• १५ चैत २०८०, बिहिबार

नेपाल प्रहरीले मनायो कुकुर तिहार [फोटो फिचर]

blog

कुकुर तिहारको उपलक्ष्यमा हाईजम्प कला प्रदर्शन गर्दै नेपाल प्रहरीको कुकुर । तस्बिर: केशब गुरुङ

काठमाडौं, कात्तिक ७ गते । तिहारको दोस्रो दिन सोमबार कुकुर तिहार नेपाल प्रहरीले बिभिन्न कार्यक्रम गरी मनाएको छ । कुकुरलाई टीका र माला लगाइ दिएपछि मीठा परिकार दिएर पूजा गरी कुकुर तिहार मनाइएकाे थियो । कार्यक्रममा कुकुरबाट विभिन्न कला प्रस्तुत गरेको थियो ।



प्रहरीले प्रत्येक वर्ष यसरी नै कुकुर तिहार मनाउँदै आएको छ । कुकुरलाई इमान्दार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ । कला प्रदर्शन तथा प्रतियोगितामा भाग लिई पहिलो, दोस्रो स्थान हासिल गर्ने कुकुरलाई पदक फूलमाला लगाई सम्मान गरेको थियो । 


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।