• १२ साउन २०८१, शनिबार

माओवादी केन्द्रको प्रतिबद्धतापत्र सार्वजनिक (पूर्णपाठसहित)

blog

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्नुहुँदै अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर : केशब गुरुङ

काठमाडौं, कात्तिक १४ गते । सत्ता गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र)ले मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आफ्नो प्रतिबद्धतापत्र सोमबार सार्वजनिक गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो । उहाँले केही नीतिगत र कार्यक्रमगतरुपमा प्रतिबद्धतापत्रमा स्पष्टसँग उल्लेख गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि मिल्ने शासकीयस्वरुप प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएको र आम जनताको पहुँच रहने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुने विषयलाई प्रतिबद्धतापत्रमा समावेश गरिएको बताउनुभयो ।

माओवादीले विसं २०४७ पछि सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने विषयलाई प्रतिबद्धतापत्रमा समावेश गरेको उहाँले जानकारी दिनुभयो । प्रतिबद्धतापत्र तयारी समितिका सदस्य डा. मीनबहादुर श्रेष्ठले प्रतिबद्धतापत्रमा समावेश गरिएका विषयवस्तुका बारेमा जानकारी गराउनुभएको थियो ।