको काम सुरु
चिनियाँ कम्पनीको अनुपस्थितिमा सरकारले चक्रपथ बिस्तार आयोजनाको दोस्रो चरणको काम अघि बढाएको छ । दोस्रो चरणको सडक विस्तारमा चिनियाँ पक्षको आनाकानीका कारण विस्तारले भने अझै गति लिन सकेको छैन ।
निष्ठा र आदर्शको राजनीतिले लोकतन्त्रको दीप बलिरहनेछ: पूर्वराष्ट्रपति यादव
काठमाडौं, असोज २ गते । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा गठन भएको संविधानसभाबाट समावेशी संविधान जारी गर्ने सुवर्ण अवसर मिल्यो । उहाँले २०७२ असोज ३ गते नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको मूल कक्षमा संविधानसभाबाट तयार गरिएको संविधानलाई ढोगेर सार्वजनिक गरेको क्षण ‘एक युगमा एक पटक आउने विरलै घटना’ का रुपमा सबैले व्याख्या र विश्लेषणसहित तारिफ गरे । विसं २०६२/६३ को जनआन्दोलनको बलमा गठन भएको संविधानसभाको पहिलो बैठकले अन्तरिम संविधान संशोधन गरी राष्ट्रपतिसम्बन्धी व्यवस्था गरेपछि उहाँ २०६५ साउन ६ गते गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित हुनुभयो । मुलुकको अत्यन्तै सङ्गीन र तरल राजनीति रहेको अवस्थामा उहाँकै संरक्षकत्वमा भएको निर्वाचनबाट गठन भएको संविधानसभाबाट नेपालको मुहार फेर्न युगीन संविधान जारी भएको थियो । आठौँ संविधान दिवसका अवसरमा पूर्वराष्ट्रपति यादवले मुलुक लोकतान्त्रिक अभ्यास माध्यमबाट अघि बढिरहेकाले कानुन बनाउँदै, आउन सक्ने ससाना छिद्रा रोक्दै, जनतालाई सचेत गराउँदै सच्चिएर अघि बढ्न सरकार र राजनीतिक दललाई सुझाव दिनुभएको छ । संविधान दिवस र समसामयिक विषयमा केन्द्रित रही पूर्वराष्ट्रपति डा. यादवसँग राष्ट्रिय समाचार समितिले गरेको कुराकानीको सम्पादित अंश :नेपाली जनताको ठूलो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा मुलुकले गणतान्त्रिक संविधान प्राप्त गर्यो, अहिले भइरहेका अभ्यास र कार्यान्वयन स्थितिलाई कसरी लिनुभएको छ ?– हामीले लोकतन्त्र र अधिकारका लागि संस्थागतरुपमा लडाइँ गरेको सात दशक भइसक्यो । विसं २००७, २०४६ र २०६२÷६३ को परिवर्तन हुँदै नेपाली जनताको बलिदान र सङ्घर्षले संविधानसभाबाट लोकतान्त्रिक संविधान निर्माण गरेर हामी अघि बढिरहेका छौँ । नेपालको संविधान घोषणापछि गठन गरिएका तीन तहका सरकारले देशको लोकतान्त्रिक पद्धतिअनुसार पाँच वर्ष शासन÷प्रशासन अघि बढाए । ती सरकारको दोस्रो कार्यकालका लागि चुनावको मुखमा छाै, यो सुखद कुरा छ । लोकतन्त्रमा आवधिक चुनाव हुनुपर्छ । देश र समाजमा राम्रो काम गर्न सकियो भन्नका लागि जनता यसबेला सजग हुनुपर्छ, चुनावमार्फत सही पार्टी र नेता छान्न । त्यो समय अहिले आएको छ ।निर्वाचनबाहेक समाजमा अरू गर्नुपर्ने काम कति भएजस्तो लाग्छ यहाँलाई ?– संविधान घोषणापछि एक वर्षभित्र बाझिएका कानुनलाई संसदबाट संविधानसम्मत बनाउने र त्यसअनुसार मुलुकलाई अघि बढाउने भनिएकामा त्यसमा राम्रो प्रगति हुन सकेन । बरु त्यो अवधिमा जुन सरकार बन्यो, त्यसले नै दुईपटक सदन विघटन ग¥यो । न्यायालयबाट सदन पुनःस्र्थापना भए पनि संवैधानिक, कानुनी र विकासका अरू कार्यक्रम आशातीतरुपमा अघि बढ्न सकेनन् । सङ्घीय सदनबाट समयमा कानुन तर्जुमा हुन नसक्दा प्रदेश र स्थानीय तहले सोचेअनुसार काम गर्न सकेनन् । त्यो समयमा शतप्रतिशत काम गर्नुपर्ने थियो तर ५० प्रतिशतमा मात्र सीमित रह्यो । यसले अनेक ‘कम्प्लिकेशन’ खडा गर्यो । त्यसमा ढिलाइ भयो ।अहिले देशमा सुशासन कमजोर भएको कारण जनताको दैनिकी अप्ठ्यारो भएको छ, भ्रष्टाचार भने बढेको छ । यस्ता विकृति हुनुमा देश, नेतृत्व र संसारका घटना परिघटना पनि कारक हुन सक्छन् ।अहिले विकास निर्माणलगायतका काम कारबाहीमा ढिलाइ भएको भन्ने जनगुनासो छ नि ?– हुन त लोकतन्त्रको इतिहास हेर्ने हो भने यो बिस्तारै हुने पद्धति हो, यो प्रणालीमा जनताको बीचमा गएर उनीहरुलाई चित्त बुझाएर सरकार गठन गरेर जनचाहनाअनुसार काम गर्नुपर्छ भन्ने हो । हाम्रो भौगोलिक स्थिति, सामाजिक बनावट बुझेर अरू निकायसँग छलफल गरी अघि बढ्नुपर्छ भन्ने मान्यता छ । हाम्रो हिमाल र पहाड अप्ठ्यारो भूबनोट भएकाले स्रोतसाधन पु¥याउन कठिन छ । सबैभन्दा खतरा म कहाँ देखिरहेको छु भने विगतका घटनाको इतिहासबाट पाठ सिक्नुपर्ने हो, त्यसमा कमीकमजोरी छ, इतिहासबाट सिकेर अघि बढ्ने देश र समाजले मात्र उन्नति गर्न सक्छ । इतिहासलाई बेवास्ता गर्नेले केही गर्न सक्दैन ।देशमा विगतमा भएका राजनीति इतिहासका घटनाक्रमको अध्ययन भन्नुभएको हो ?– जननायक बीपी कोइरालाको समाजवादी नेताका रुपमा एसियामा मात्र होइन, अन्तर्राष्ट्रिय छवि बनेको थियो । पार्टीको महाधिवेशनदेखि बर्मा, सिड्नी, अमेरिकालगायतका स्थानमा समाजवादलाई कसरी लैजानुपर्छ भनेर उहाँले दिएका भाषण र वक्तव्यको पार्टीले अध्ययन अनुसन्धान गर्नुपर्नेमा त्यो भएको पाइन्न । उहाँका जेल जर्नल, आत्मवृत्तान्त, साहित्य, कलाको पनि अध्ययन अनुसन्धान हुनपर्छ । बीपी सबै देश बुझ्ने व्यक्ति हुनुहुन्थ्यो । विसं २०१७ मा कांग्रेसको दुईतिहाइ बहुमत रहेको विपीको नेतृत्वको सरकारलाई राजा महेन्द्रले विघटन गरे, त्यसले लोकतन्त्रको रुपान्तरण र विकासका हिसाबले देशलाई ३० वर्षपछि धकेलिदियो । त्यो अवधि सेना र पुलिसको शासन व्यहोर्नुपर्यो । लामो सङ्घर्षपछि विसं २०४६ को परिवर्तन कांग्रेस र वामपन्थी मिलेर भएर हो । त्यो पनि पाँच वर्ष पुग्दानपुग्दै दलभित्रका विकृति, दरबारको खेल, भू–राजनीतिको प्रभावले प्रजातन्त्रमा सङ्कट ल्यायो । त्यो इतिहासको अध्ययन र विगतका घटनाबाट पाठ नसिकेको नियतिको उपज हो ।यस्ता घटनाबाट पाठ सिक्न यहाँको के कस्तो सुझाव हुन्छ ?– देशका मुख्य शक्ति एक ठाउँमा बसेर देश निर्माणका लागि काम गर्नुपर्नेमा त्यो भएन । दरबारको र राजनीतिक दलबीचको बेमेलले मुुलुक अस्थिरतामा गयो, हतियारको राजनीतिले नेपाली बीचमै रगत बगाउने काम भयो, देश लथालिङ्ग हुन पुग्यो । देशमा उपलब्ध साधनको सदुपयोग भएन । यस बीचमा फेरि २०५९ सालमा प्रतिगमन भयो । लोकतन्त्र बहालीका लागि फेरि जेल जानुपर्ने अवस्थाले सात राजनीतिक दल र माओवादीसहितले आन्दोलन र सङ्घर्षको स्वरुप परिवर्तन गर्न प¥यो । विगतको आन्दोलन सफल भएपछि लोकतन्त्रको राजमार्ग स्पष्ट छ भनेका थियौँ, तर त्यो भएन । त्यसबेला सबै राजनीतिक शक्तिले इतिहासको गहन अध्ययन गरी सही विश्लेषणका साथ रहनुपथ्र्यो । विसं २००७ मा बीपी, २०४६ सालमा गणेशमान सिंह र विसं २०६२/६३ को जनआन्दोलन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसादको नेतृत्वमा विद्रोही माओवादीलाई समेत विश्वासमा लिएर सफल भएको हो । गिरिजाप्रसादको ‘टावर पर्सनालिटी’ भएकाले मुलुकका सबै राजनीतिक ‘फोर्स’लाई गोलबन्द बनाएर आन्दोलन सफल भएको थियो । उहाँले हतियारको राजनीति अन्त्य गर्ने कार्यलाई सफल पार्नुभयो । लडाकु व्यवस्थापन, शान्ति स्थापना, गणतन्त्र स्वीकार गर्ने महत्वपूर्ण कार्यको श्रेय उहाँलाई जान्छ । मुलुकका सबै राजनीतिक शक्तिको सुझबुझपूर्ण कार्यले सङ्घीयता, धर्मनिरपेक्ष र लोकतन्त्र स्थापना गर्न भएका हौँ । आन्दोलनको उपलब्धिका रुपमा संविधानसभाबाट जारी संविधानले सबै जातजाति, समुदाय र वर्गलाई समेटेर समावेशी बनाएर लैजाने काम भएको छ ।यत्रो बलिदानी र सङ्घर्षबाट ल्याएको गणतन्त्र र उपलब्धिलाई हामी ठीक बाटोबाट हिँड्न नसक्दा परिणाम हात पार्न नसकिएको गुनासो छ नि ?– त्यसबेलाको अप्ठेरो परिस्थिति र समयमा एउटा मात्र होइन दुईवटा संविधानसभा गर्नुपर्यो, इतिहासको कालखण्डले सर्वसाधारणको छोरा राष्ट्रपति चुनियो त्यसबेला अप्ठेरो समय थियो, दुईवटा सेना थियो, त्यसलाई कसरी व्यवस्थापन गर्ने, एउटा संविधानसभाबाट संविधान बनाउन नसकेर अर्को निर्वाचन गर्न पर्ने स्थिति बन्यो, सबैको चित्त बुझाउनुपर्ने, यस्तो बेलामा जारी भएको संविधान उत्कृष्ट नहुन सक्छ तर त्यसमा लोकतन्त्रका अवयव छ । हामीले यही पद्धतिलाई अघि बढाउनुपर्छ, यो पनि पटक–पटक आन्दोलन गरेर उपलब्धि हासिल गरिएको हो, यसलाई ठीक ढङ्गले अघि बढाउन राजनीतिक नेतृत्वको क्षमता हुनुपर्छ, जनताको चाहनाअनुसार नेताहरुले त्यसमा सकिरहेका छैन, संसारकै इतिहास हेर्ने हो ।लोकतन्त्रको अभ्यास लामो हुन्छ । प्रारम्भमा प्रजातन्त्रको जननी मानिएको बेलायतमा पनि सांसदको किनबेच हुन्थ्यो । छिमेकमा त अहिले पनि भइरहेको छ । तर पनि लोकतन्त्रको माध्यमबाट अघि बढिरहेको छ । जस्तोसुकै प्रणालीमा पनि विकृति हुन्छ तर त्यसलाई लोकतान्त्रिक व्यवस्थाअनुरुप कानुन बनाउँदै, छिद्रालाई थुन्दै, अभ्यास र जनतालाई सचेत गराउँदै, सच्याउँदै अघि जानुपर्छ । चुनावमा यति विकृति भएको छ कि टिकट पाउनदेखि जित्नसम्म पैसा नै पैसा चाहिन्छ । लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र बलिदान गरेका मानिस बाहिरिएका छन्, यसले देशलाई राम्रो गर्दैन ।इमान र निष्ठाभन्दा राजनीति ओझेलमा परेको जस्तो लाग्छ यहाँलाई ?– हामीले संसारको इतिहास पढेर अघि बढनुपर्छ । बेलायत, जापान, युरोपमा पैसाका आधारमा टिकट लिएको वा दिएको सुन्दैनौँ । बेलायतमा अरू देशबाट आएर बसेका विद्वानलाई मन्त्री र सांसद बनाएको हामी सुन्छौँ । यहाँ आफन्त, चम्चा, माफियालाई टिकट दिने प्रवृत्ति दलहरुभित्र बढ्दो छ, उसले चुनाव कसरी लड्छ, कसरी जित्छ, निष्ठाको राजनीति गर्नेहरुमा किन ‘फ्रस्टेशन’ भयो । दलका नेताले गाउँगाउँमा गएर निष्ठाको राजनीति र समाज सेवाका लागि प्रशिक्षण दिनुपर्छ । अघिल्ला पुस्ताका नेताले मुलुक सबै घुमेर सबैको भावना बुझेर काम गर्नुभएको थियो, अनि त उहाँहरु लोकप्रिय हुनुभयो । सबैतिर घुमेर सबैको भावना बुझेर कुन मानिस लोकप्रिय छ भनी ठहर्याएर मात्र निर्वाचनमा टिकट बाँड्नुभएको थियो ।उदाहरणका लागि, यादव र झाको जनसङ्ख्या बढी भए पनि २०१५ सालमा धनुषामा सरोज कोइरालालाई टिकट दिइयो । उहाँले पहाडी मुलको भए पनि किसान र मजदुरको पक्षमा काम गरेकाले अत्यधिक मत लिएर जित्नुभयो । अहिलेका नेता होटलमा जान्छन्, भाषण दिएर फर्किन्छन्, तलसम्म जाँदैनन्, न प्रशिक्षण नै हुन्छ । विपीको योगदान, गणेशमानको त्याग र कृष्णप्रसादको निष्ठाको अध्ययन गर्ने हो भने पो नेता, कार्यकर्तामा राम्रो संस्कार बस्छ । अहिले त्यो छैन । बेलुका बसेर उल्टापाल्टा खानपिन गर्ने तर अध्ययन र प्रशिक्षण नगर्ने प्रवृत्ति हाबी भएको छ । राजनीति गर्नेले कमसेकम विश्वको राजनीति अध्ययन गर्नुपर्छ । किसुनजी, बीपी, गणेशमान, पुष्पलाल, मनमोहनको निकै साधारण जीवनशैली थियो । धेरै अध्ययन गर्नुहुन्थो, उहाँहरुको जीवन भनेको ‘सिम्पल लिभिङ हाई थिङकिङ’ थियो, अनि न जनताको साथ र समर्थन भएको हो ।मुलुक अहिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा छ, यतिबेला जनतालाई केही भन्न चाहनुहुन्छ ?–अहिले नेता सत्तामुखी, आफन्तमुखी, परिवारमुखी र पैसामुखी भइरहेको गुनासो सुनिने गरिएको छ, जसले मुलुक र समाजमा विकृति जन्मिएको छ । अर्कोतर्फ पुरानो राजावादी शक्तिले पछिल्लो परिवर्तन र पद्धतिलाई आत्मसात् गरेको छैन । यस्ता तत्व सबै पार्टीमा छ । संसद् र संविधानप्रति भएका आक्रमणलाई अदालतले राम्रोसँग व्याख्या गरेको छ । राम्रा पक्षलाई अभ्यासमा ल्याएर समयसापेक्ष तुल्याउनुपर्छ । कानुन तर्जुमा र अभ्यास गर्दै अघि बढ्नुपर्छ । छिमेकी मुलुकमा विभिन्न कालखण्डमा भएका आन्दोलन कसरी समाधान गर्दै अघि बढेको छ । राष्ट्र र राज्य भनेको गहिरोसँग बुझनपर्छ, ‘भूतो न भविष्य’ २०६२÷६३ को आन्दोलनमा काठमाडौँका सडकमा ५०औँ लाख मानिस सडकमा उत्रिएर लोकतन्त्र ल्याइएको हो । यो आन्दोलनमा संसारभर रहे बसेका नेपालीको पनि त्यतिकै योगदान छ, त्यस इतिहासलाई कसैले बिर्सन हुँदैन । त्यसको सिंहावलोकन र मनन गरेर घोषणा भएको संविधानलाई पूर्ण बनाउनुपर्छ ।संविधानको पूर्ण कार्यान्वयन गर्न र दीर्घजीवी तुल्याउन अब कसरी अघि जानुपर्छ भन्ने देख्नुहुन्छ ?– संविधानमाथि आक्रमण हुँदा चित्त दुख्छ, त्यतिका उतारचढाव र बलिदानबीच जनताका प्रतिनिधिले तयार पारेर जारी भएको संविधानमा केही कमीकमजोरी हुन सक्छन् त्यसलाई क्रमशः सुधार गर्दै जानुपर्छ । तर अहिले देशमा सुशासन कमजोर भएको कारण जनताको दैनिकी अप्ठ्यारो भएको छ, भ्रष्टाचार भने बढेको छ । यस्ता विकृति हुनुमा देश, नेतृत्व र संसारका घटना परिघटना पनि कारक हुन सक्छन् । संविधान कार्यान्वयन र यसलाई दीर्घजीवी तुल्याउने सन्दर्भमा जनता, अदालत र नागरिक समाजको ठूलो योगदान छ । अप्ठ्यारो परिस्थितिबाट संविधान र लोकतन्त्रलाई बचाएर लगेको स्थिति छ, संविधानमा हामीले धेरै कुरा स्पष्ट नलेखेको भए अदालतले बचाउन सक्ने थिएन । मुुलुकमा उत्पन्न यावत् घटना पत्रिकामा लेखेर मात्र हुँदैन, राजनीतिक दलका ठूलो सङ्ख्यामा रहेका नेताहरु गाउँबस्तीमा पुगेर जनताका सुखदुःख बुझेर कार्यकर्ता र जनतालाई प्रशिक्षण दिनुपर्छ । कसले संविधान बचाउन खोजेको छ, कसले बिथोलिरहेको छ त्यो विषय जनतासमक्ष लैजान सकेको स्थिति छैन । जनता अभाव र महँगीले पिरोलिएको अवस्था छ, यस्तो समयमा सबैको चित्त बुझाएर लैजान सजिलो छैन, नेताले ठूलो छाती बनाएर लैजानुपर्छ । लोकतान्त्रिक पद्धति र प्रक्रियाबाटै अघि जानुपर्छ ।हाम्रा पुराना नेताहरु आन्दोलन हाँक्न सक्नुहुन्छ तर व्यवस्थापन भने गर्न सक्नुभएको देखिन्न भन्ने गुनासो छ, यसलाई कसरी हेर्न सकिएला ?– जनआन्दोलनको उपलब्धिलाई व्यवस्थापन गर्न नेतृत्वले सक्दैन भने अब युवालाई अघि बढाउन पर्छ । सत्तामा गएपछि लोभ हुन्छ, २०४७ सालमा गणेशमानजीले किसुनजीलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर त्याग गर्नुभयो । राजनीति देश बनाउने भावनाले लाग्ने हो, होइन भने विजनेस गरे भैलाल्यो नि । देशमा लोकतन्त्र हुनुपर्छ भनेर हामी राजनीतिमा लाग्यौँ । नेताले लोभ गर्ने होइन, ऊर्जाशील व्यक्ति तयार गर्नुपर्छ । तेस्रो विश्वमा अझै पनि अरू कसैलाई अधिकार हस्तान्तरण गर्न कठिनाइ देखिएको छ । समय परिस्थितिअनुरुप अरूलाई अघि बढाउँदा माहौल बन्छ भन्ने पक्षलाई नेतृत्वले बुझ्न जरुरी छ । उदाहरणका लागि, २०५६ सालको निर्वाचनमा त्यस बेलाको नेतृत्वले कृष्णप्रसाद भट्टराईलाई अघि सारेको थियो र राम्रो नतिजा आफ्नो पक्षमा ल्याउन सफल भएको हो । केही दिनअघि मात्रै बीपी कोइरालाको १०९ औँ जन्म दिवस मनायौँ, प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीले राणा शासनविरुद्ध लोकतन्त्रक स्थापनाका लागि दलको संरचना निर्माण गरी आन्दोलनको बीजारोपण गर्नुभयो । त्यसैको जगमा अहिले हामी सबै किसिमका प्राप्त अधिकार कार्यान्वयनका लागि लोकतान्त्रिक अभ्यास गरिरहेका छौं, भविष्यमा पनि उहाँले देखाउनुभएको निष्ठा र आदर्शको राजनीतिलाई सबैले आत्मसात् गर्न सक्यौँ भने मुलुकमा लोकतन्त्रको दीप बलिरहनेछ, जनताले समृद्धिको अनुभूति गर्नेछन् र यसले उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।
करिब छ हजार परिवार विस्थापित, भजनी पीडितको अझै उद्धार हुन सकेन
कैलालीमा शनिबार आएको बाढीका कारण करिब छ हजार परिवार विस्थापित भएका छन् ।
अछाम पहिरो अपडेट : उद्धार र राहत वितरण सुरु
तीन दिनदेखिको अविरल वर्षाका कारण शनिवार राति अछामका चार स्थानमा घर भत्किएर २१ जनाको मृत्यु भएको छ । भने दुई जना पहिरोमा बेपत्ता भएका छन् । वेपत्ताको खोजी तथा राहत वितरण र थप पीडित स्थानीयको उद्धारको काम सुरु गरेको जनाएको छ ।
आज जितिया पर्वको मुख्य दिन ‘उपवास’ बसिँदै
थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ । सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितिया पर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।
विदेशमा अलपत्र श्रमिकको उद्धार गर्न झन्डै दुई अर्ब खर्च
सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका श्रमिकको शव ल्याउन तथा अलपत्र र बिरामी भएका श्रमिकको उद्धारका लागि दुई अर्बभन्दा बढी रकम खर्च गरेको छ । वैदेशिक रोजगार बोर्डले शव ल्याउन, अङ्गभङ्ग भएका बिरामी ल्याउन र अलपत्र श्रमिकलाई स्वदेश ल्याउन वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट दुई अर्ब एक लाख रुपियाँ खर्च गरेको हो । बोर्डले साउदी अरब, कतार संयुक्त अरब इमिरेटस् (यूएई) मलेसिया, कुवेत, ओमन र बहराइनमा अलपत्र ३२ वटा शव नेपाल ल्याउन एक करोड छ लाख रुपियाँ खर्च भएको जनाएको छ ।
सकियो कार्यकाल
सङ्घीय संरचनामा पहिलो पटकको निर्वाचनपछि गठित प्रतिनिधि सभाको कार्यकाल समाप्त भएको छ । एकैसाथ निर्वाचन भएका सातवटा प्रदेश सभाको कार्यकाल पनि शनिबार रातिदेखि समाप्त भएको छ । आसन्न निर्वाचनको समानुपातिकतर्फको बन्दसूची पेस गर्ने दिनभन्दा अघिल्लो दिनलाई आधार मानेर कार्यकाल समाप्त गरिएको हो । संविधान र कानुनी रूपमा कार्यकालको सुरुवात र अन्त्यबारे स्पष्ट व्यवस्था नभएपछि २०७४ सालको अभ्यासका आधारमा कार्यकाल अन्त्य गरिएको हो । चालू अधिवेशन शनिबार राति १२ बजेबाट हुने राष्ट्रपति कार्यालयको पत्र पनि प्रतिनिधि सभामा सुनाइएको छ ।
निर्वाचन प्रक्रिया आजदेखि
नयाँ संविधान जारी भएपछि प्रतिनिधि सभा र प्रदेश सभाको अवधिका लागि निर्वाचन प्रक्रिया आइतबार सुरु हुँदै छ । नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्दै छ । प्रतिनिधि चयनको तयारी निर्वाचन आयोगले दुई महिना अगाडिदेखि नै सुरु गरिसकेको छ तर बन्दसूची पेस गर्ने समयदेखि मतदानसम्म आइतबारदेखि ६३ दिन बाँकी छ ।
घट्यो राजस्व, बढ्यो खर्च
अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा राजस्व सङ्कलनमा कमी आएको छ । आव २०७८/७९ को साउन र भदौ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा २० अर्ब ८५ करोड रुपियाँले राजस्व सङ्कलन घटेको हो । यस अवधिमा कर राजस्व मात्रै १५ अर्ब ४१ करोड रुपियाँले घटेको छ भने गैरकर राजस्व छ अर्ब ९९ करोड रुपियाँले घटेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आव २०७९/८० को दुई महिना (साउन–भदौ)मा एक खर्ब ४३ अर्ब ८१ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । यसमध्ये एक खर्ब ३० अर्ब ७० करोड रुपियाँ कर राजस्व उठेको छ । त्यस्तै १३ अर्ब १० करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएको छ ।
प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य
प्रतिनिधिसभाको चालु ११ औँ अधिवेशन शनिबार राति १२ देखि अन्त्य हुने भएको छ ।
सर्वोच्चले संसद् पुनर्स्थापना गरेर न्याय दिएको छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतले परमादेशबाट संसद् पुनर्स्थापना गरेर न्याय गरेको बताउनुभएको छ।
कैलाली भजनीको साढे ६ सय घर डुबानमा
सुदूरपश्चिममा भइरहेको अविरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढीले कैलालीको भजनी नगरपालिकामा साढे ६ सय घर डुवानमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भजनी नगरपालिकाको वडा ५, ७, ८ मा विभिन्न गाउँका करिब ६६० घर डुवानमा परेका हुन् ।
अछाममा पहिरो : मृतकको सङ्ख्या १७ पुग्यो
लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ । पहिराका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ ।
दशैँमा घर जान टिकट काट्नेको घुँइचो (फोटो फिचर)
आज बिहान ७ बजेदेखि बसपार्क क्षेत्रमा टिकट काट्नेको भीड छ । टिकट बुकिङ खुलेसँगै काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा टिकट काट्नका लागि भीड लागेको देख्न सकिन्छ ।
संविधान दिवसको अवसरमा काठमाडौंमा एमालेको पदयात्रा (फोटो फिचर)
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संविधान दिवस २०७९ को पूर्वसन्ध्यामा आज शनिबार विहान काठमाडौंमा पदयात्रा सम्पन्न गरेको छ । विभिन्न ठाउँबाट पदयात्रा गर्दै वसन्तपुरमा गएर कार्यक्रम सम्पन्न गरिएको थियो । सो अवसरमा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस राष्ट्रिय पर्वको रुपमा मनाइनुपर्ने बताउनुभयो ।