• ७ वैशाख २०८१, शुक्रबार

टुकुुचाको सुरुङ

भत्काउनुपर्छ– महानगर, संरक्षण गर्नुपर्छ – पुरातत्व

blog

काठमाडौँ, कात्तिक ६ गते । टुकुचा खोलामा निर्माण गरिएको सुरुङ संरक्षण गर्ने कि भत्काउने विषयमा विवाद देखिएको छ । अनधिकृत संरचना हटाउने काठमाडौँ महानगरपालिकाको अभियानअन्तर्गत भेटिएको टुकुचा खोलामा निर्मित सुरुङ संरक्षण गर्ने कि भत्काउने विषयमा महानगरपालिका तथा पुरातत्त्व विभागको आ–आफ्नै तर्क र अडान रहेको छ ।

प्राकृतिक रूपले निर्मित बाटोमा खोलानाला बग्नुपर्छ, त्यसमा कुनै किसिमको कृत्रिम छेकबार वा अवरोध सिर्जना गर्नु हुँदैन भन्ने तर्कका आधारमा टुकुचामा निर्माण गरिएको सुरुङ भत्काउनुपर्छ भन्ने महानगरको तर्क छ भने सय वर्षअघि नै निर्माण गरिएकाले सो सुरुङ पुरातात्त्विक सम्पदा भएकाले त्यसको संरक्षण गर्नुपर्छ भन्ने पुरातत्त्व विभागको अडान छ ।

यो पनि पढ्नुहोस

व्यापारी भन्छन् ‘नरिवल, सुपारी र छोकडा छैन’

काठमाडौँ महानगरपालिकाले गत भदौ ३० गते दरबारमार्गस्थित जय नेपाल सिनेमाघरकोे कम्पाउन्ड खोतल्दा टुकुचा खोला भेटिएको थियो । नारायणहिटी दरबार हुँदै बग्ने गरेको टुकुचा खोला मिचेर सिनेमाघरले जग्गा भोगचलन गर्दै आएको छ । पुरातत्त्व विभागद्वारा गरिएको अध्ययनमा टुकुचाको भूमिगत सुरुङ पुरातात्त्विक सम्पदा भएको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस

सल्यानमा जिप दुर्घटना : आठ घाइते

काठमाडौंलाई लाग्यो दीपावली

काठमाडौँ महानगर प्रमुख बालेन्द्र साहका पूर्वाधारविज्ञ सुनील लम्सालले खोलानालालाई आफ्नो बाटोमा बग्ने प्राकृतिक अधिकार भएकाले त्यसलाई कुनै पनि बहानामा रोक्न नमिल्ने, बाधा अवरोध सिर्जना गर्न नहुने बताउँदै टुकुचा खोलामा निर्माण गरिएको कृत्रिम सुरुङ भत्काएर खोलालाई पूर्ण रूपमा खुलाउने बताउनुभयो । उहाँले भन्नुभयो, “ पुरातत्त्व विभागले पनि सुरुङ भत्काएर खोला खोल्नबाट रोक्न सक्दैन ।”

यो पनि पढ्नुहोस

कांग्रेसको घोषणापत्र आज सार्वजनिक हुँदै

कृषकलाई आलुको बीउ वितरण

अध्ययन समितिले प्रतिवेदन बुझाउनु, पुरातत्त्व विभागले सम्पदाको संरक्षण गर्न खोज्नु यसमा कुनै विवाद भएन भन्दै उहाँले तर अन्तर्राष्ट्रिय कानुनअनुसार नदीनालाको आफ्नो अधिकार हुन्छ । खोलामा बग्ने पानीको क्षमतामा असर गर्ने गरी कसैले कृत्रिम संरचना निर्माण गर्न पाउँदैन तर टुकुचा खोलामा निर्माण गरिएको सुरुङले खोलाको पानी बग्ने क्षमता नै घटाइदिएको छ भन्नुभयो ।

हाइड्रोपावर निर्माण गर्दा पनि पानी बग्ने प्राकृतिक क्षमतामा अवरोध पुर्‍याउने गरी कुनै संरचना निर्माण नगर्ने गरिएको उहाँको तर्क छ । कसैको व्यक्तिगत लाभ वा हानिका आधारमा समेत खोलानाला तथा प्राकृतिक संरचनामा कुनै किसिमको कृत्रिम संरचना निर्माण गर्न नहुने उहाँको भनाइ छ ।

पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले टुकुचा खोलामा निर्माण गरिएको सुरुङ सय वर्षभन्दा बढी पुरानो रहेको पाइएकाले त्यसलाई पुरातात्त्विक सम्पदाका रूपमा संरक्षण गरिने बताउनुभयो । विभागले गरेको अध्ययनअनुसार टुकुचाको भूमिगत सुरुङ पुरातात्त्विक सम्पदा भएको पुष्टि भएको बताउँदै उहाँले भन्नुभयो, “अध्ययन प्रतिवेदनले सो संरचना सय वर्षभन्दा अघि निर्माण भएको पुष्टि गर्नुका साथै त्यसलाई संरक्षण गर्न सिफारिस पनि गरेको छ ।” सो सुरुङ करिब १३० वर्षअघि निर्माण गरिएको बताइन्छ ।

टुकुचा सुरुङलाई के गर्नेबारे काठमाडौँ महानगरपालिका र पुरातत्त्व विभागबीच अनौपचारिक छलफल भइरहेको प्रवक्ता कुँवरले बताउनुभयो ।