• २२ वैशाख २०८१, शनिबार

कुकुर आज्ञापालक एवं रक्षक

blog

काठमाडौँ, कात्तिक ७ गते । कुकुर तिहार अर्थात् नरक चतुर्दशी, सुखरात्री वा यमपञ्चकको दोस्रो दिन । आजको दिन कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिने चलन छ । 

नेपाली हिन्दु धर्ममा कुकुरलाई यमदूतका रूपमा पुज्ने गरिन्छ । कुकुर यमराजको अर्को प्रिय भक्त पनि हो । त्यसैले भैरवको वाहन मानिने कुकुरलाई आजको दिन मानवको रक्षकको रूपमा पूजा गर्ने परम्परामा रहेको छ । 

यो पनि पढ्नुहोस

तिहारको झिलिमिली[फोटो फिचर]

कुकुर आज्ञापालक एवं रक्षक

संस्कृतिविद् ओम धौबडेलका अनुसार तिहार यस्तो पर्व हो जसको सम्बन्ध यमराज वा मृत्युसँग जोडिएको छ । उहाँ भन्नुहुन्छ, “पाँच दिनमध्ये आज दोस्रो दिन कुकुरलाई पूजा गरिन्छ । विशेष गरी कुकुर मानिसको लागि घर पालुवा जनावरमध्ये सबैभन्दा उपयोगी र नजिकको सम्बन्ध राख्ने पशु हो ।”  कुकुर एक बफादार पशु पनि हो । जसले आफ्नो मालिकलाई कहिले पनि छल गर्दैन जसको धेरै राम्रो उदाहरणहरू रहेको उहाँको भनाइ छ ।  

यो पनि पढ्नुहोस

देउसीमा मादल प्रयोग कम

चाडपर्व त पहाडमै रमाइलो

“त्यसै गरी कुकुरले कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा पूर्व सूचना वा सङ्केतसमेत दिने काम गर्दछ । जस्तै, मृत्यु अगाडि कुकुर राति एक्लै रुने गरेको सुनिन्छ,” उहाँ भन्नुहुन्छ, “जसले मानिसको मृत्युको सङ्केत दिएको भन्ने मान्यता छ । यस अवस्थामा कुकुरलाई शुभ बोल वा राम्रो घटनाको होस् भन्ने कामना हामीले गर्ने गछौं ।”

यमपञ्चकमा कुकुरलाई पूजा गरेर मिठो खाना खाएमा मृत्युबाट जोगिन सकिने र वर्षभरि कुनै अनिष्ट नहुने भन्ने धार्मिक मान्यता पनि रहेको धौबडेल बताउनुहुन्छ । यस दिन कुकुरलाई माला लगाइदिएर, मन पर्ने परिकार खुवाएर माया गर्ने दिनको रूपमा दिनमा लिइन्छ । 

यो पनि पढ्नुहोस

पुल मर्मत नहुँदा सास्ती

बैतडीमा आठ खानी अलपत्र

उहाँ भन्नुहुन्छ, “कुकुरलाई एक दिनमात्र हैन । वर्षभरि नै माया गर्नुपर्छ । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोर–डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्ने काम गरेको छ ।” 

धौबडेलका अनुसार हिन्दु धर्मशास्त्रमा कुकुरलाई सुरक्षाकर्मीको साथै यमराजको दूतका रूपमा लिने गरिन्छ । मानिसको मृत्युपछि पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको धर्मशास्त्रमा उल्लेख भएको पाइन्छ । मानव सभ्यताको सुरुवात भएसँगै कुकुरले मानवहरूलाई सहयोग गर्दै आएको उहाँको भनाइ छ । 

धौबडेल भन्नुहुन्छ, “यसरी मानिसले सम्पूर्ण पशु जगतको सार्थ पन्छी जगतका प्रतिनिधिको रूपमा कुकुर र कागलाई मानेर तिनलाई पूजा गरेका हुन् ।”  तिहार पाँच दिनसम्म मनाउने चलन भएको कारण यस पर्वलाई यमपञ्चक भनिएको उहाँ बताउनुहुन्छ ।