निर्वाचन र उच्च स्तरीय भ्रमण सुरक्षामा गृहमन्त्रीको चासो
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ। आइतबार अपरान्ह गृह मन्त्रालयमा बसेको सुरक्षा समिति बैठकमा गृहमन्त्री खाणले विपद्को उद्धार, उच्च स्तरीय भ्रमण र निर्वाचन सुरक्षाको विषयमा चासो राख्नुभएको छ।
बन्दसूची संशोधन गरी पेश गर्न दललाई एक साताको समय
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले बुझाएको उम्मेदवारको बन्दसूची संशोधन गर्न सात दिनको समय दिने निर्णय गरेको छ । निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेद्वारा आज आइतबार जारी विज्ञप्तिमा सो निर्णय भएको जनाइएको हो ।
नृत्यमा दानवमाथि महाकालीको विजय (फोटो फिचर)
काठमाडौं उपत्यका इन्द्रजात्रामय छ। द्वादशीका दिन इन्द्रध्वजोत्थानदेखि सुरु भएको इन्द्रजात्रामा विभिन्न देवदेवीको पूजाआजा गर्नेदेखि आफ्नो पितृलाई समेत सम्झिने गरिन्छ।
बचेरा हुर्काउँदै दुर्लभ चरा भुँडीफोर गरुड (फोटो फिचर)
महाराजगन्ज नगरपालिका –५ उदयपुर गाउँको आकाशमा ठूला चरा आकाशको परिक्रमा गरिरहेका छन् । विश्वमा दुर्लभ रहेको भुँडीफोर गरुड आलोपालो गर्दै परिक्रमा गर्छन् । गाउँको दुर्गा भवानी आधारभूत विद्यालयको छेउमा रहेको अग्लो कर्माको रुखमा ७ वटा भुँडिफोर चराले गुँड लगाएका छन् । गुँडमा हुर्किदैगरेका बचेराको रक्षा गर्न भालेपोथी आलोपालो कुर्ने गर्छन् ।
तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको छ : मन्त्री खड्का
परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताउनुभएको छ।
जनता आवास कार्यक्रमबाट बनेका घर मान्छे नबस्दै जीर्ण
जनता आवास कार्यक्रमबाट निर्माण भएका घरहरु सेवाग्राही नबस्दै जीर्ण भएका छन् । डिजाइन इष्टिमेटअनुुसार निर्माण भएका घरमा सेवाग्राहीले बस्न नमान्दा घरहरु जीर्ण बनेका हुन् ।
६१ वटा कुखुरा मार्ने चितुवा, कृषकबाट मारियो
गुल्मीमा कुखुरा खाएर स्थानीयलाई हैरान बनाउने चितुवा मारिएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका ६ निनीचौरका ३० वर्षीय यमबहादुर कुँवरले फार्ममा छिरेर कुखुरा खाने चितुवा मार्नुभएको हो।
कृष्णनगर भन्सारबाट ६५ प्रतिशतले बढ्यो निर्यात
। कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयबाट हुने निर्यात ६५ प्रतिशतले वृद्धि भएको छ । कार्यालयका अनुसार भन्सार कार्यालयको निर्यात हालसम्मको सबैभन्दा उच्च रहेको बताइएको छ ।
खसी, बोका र च्याङ्ग्रा खरिद सुरु : घटस्थापनाको भोलिपल्टबाट बिक्री गरिने
खाद्य व्यापार तथा कम्पनी लिमिटेडले दशैका लागि खसी,बोका तथा च्याङ्ग्रा खरिदका लागि गृहकार्य थालेको जनाएको छ ।
सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज देखि सुरु [फोटो फिचर]
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (आइतबार) देखि विधिवत् आरम्भ भएको छ ।
पचास वर्षमा पनि पूरा नभएको सिँचाइ पोखरी
२०२९ सालमा निर्माण गरिएको सुदूरपश्चिमको सबैभन्दा बढी क्षमताको सिँचाइ पोखरी निर्माण भएदेखि नै रित्तो छ। विभिन्न मेला र चाडपर्वमा भने पोखरी मान्छेको भीडले भरिने गरेको छ। अमरगढी नगरपालिका–७, (तत्कालीन उग्रतारा गाविस–५) पोखरामा सिँचाइका लागि निर्मित पोखरी सिँचाइ प्रयोजनमा भने कहिल्यै आउन सकेको छैन।
विदेशीले लैजान्छन् आठ अर्ब
नेपालीले विदेशमा काम गरेर पठाएको विपे्रषणबाट अर्थतन्त्रलाई ठूलो भरथेग त भइरहेकै छ तर नेपाल विपे्रषण ल्याउने मुलुकमात्र भने होइन । नेपालमै कमाएर विदेशीले बर्सेनि अर्बौं रुपियाँ पनि लगिरहेका छन् । विदेशी नागरिकले नेपालमा आम्दानी गरेर आर्थिक वर्ष २०७८/७९ मा मात्रै करिब आठ अर्ब रुपियाँ लगेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ । राष्ट्र बैङ्कका अनुसार यो रकम औपचारिक माध्यमबाट गएको विप्रेषण मात्रै हो ।
समितिको सम्पत्ति सीमित व्यक्तिका नाममा
सार्वजनिक यातायातका समितिहरूका नाममा रहेको चल अचल सम्पत्ति तत्कालीन समितिका पदाधिकारीले कम्पनी खडा गरी सीमित व्यक्तिको अधीनमा ल्याएका छन्। पाँच वर्षअघिको त्यस्तो काम अहिले थाहा पाएर यातायात व्यवसायीले खोजी गर्न थालेका छन्। सार्वजनिक यातायातका सिन्डिकेट पाँच वर्षअघि हटाउँदा सरकारले समितिहरूलाई कम्पनीमा रूपान्तरण गर्ने विकल्प दिएको थियो। त्यसैको सुविधा उपयोग गर्दै समितिका पदाधिकारीले सदस्यहरूलाई थाहै नदिई सम्पूर्ण चल अचल सम्पत्ति पदाधिकारीका नाममा दर्ता गराएको गुनासो व्यवसायी सदस्यहरूको छ।
न काम, न त कार्यविधि नै
मुलुकको पूर्वाधार निर्माणलाई तीव्रता दिन सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गरेको तीन वर्ष बिते पनि कम्पनीले अहिलेसम्म कुनै काम अगाडि बढाउन सकेको छैन। कम्पनीलाई सहज रूपमा सञ्चालन गर्न आवश्यक पर्ने न नियमावली अहिलेसम्म बनाइएको छ न कार्यविधि नै। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहत रहनेगरी नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड नामको कम्पनी २०६६ साउनमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो। आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमार्फत सरकारले आफ्नै निर्माण कम्पनी सञ्चालन गर्ने घोषणा गरेको थियो।
‘उचित परामर्शले आत्महत्या रोक्न सकिन्छ’
नेपालमा महिलाको तुलनामा पुरुषले बढी आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ ।
पाँचको मृत्यु, घाइतेको उद्धार गर्न हेलिकप्टर परिचालन
दार्चुलामा शुक्रबार रातिको अबिरल वर्षापछि आएको बाढी पहिरोमा परी अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । १० जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले पुष्टि गरेको छ । बाढी पहिरोबाट संयौं मानिस प्रभावित भएका छन् । घाइतेको उद्धारमा हेलिकप्टर परिचालन गरिएको छ ।
साताका सात तस्बिर
जलमग्न माइतीघर मण्डलामा कष्टपूर्ण ढङ्गले बाटो काट्दै पैदलयात्रु र पानीमा फसेका सवारी साधन।
दशैं नजिकिएसँगै फस्टाउँदै सीमापारीका बजार
दशैं नजिकिंदै गर्दा स्थानीयहरु सीमापारी सुनौली बजारमा सामग्री किनमेलका लागि जानेक्रम बढेको छ । नेपाली बजार महंगो भन्दै सस्तो पाइने आशमा स्थानीयहरु सीमापारी जानेगरेका छन् ।
बजार अनुगमनलाई तीव्रता दिइने
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको मुखमा हुनसक्ने कालोबजारी, महँगी तथा म्याद गुज्रिएका खाद्यवस्तुको व्यापार हुन सक्ने भएकाले अनुगमलाई तीव्रता दिने जनाएको छ ।
मन परेका तस्बिर
काठमाडौं, भदौ २५ गते । रात्रिकालीन लेकसाइडको झिलिमिली : पोखरास्थित लेकसाइडको शुक्रबार साँझ देखिएको झिलिमिली दृश्य ।पर्वत र बागलुङ जोड्ने बन्जी पुल : पर्वत र बागलुङलाई जोडेर निर्माण गरिएको बन्जी पुल । यसको लम्बाई ५२५ मिटर र उचाइ कालीगण्डकी नदीबाट २२८ मिटर रहेको छ । बुलबुल ताल : कर्णाली प्रदेशका राजधानी वीरेन्द्रनगरमा रहेको बुलबुले ताल । मर्मत सम्भार अलपत्र पर्दा यस तालको सुन्दरता खस्किँदै । अहिले तालको एकतर्फ मात्र पानी जमेको छ । तालभरि पानी नजम्दा तालको सौन्दर्यता खोसिएको जस्तो देखिएको छ । सिम्ले गाउँ : बागलुङ जिल्ला सदरमुकाम नजिक रहेको सिम्ले गाउँ । बागलुङ–सिगाना, बरेङ हुँदै गुल्मीको शान्तिपुर जोड्ने मोटरबाटोले बीच भागबाटै चिरेर गएपछि यहाँ विकासको ढोका खुलेको छ ।भोटेचौर बजार : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ मा रहेको भोटेचौर बजार । यहाँबाट दोर्जेलाक्पा र जुगल हिमाल देख्न सकिन्छ । ढ्याङ्ग्रोमा फलाक्दै झाँक्री : न्वागी पर्वको दिन मध्यरातमा एकपाखे ढ्याङ्ग्रोमा फलाक्दै धादिङ वेनिघाट रोराङ–३ माथिल्लो ओर्वाङका ८३ वर्षीय झाँक्री जीतबहादुर चेपाङ । यो पर्वमा विशेषगरी घैया धान, गाभा, निबुवा, घिरौँलालगायत कन्दमूल पितृलाई बुझाउने र अन्न फलाउने भूमिलाई पूजा गर्ने चलन छ ।स्याडा गाउँ : हरियालीले ढपक्क ढाकेको हुम्लाको सिमकोट गाउँपालिका–८ रहेको स्याडा गाउँ । शिविरमा आँखा परीक्षण : नार्पा भूमि गाउँपालिकामा इन्द्रदल गुल्म मनाङद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा आँखा परीक्षण गराउँदै वृद्धा । ग्रामीण सडकको दुरावस्था : सिन्धुपाल्चोक र काठमाडौँको सिमाना शङ्करपुर नगरपालिकाको सेल्फिडाँडामा निर्माण भइरहेको सडकको हिलोमा फसेको सवारीसाधन । पानी पर्ने बित्तिकै सडक अवरुद्ध हुने गरेकाले मेलम्ची–काठमाडौँ चल्ने यातायातका साधन रोकिने तथा फस्ने गरेका छन् । इन्द्रजात्रामा कैद गरिएका तस्बिरहरु ।तस्बिरः मनोजरत्न शाही र रासस
दार्चुलामा पहिरोमा पुरिएर दुईको मृत्यु, ६ बेपत्ता, दर्जनौँ घर बगे, हेलिकप्टरबाट उद्धारको प्रयास
दार्चुला, भदौ २५ गते । शुक्रबार रातिबाट परेको अविरल वर्षाले दार्चुलामा ठूलो जनधनको क्षति गरेको छ । नौगाड गाउँपालिकामा पहिरोमा परि एक महिला र एक नाबालिका गरी दुई जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका –१ सल्लामा पहिरोमा परि ३० वर्षीया जानकी ठगुन्ना (किम्ती) को मृत्यु भएको स्थानीय श्याम धामीले जानकारी दिनुभयो । उहाँका अनुसार पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको पनि मृत्यु भएको छ ।मृतक बालिकाको शव पुरिएको अवस्थामा फेला परेको छ । शुक्रबार राति एक बजेतिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जीवितै उद्धार गरिएको छ । यस्तै नौगाड गाउँपालिका –२ दल्लेखका ६० वर्षीय मोहनराम पार्की पनि बेपत्ता छन् । पहिरोले सल्ला गाउँका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको हातखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ । नौगाडमा पहिरोमा परि केही मानिस बेपत्ता भएको आशङ्का गरिएको छ । महाकाली नगरपालिकाको डुङ्ग्रीमा एकै परिवारका धनसिंह कार्की, मानमती कार्की, दीपक कार्की र दिनेश कार्की बेपत्ता छन् । खोजी कार्य भइरहेको स्थानीय उदय बोहराले बताउनुभयो ।यता, दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्याएको छ । महाकाली नगरपालिका क्षेत्रमा करिब डेढ दर्जन घर बगेका छन् । अहिलेसम्म एक विद्यालय, ११ घर, दुई वटा पुल र केही सवारी साधन बाढीले बगाएको भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो । बाढी पहिरोमा परी ६ जना बेपत्ता भएको उहाँले बताउनुभयो । उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।महाकाली र नौगाड गाउँपालिकाका गरी दर्जनौँ घरहरू बगेको स्थानीयले बताएका छन् । खलङ्गास्थित दशरथ नगर आधारभूत विद्यालय बाढीले बगाएको छ । दुहुँ र महाकाली जोड्ने लास्कु झोलुङ्गे पुल र मोटरबेल पुल लास्कु खोलाले बगाएको छ । दार्चुला टिंकर सडक अवरुद्ध भएको छ । दार्चुला टिंकर सडकमा पार्किङ गरी राखिएका चार वटा जिपहरू महाकालीले बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्षति पुर्याएको छ । बाढीले घर भत्काउने क्रम जारी रहेको हुँदा उच्च सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले अनुरोध गर्नुभयो । नदी तटीय क्षेत्रका नागरिक बाढीको त्रासले रातीदेखि नै घरबाहिर रहेका छन् । दार्चुलामा बर्सेनि बाढी, पहिरोजन्य विपद्ले ठूलो क्षति पुर्याउँदै आएको छ ।घाइतेहरूको उद्धार हेलिकोप्टरमार्फत गर्न प्रयास भइरहेको छ । प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना बाढी पहिरो प्रभावित क्षेत्रमै पुगेर उद्धारको पहल गरिरहनुभएको छ भने दार्चुला घर भएका उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले गृहमन्त्री बालकृष्ण खाणलाई भेटर उद्धार कार्यका लागि अनुरोध गर्नुभएको छ । उद्धारका लागि पहल भइरहेको सङ्घ, प्रदेश र स्थानीय स्तरका नेताहरूले प्रतिक्रिया दिएका छन् । स्थानीयहरू समेत उद्धार कार्यमा खटिएका छन् । नदी, खोलाहरूले अहिले पनि कटान गरिरहेका छन् ।
मिर्गौला प्रत्यारोपणमा हुँदैछ स्वदेशकै भर
नेपालमा मानव अङ्ग प्रत्यारोपणको इतिहास धेरै लामो छैन । सन् २००८ मा वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण भएपछि नियमित रूपमा अङ्ग प्रत्यारोपण हुन थालेको हो । वीर अस्पतालमा एक सय जनाको मिर्गौला प्रत्यारोपण भएपछि सरकारले मानव अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले भक्तपुरको दूधपाटीमा ‘मानव अङ्ग प्रत्यारोपण केन्द्र’ ( हाल ः शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र) को स्थापना ग-यो ।
लहान नगरपालिका उपप्रमुख महतो प्रहरीको नियन्त्रणमा
जर्वरजस्ती करणी उद्योगको मुद्दा दर्ता भएपछि फरार रहेका लहान नगरपालिका उपप्रमुख राम चलितर महतोलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
आयातसँगै घट्यो भन्सार राजस्व
चाडपर्वमा उपभोग्य सामग्रीको माग बढी हुने गरेकाले आयात पनि धेरै हुने गरेको छ तर यस वर्षको चाडपर्व लक्षित आयात भने घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनमा कुल आयात १३ करोड १२ लाख रुपियाँ रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै १३ प्रतिशतले कम हो । आव २०७८÷७९ मा १५ करोड सात लाख रुपियाँको आयात भएको थियो । यसैगरी आव २०७८/७९ मा साउन र भदौमा ३१ करोड ४५ लाख १७ हजार रुपियाँको आयात भएको थियो । आव २०७७/७८ मा १७ करोड ८८ लाख ४६ हजार रुपियाँको आयात भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै ७६ प्रतिशतले वृद्धि भएको थियो । आयात घटेका कारण विभिन्न भन्सार नाकाले हालसम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेका छैनन् ।