नयाँ दललाई फापेको निर्वाचन
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी नयाँ राजनीतिक दलहरू जनमत परीक्षणमा सफल देखिएका छन् । पार्टी गठनको छोटो अवधिमा नै त्यस्ता दलहरूलाई जनताले राम्ररी विश्वास गरेको निर्वाचनको घोषित परिणाम र तिनीहरूले लिएको अग्रताबाट पुष्टि भएको छ ।
५८२ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस पहिलो र एमाले दोस्रो
स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ५८२ पालिकाको नतिजा सार्वजनिक भएको छ । वबहीबार बेलुका ६ बजेसम्म निर्वाचन आयोगको केन्द्रिकृत डाटामा समाविष्ट तथ्यांक अनुसार नेपाली कांग्रेसले ८७ पालिकामा प्रमुख पद जितेको छ भने ४२ पालिकामा अग्रता लिएको छ ।
वीरेन्द्रनगरको प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेदवार विजयी
मुना हमालसुर्खेत, जेठ ५ गते । वीरेन्द्रनगर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी हुनुभएको हो । नगर प्रमुखमा एमालेका मोहनमाया ढकाल (भण्डारी) र उपप्रमुखमा निलकण्ठ खनाल विजयी हुनुभएको छ । प्रमुखमा ढकालले १६ हजार ३८ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उपेन्द्रबहादुर खड्काले १५ हजार ४८४ मत ल्याएर पराजित हुनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपप्रमुखमा निलकण्ठ खनालले २० हजार ३६४ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी शान्ति ढकालले ११ हजार ५३३ मत ल्याएर पराजित हुनुभयो । एमालेले यस पटक वीरेन्द्रनगरमा काँग्रेसको गढ भत्काउँदै विजयी हासिल गरेको छ । एमालेले अघिल्लो निर्वाचनमा प्रमुखमा हारेको थियो । प्रमुख ढकाल अघिल्लो निर्वाचनमा उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । यसपटक उहाँलाई एमालेले प्रमुखको उम्मेदवार बनाएको थियो । यसपटक गठबन्धनलाई हराउँदै नगरको १६ वडामध्ये ११ वटा वडासहित प्रमुख र उपप्रमुखमा एमालेले जितेको छ । काँग्रेसले पाँच वटा वडा जितेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नं २ मा एमालेबाट गजबहादुर बुढा, वडा ३ मा विनोदसिंह विष्ट, वडा नं ४ मा शेरबहादुर के सी, वडा नं ५ मा लोकवहादुर शाही विजयी हुनुभएको छ । यस्तै, एमालेबाट वडा नं ८ मा टीकाराम शर्मा, वडा नं ९ मा ऋषि गिरी, वडा नं १० मा डिलबहादुर रखाल, वडा नं ११ मा खिमलाल देवकोटा, वडा नं १२ मा चुडामणि चपाई, वडा नं १४ मा देवबहादुर रोकाय र वडा नं १६ मा डण्डबहादुर विश्वकर्मा विजयी हुनुभएको छ । सोहीअनुसार वडा नं १ मा काँग्रेसका दिनेश खत्री, वडा नं ६ मा जनकबहादुर रावल, वडा नं ७ मा ध्रुव कुमार चपाई, वडा नं १३ मा दीपेन्द्रराज कोइराला र वडा नं १५ मा कृष्णबहादुर थापा विजयी हुनुभएको छ ।
मृतक सुरक्षाकर्मीका परिवारलाई २० लाख : घाइतेको उपचार सरकारले गर्ने
केन्द्रीय सुरक्षा समितिको बैठक गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बिहीबार बस्यो । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा ३० वैशाखमा एकै चरणमा मुलुकभर सम्पन्न स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थापनबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
नुवाकोटका नवनिर्वाचित १० पालिका प्रमुखले लिए शपथ
जिल्लाका नवनिर्वाचित १० पालिका प्रमुखहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बुधबारसम्म आएको अन्तिम मतपरिणाम अनुसार नवनिर्वाचित १० गाउँपालिकाका प्रमुखहरुले बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
पाँचसय सत्तरी स्थानीय तहको परिणाम सार्वजनिक
गोरखापत्र अनलाइनकाठमाडौं, जेठ ५ गते । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको आजसम्म ५७० स्थानीय तहको निर्वाचन परिणाम आएको छ । निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले आज आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराउनुभएको हो ।प्रवक्ता पौडेलका अनुसार हालसम्म प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाध्यक्षमा ५ हजार ६५९, महिला सदस्यमा ५ हजार ६५३, दलित महिला सदस्य ५ हजार ५५६ र वडा सदस्यमा ११ हजार २९५ गरी कूल २९ हजार ३०३ जना उम्मेदवार निर्वाचित भइसकेका छन् । कुल ३५ हजार २२१ मध्ये अहिलेसम्म आएको परिणाम ८० प्रतिशत रहेको प्रवक्ता पौडेलले बताउनुभयो । देशभरका ७५३ पालिकामध्ये दाङको तुल्सीपुर उपमहानगरपालिका वडा १७ र कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाबाहेक देशभरका सबै मतदान केन्द्रमा मतदान कार्य सञ्चालन भएको प्रवक्ता पौडेलले बताउनुभयो । स्थगन भएका स्थानमध्ये ५ स्थानमा जेठ १ गते, ७ स्थानमा जेठ २ गते, ८ स्थानमा जेठ ३ गते र १५ स्थानमा जेठ ४ गते मतदान कार्य सम्पन्न भइसकेको आयोगले जनाएको छ । यसैगरी अछामको साँफेबगरमा जेठ ६ गते पुनः मतदान हुने कार्यक्रम रहेको प्रवक्ता पौडेलले जानकारी गराउनुभयो । यस्तै, उदयपुरको त्रियुगा नगरपालिका वडा १२ र बाजुराको बुढीगंगा नगरपालिकाको सम्बन्धमा आयोगबाट निर्णय हुन बाँकी रहेको छ । जेठ ५ गतेलाई स्थानीय तहका जनप्रतिनिधिहरुको पदमा बहाल रहने अन्तिम मिति मानेर सो मितिसम्ममा वैशाख ३० मा सम्पन्न भएको मतदानको गणना कार्य सक्नेगरी निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतहरुलाई यसअघि नै आवश्यक निर्देशन दिइसकेको छ ।जेठ ५ गतेसम्ममा सम्पूर्ण स्थानीय तहमा मतगणना कार्य सम्पन्न हुन नसकेको हुँदा यथासक्य छिटो, बढीभन्दा बढी मत गणना टोली परिचालन गरी गणना कार्य सम्पन्न गर्न र गत वैशाख ३० गते मतदान स्थगित भई पुनः मतदान भएका मतदान केन्द्रको हकमा मतपेटिका प्राप्त भएको बढीमा ४ दिनभित्र मत गणना कार्य सम्पन्न हुने विश्वास आयोगले गरेको छ ।नेपालको संविधानको धारा २१५ उपधारा (४) मा गाउँसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले पन्ध्र दिनभित्र गाउँसभाका सदस्यहरुले आफूमध्येबाट निर्वाचित गरेका चार जना महिला सदस्य र उपधारा (५) बमोजिमको योग्यता भएका दलित वा अल्पसंख्यक समुदायबाट गाउँसभाले निर्वाचित गरेका दुई जना सदस्य हुने व्यवस्था छ ।त्यस्तै, धारा २१६ को उपधारा (४) बमोजिम नगरसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको पन्ध्र दिनभित्र नगरसभाका सदस्यहरुले आफूमध्येबाट निर्वाचित गरेका पाँच जना महिला सदस्य र उपधारा (५) बमोजिमको योग्यता भएका दलित वा अल्पसंङ्ख्यक समुदायबाट नगरसभाले निर्वाचित गरेका तीन जना सदस्य समेत नगर कार्यपालिकाको सदस्य हुने व्यवस्था रहेको भन्दै आयोगले स्मरण गराएको छ ।त्यसैगरी, निर्वाचित जनप्रतिनिधिहरुमध्ये गाउँपालिकाको अध्यक्ष, नगरपालिकाको प्रमुख र जिल्ला समन्वय समितिको प्रमुखले आफ्नो कार्यभार सम्हाल्नु अगावै निर्वाचित भएको सात दिनभित्र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेको ढाँचामा सम्बन्धित जिल्ला न्यायाधीशसमक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने व्यवस्था छ ।सोहीअनुसार गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको उपप्रमुख, वडाअध्यक्ष, गाउँ तथा नगरसभाका सदस्य र जिल्ला समन्वय समितिका उपप्रमुख र सदस्यले अध्यक्ष वा प्रमुखले शपथ लिएको सात दिनभित्र तोकिएको ढाँचामा पद तथा गोपनियताको शपथ लिनुपर्ने व्यवस्था रहेकाले सोहीअनुसार गर्न गराउन आयोगले सम्बन्धित सबैमा स्मरण गराएको छ । आयोगले निर्वाचन प्रक्रियामा स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन (मतदान) निर्देशिका, २०७८ र स्थानीय तह निर्वाचन (मतगणना) निर्देशिका, २०७८ को व्यवस्थाको प्रतिकूल हुनेगरी कार्य गर्ने कर्मचारीको विवरण पठाउने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । त्यस्तै, आयोगले स्थानीय तह सदस्य निर्वाचनको सिलसिलामा देशका विभिन्न मतदानस्थलका मतदान केन्द्रमा भएका कानूनविपरीत गतिविधिमा संलग्नलाई कारवाही गर्न निर्देशन दिएको छ । त्यस्ता गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गरी निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ बमोजिम कारवाही गर्न नेपाल सरकार, गृह मन्त्रालयमार्फत ७७ जिल्लाका सबै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिने र सोको जानकारी प्रहरी प्रधान कार्यालयलाई दिने आयोगले निर्णय गरेको प्रवक्ता पौडेलले बताउनुभयो ।
गोकर्णेश्वर नगरप्रमुखमा काँग्रेसका रिसाल र उपप्रमुखमा एमालेका लामा विजयी
काठमाडौंको गोकर्णेश्वर नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका दीपककुमार रिसाल विजयी हुनुभएको छ । निर्वाचन अधिकृतकाे कार्यालय अनुसार उहाँले नौ हजार ६९२ मत ल्याउनुभएकाे छ । रिसालका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उद्वव विष्टले आठ हजार ५०४ मत प्राप्त गर्नुभयो । नेकपा एकीकृत समाजवादीका गोपालप्रसाद बरालले एक जार ८४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार घिमिरेले ८४० मत ल्याउनुभयो ।
दुई वडाको गणना अगावै भानु नगर प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी
दुई वडाको मत गन्न बाँकी छँदै तनहुँको भानु नगरपालिकाको प्रमुख तथा उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । सो नगरपालिकामा अधिकांश वडा पनि काँग्रेसले नै जितेको छ ।
कपिलवस्तुको यशोधरा गाउँपालिकामा एमालेका उम्मेदवार विजयी
नारद कोहारतौलिहवा, जेठ ५ गते । कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार शिवदायल तिवारी निर्वाचित हुनुभएको छ । तिवारीले नेपाली काँग्रेसका उम्मेदवार अनुपकुमार पाण्डेयलाई १ हजार २६२ मतले पछि पार्दै अध्यक्षमा विजयी हुनुभएको हो । विजयी तिवारीले ४ हजार ४ सय ६२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका पाण्डेयले ३ हजार २ सय मत प्राप्त गर्नुभयो । त्यस्तै, गाउँपालिकाको उपाध्यक्षमा एमालेकै गुन्जादेवी मौर्या निर्वाचित हुनुभएको छ । मौर्याले काँग्रेस उम्मेदवार बिन्द्रावती यादवलाई ८ सय ८ मतले हराउँदै विजयी हुनुभएको हो । उपाध्यक्षमा निर्वाचित मौर्याले ४ हजार ४५ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसकी यादवले ३ हजार २३७ मत प्राप्त गर्नुभयो । एमालेले गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित वडा नं. १, २ र ८ गरी तीनवटा वडा जितेको छ । त्यस्तै कांग्रेसले वडा नं. ३ र ७ गरी दुर्ई वटा वडा, जनता समाजवादीले एक, जनमत पार्टीले एक र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका छन् । गाउँपालिकामा आठ वटा वडा छ । २०७४ को निर्वाचनमा यशोधरा गाउँपालिका काँग्रेसले जितेको थियो ।
गोदावरी नगरप्रमुखमा काँग्रेसका महर्जन र उपप्रमुखमा अधिकारी दुवै पुनः विजयी
ललितपुरको गोदावरी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका गजेन्द्र महर्जन विजयी हुनुभएको छ । उहाँले १९ हजार १७० मत प्राप्त गर्नुभएको हो । महर्जनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का गम्भीरबहादुर रानाले १५ हजार २३२ मत प्राप्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजकुमार महर्जनले एक हजार ४८३ मत ल्याउनुभयो ।
स्याङ्जाको नगरमा काँग्रेस, गाउँमा एमालेको दबदबा
स्थानीय तह निर्वाचन २०७९ मा स्याङ्जामा रहेका सबै ११ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । पाँच नगरपालिका र ६ गाउँपालिकामध्ये चार नगरपालिका र एक गाउँपालिकामा नेपाली काँग्रेस तथा एक नगरपालिका र पाँच गाउँपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।
प्यूठानमा काँग्रेस र माओवादीकाे तीन/तीन, एमालेकाे दुई र जनमाेर्चाकाे एक पालिकामा विजय
प्यूठानका नौ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । घोषित मतपरिणाम अनुसार नेपाली काँग्रेसले २२ वडासहित ३ पालिका प्रमुख र ४ उपप्रमुख जितेको छ। माओवादी केन्द्रले दस वडासहित ३ पालिकामा प्रमुख र १ उपप्रमुखमा जित निकालेको छ।
सत्ता र प्रतिपक्ष अर्थतन्त्रका विषयमा गम्भीर हुनुपर्छ : सांसद रिजाल
नेपाली कांग्रेसका सांसद डा. मिलेन्द्र रिजालले सरसर्ती हेर्दा बजेटका प्राथमिकता राम्रो रहेका र सत्ता तथा प्रतिपक्ष दुवैले अर्थतन्त्रका विषयमा गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ ।
गणतन्त्र दिवस तीन दिनसम्म भव्यरूपमा मनाइने
सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको गणतन्त्र दिवस २०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म कार्यक्रम गरी भव्यरूपमा मनाउने निर्णय गरेको हो ।
नवनिर्वाचित प्रमुख र अध्यक्षको शपथ ग्रहण न्यायाधीशबाट– शुक्रबारदेखि नयाँ कार्यकाल सुरु
वैशाख ३० गते एकै चरणमा सम्पन्न भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल भोलि जेठ ६ गतेबाट सुरु हुने भएको छ । कार्यभार सम्हाल्नुअघि नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ दिनुपर्ने कानुनी व्यवस्था छ ।
आमाहरूकी आमा दिलशोभा भन्नुहुन्छ: संसार मायामा अड्किएको छ
भनिन्छ भगवानको अर्को रुप नै आमा हुन् । हामी संसारको जुनसुकै कुरा किन्न सकौंला तर आमा किन्न सक्दैनौं । आमालाई सम्झिँदै गर्दा दिलशोभाको नाम हरेकले सम्झिने गर्नुहुन्छ ।
काठमाडौं महानगरपालिका प्रमुखमा बालेन्द्र शाहको अग्रता कायमै
काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राख्नुभएको छ । केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले नौ हजार ५६३ मतान्तरका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ ।
नागरिकता विधेयक दलीय सहमतिमा संसदमा पेस गर्ने तयारी
गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ ।
पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धन, उपप्रमुखमा एमालेको अग्रता
पोखरा महानगरपालिकाको प्रमुख पदमा गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)को अग्रता रहेको छ । हालसम्म ४७ हजार ४६६ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले १९ हजार ६१५ मत प्राप्त गर्नुभएको छ । एमालेका कृष्णबहादुर थापाले १७ हजार ५१२ मत प्राप्त गर्नुभएको छ ।
एकै परिवारका तीन पुस्तामाथि विजय
गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेल–७ (तत्कालीन–२)का रोमीप्रसाद व्याञ्जूले चौथो पटक जित हात पार्नुभएको छ । हरेक पटक वडाध्यक्षको उम्मेदवार हुँदा उहाँले यस पटक पनि सोही पदमा जित हासिल गर्नुभएको हो ।
टीकापुर प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका थारु निर्वाचित
कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डङ्गौरा थारु निर्वाचित हुनु भएको छ । गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार नवराज रावललाई पराजित गरेर उहाँ प्रमुखमा विजयी हुनु भएको हो ।
निर्वाचित जनप्रतिनिधिको दायित्व
जनताले आफ्नो प्रतिनिधि छान्न पाउने र छानेको जनप्रतिनिधिले जनतासँग गरेको वाचा पूरा गर्ने चक्र नै लोकतन्त्र हो । लोकतन्त्रमा जनमतको कदर गर्न जनप्रतिनिधिले जनताको अपेक्षाको परिमाण आउने गरी कार्ययोजनासहित प्रतिबद्धताका साथ अघि बढ्नुपर्छ । शासकको भूमिकामा होइन सेवकको भूमिकामा शासन सञ्चालन हुनुपर्छ । जनताले, जनताद्वारा र जनताका लागि गरिने उत्थानको अभ्यास नै लोकतन्त्रको मर्म हो ।नेपालमा वि.सं. २००७ मा प्रजातन्त्र आयो ०१७ सालमा प्रजातन्त्रको गतिमा रोकावट भयो । प्रजातन्त्रप्रेमी परिपक्व नहुँदै तत्कालीन शासकले आफ्नो अस्तित्व कायम गर्न मौका खोज्नु नै ०१७ सालको परिणाम हो भन्ने गरिएको छ । विश्व परिवेशमा एकदलीय शासन पतनतिर उन्मुख भएपछि २०४६ सालमा नेपालमा लोकतन्त्रको उदय भयोे । वि.सं. २०७२ मा संविधान सभाले संविधान बनाएपछि लोकतन्त्रको जग अझै बलियो भएको आभास भएको छ । सङ्घीय शासन व्यवस्थामा सङ्घ, प्रदेश र स्थानीय तह रहेको व्यवस्था संविधानमा रहेको छ । स्थानीय शासन व्यवस्थालाई घरदैलोको सरकार भन्ने गरिएको छ ।विश्व परिवेशमा प्रायः सङ्घ र प्रदेश दुई तहको शासन व्यवस्था उल्लेख भएको पाइन्छ । नेपालमा सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको शासन व्यवस्था संविधानमा व्यवस्था गरिएको छ । स्थानीय तहलाई कानुन बनाउने, प्रारम्भिक न्यायिक निरुपण गर्नेजस्ता अधिकार रहेको छ । नेपालमा दोस्रो स्थानीय तह निर्वाचन भई नयाँ जनप्रतिनिधिले स्थानीय तहको बागडोर समाल्दै छन् । स्थानीय तहको सरकारको पहिलो कार्यकालमा केही पालिकामा राम्रा काम भएको र त्यसले स्थानीय सरकारको आवश्यकता पुष्टि गरेको छ । स्थानीय सरकारले सामाजिक, आर्थिक, सांस्कृतिक विकाससँगै राजनीतिक सुधारका पक्षमा पनि केही काम गरेको पाइयो । यस्तो अवसर सबै पालिकामा भए पनि धेरैमा नतिजा सन्तोषजनक भएनन् भन्ने गुनासो रह्यो । पालिकाहरूले विकाससँगै गरिबी निवारण, उद्यमशीलता र सदाचारयुक्त समाज निर्माण गर्नेतर्फ कम ध्यान दिइयो । नागरिकका आधारभूत सेवा प्रवाहमा समेत धेरै गुनासा आए । स्रोत व्यवस्थापन, जनशक्ति परिचालन, समन्वयकारी भूमिका एवं सशक्त कार्य समूह निर्माणमा सन्तोषजनक परिणाम आउन सकेन भन्ने तर्क आए । भ्रष्टाचारको धेरै गुनासो रह्यो । स्रोत परिचालनमा प्राथमिकता नतोकिनु र पूर्व कार्ययोजना बिना काम गर्ने परिपाटीले आवश्यकता पहिचान र कामको गुणस्तरमा कमीकमजोरी देखिए । सेवा प्रवाह गर्ने शैलीमा नयाँपनको उपयोग कमै पाइयो । दलीय भावनाले सेवा प्रवाहमा तटस्थस्ता देखिएन र हाम्रो मान्छेको भावनाले सेवा प्रवाहमा असर प-योे । स्थानीय सरकारसँग सङ्घ र प्रदेश सरकारले सहजीकरण र सहकार्य गर्नुपर्ने दायित्वमा पनि कमीकमजोरी देखिए । संविधानले दिएका अधिकार सदुपयोग गर्न स्थानीय सरकार सक्षम बन्न नसकेका गुनासा पनि त्यत्तिकै मात्रामा आए । स्थानीय तहले संरचनागत व्यवस्थापन, नीति निर्माण र समन्वयकारी भूमिकामा पनि अपेक्षाअनुसार काम गर्न सकेन भन्ने गुनासो रह्यो ।समग्रमा मूल्याङ्कनको नतिजामा जे–जस्तो नतिजा आए पनि सूक्ष्म रूपमा हेर्दा केही पालिकाले राम्रो काम गरेका छन् । पालिकाको आधारभूत सेवा प्रवाहमा नयाँपन, स्रोत परिचालनको व्यवस्थापन, आवश्यकताको पहिचान र प्राथमिकीकरण एवं गुणस्तरीय पूर्वाधार विकासजस्ता महत्त्वपूर्ण विषयमा राम्रो नतिजा आएको छ । यस्तो नतिजा थोरै पालिकाबाट आए पनि अबका दिनमा नयाँ जनप्रतिनिधिलाई यी पालिकाको काम अनुकरणीय हुनेछ । पहिलो पटक नयाँ संरचनामा नयाँ तरिकाले काम गर्नु चुनौती नै थियो । संविधानको मर्म र सङ्घीय संरचनाको नयाँ अभ्यासले पनि सार्थकता पाउन केही कठिन थियो । त्यसका लागि कार्य अनुभवको कमी र कार्यसञ्चालनमा पुरातन सोच अवरोधका रूपमा रहेका थिए ।नयाँ जनप्रतिनिधिको पाँच वर्षको कार्यकालमा जनताको सेवा गर्ने अवसर प्राप्त भएको छ । जनतासँगको वाचा गरेका र जनमतको कदर गर्दै जनताको सहयोगमा राम्रो काम गर्न विभिन्न रणनीति तय गर्नु आवश्यक छ । पहिलो चुनावी चरणका मनमुटाव बिर्सने र सबैको जनप्रतिनिधिका रूपमा आफूलाई अगाडि सार्नुपर्छ । समग्र जनताको प्रतिनिधिको रूपमा काम गर्ने रणनीतिका साथ अगाडि बढ्नुपर्छ । दोस्रो, जनतासँग वाचा गरेअनुसार वार्षिक कार्ययोजनासहित अगाडि बढ्ने र उक्त कार्ययोजनालाई वैधानिकता दिनुपर्ने हुन्छ । कार्ययोजना बनाउँदा पालिकाको आवश्यकता र स्रोतको व्यवस्थापन एवं मूल्याङ्कन सूचकसमेतको आधार लिई बनाउने र मूल्याङ्कनको नतिजाका आधारमा रणनीति तय गर्दै जानु राम्रो हुन्छ । तेस्रो, कार्ययोजनामा निरन्तर गर्ने कामको सुधार र समयअनुसार गर्ने कामको प्रष्टता गर्ने र कामका लागि जिम्मेवारी दिन कार्यसम्पादन सम्झौता गरी जिम्मेवारी तोक्नु राम्रो हुन्छ । आफ्नो कार्य सम्पादन समग्र कार्यसमूहको कार्यसम्पादनमा निर्भर हुने हुँदा अनुभव र विज्ञताका आधारमा कामको जिम्मेवारी तोक्नु उपयुक्त हुन्छ । कामको तालिका बनाई अनुगमन गर्ने, कमीकमजोरी समयमै सुधार गर्ने र निश्चित समयमा कार्य टोली र जनशक्तिको मूल्याङ्कन गरी राम्रो नतिजा प्राप्त गर्नेलाई पुरस्कार र कमजोर कार्यसम्पादनको क्षमता विकासका योजनासहित सुधार गर्ने अभियान चलाउनुपर्छ । चौथो, स्रोत व्यवस्थापन गर्न सङ्घ र प्रदेश सरकारसँग संवैधानिक अधिकारसहित सन्निकिटतामा रहने र आफ्नो कार्यक्षेत्रमा स्रोत प्राप्त गर्न रचनात्मक कार्यमा जोड दिनु उपयुक्त हुन्छ । स्रोत परिचालनमा नागरिकलाई बोझ हुनेगरी कार्य गर्न हँुदैन । पाचौँ, पालिकाको आवश्यकता तल्लो तहबाट पहिचाहन गरी स्रोतका आधारमा प्राथमिकता निर्धारण गर्ने र सोहीअनुसार कार्ययोजना बनाई वैधानिकताका साथ अघि बढ्नुपर्छ । छैटौँ, जन्मदेखि मृत्युसम्मका नागरिकका आधारभूत सेवामा नयाँपन अनुसार सेवा प्रवाह गर्ने, सेवा प्रवाह गर्दा अनलाइन सेवा प्रवाहमा ध्यान दिनु उपयुक्त हुन्छ । सातौँ, सुशासन कायम गर्न पारदर्शिता, उत्तरदायीपन, विधिको पालना र समावेशिताको कार्यशैली अपनाउने, नागरिकको गुनासो सुन्ने र गुनासा समयमै सम्बोधन गर्न नागरिक र पालिकाबीच प्रत्यक्ष वा परोक्ष रूपमा अन्तरसंवाद गरी नागरिकका सुझावका आधारमा कार्यशैलीमा सुधार गर्दै जाने र भ्रष्टाचारको मामिलामा शून्य सहनशिलता अपनाउनुपर्छ । आठौँ, पालिकाभित्रका सार्वजनिक सम्पत्तिको अभिलेख राख्ने र संरक्षण गर्ने प्राकृतिक स्रोतको उपयोग गरी उद्यमशीलताको प्रवद्र्धन गर्ने र उत्पादनलाई बजारसँग जोड्ने, सार्वजनिक पूर्वाधारको संरक्षण र मर्मत सम्भार गर्नेजस्ता कामलाई प्राथमिकता दिनुपर्छ । नवौँ, पालिकाभित्रका सङ्घसंस्थालाई सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा सक्रिय पार्ने सहयोगी अङ्गका रूपमा परिचालन गर्ने र अन्तर पालिकाको सम्बन्ध बढाई संयुक्त लाभका कार्ययोजना बनाई अघि बढ्नेतर्फ ध्यान दिनु आवश्यक छ । दसौँ, विपत् न्यूनीकरण गर्न विपत् व्यवस्थापनको योजना र तत्परता, ठूला नगरपालिकामा फोहोर व्यवस्थापन एवं जलवायु परिवर्तनको न्यून असरको कार्ययोजनामा ध्यान दिनुपर्ने हुन्छ । अन्त्यमा संविधानको अनुसूचीमा भएका एकल र साझा अधिकार कार्यान्वयन गर्न प्रभावकारी साझेदारी गर्ने र एकल अधिकारको प्रभावकारी कानुन बनाई लागू गर्नुपर्छ । जनताको सुख र समृद्धिको खाका बनाई जनतासँगको अन्तरसंवादबाट निस्कने निष्कर्षलाई आधार मानेर अघि बढ्दा उत्तम हुन्छ । जनमतको कदर जनमैत्री कार्यव्यवहारबाट मात्र हुन्छ । जनताको अपेक्षालाई प्राथमिकीकरण गरी सेवा प्रवाहमा प्रभावकारिता ल्याउनु निर्वाचित जनप्रतिनिधिको महत्त्वपूर्ण जिम्मेवारी हो । जनताले दिएको जिम्मेवारीलाई अवसरको रूपमा लिने र समग्र कार्यसमूहलाई परिचालन गरी आफ्नो कार्यसम्पादनमा राम्रो नतिजा दिन सके राजनीतिक भविष्य उज्ज्वल हुनेछ । जनतासँगको निकटता बढ्छ र भविष्यमा ठूलो जिम्मेवारी प्राप्त हुने सम्भावना रहन्छ । स्थानीय तहको सरकार घरदैलोको सरकार भएकोले सङ्घ र प्रदेशको सेवा प्रवाहमा समेत स्थानीय तह मियोको रूपमा देखिनु आवश्यक छ । काम गर्न चुनौती पनि छन् चुनौतीहरूलाई अवसरमा बदली नागरिकको मन जिती नागरिक परिचालन गर्नसमेत जनप्रतिनिधि सक्षम हुनुपर्छ । जनप्रतिनिधिले आफूलाई व्यक्तिगतभन्दा सार्वजनिक भूमिकामा रहेको अनुभूतिका साथ काममा अघि बढ्नु उपयुक्त हुन्छ ।
पहिलो स्थानीय तहको कार्यकाल पूरा
देशभरका ७५३ वटा स्थानीय तहका जनप्रतिनिधिहरूको पाँच वर्षे कार्यकालको आज (बिहीबार) अन्तिम दिन हो । २०७४ मा चार चरणमा भएको स्थानीय तहको निर्वाचनको पहिलो चरणको वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट चयन भएका जनप्रतिनिधिको कार्यकाल जेठ ६ गते सुरु भएको थियो ।
गौतमबुद्धको घर तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सुचीकृत हुने
गौतमबुद्धको घर कपिलवस्तुको तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सुचीकृत हुने भएको छ । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समाबेशका लागि लगिने प्रक्रियाको विषयमा लुम्बिनीमा भएको छलफलले निष्कर्ष निकालेको हो ।